काठमाडौं– ललिता निवास प्रकरणमा कलाधर देउजा फेरि पक्राउ परेका छन्।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो।
तर एक वर्षअघि सर्वोच्च अदालतबाट पक्राउ नगर्नु भन्दै पाएको स्टे अर्डर देखाएर उनी छुटेका थिए।
तर शुक्रबार सर्वोच्चले उनीहरुको रिट खारेज गरेसँगै फेरि देउजालाई पक्राउ गरिएको हो। यो प्रकरणमा स्टे अर्डर लिएका अरु ६ जनाको सीआईबीले खोजी गरिरहेको छ।
उनी मालपोत कार्यालय डिल्ली बजारका पूर्व कर्मचारी हुन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।