• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास प्रकरण : सचिव राउतलाई किन छोड्यो सर्वोच्चले?

64x64
नेपाल लाइभ शुक्रबार, साउन ५, २०८०  १७:१८
1140x725

काठमाडौं– सर्वोच्च अदालतले ललिता निवासमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा पुगेपछि बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकामध्ये बहालवाला सचिव कृष्णकुमार राउतलाई मात्र थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अन्य प्रतिवादीहरुको हकमा भने निवेदन खारेज हुने फैसला सुनाएको छ।

सर्वोच्चले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम, टिकाराम घिमिरेसमेत १७ जनाको माग भने पूरा नहुने भन्दै उनीहरुको निवेदन खारेज गरिदिएको छ।

सर्वोच्चको यो आदेशसँगै उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ।

किन थुनामुक्त गर्‍यो सचिवलाई?
सर्वोच्चले एकै पटक सुनुवाइ भएका ६ थान मुद्दामध्ये राउतको हकमा मात्र परमादेश जारी हुने फैसला सुनायो भने अन्यको हकमा निवेदन खारेज हुने निर्णय गर्‍यो। 

सर्वोच्चले राउतलाई पनि केही शर्त राख्दै थुनामुक्त गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासले देश बाहिर भने जान नपाउने शर्त राखेको छ।

‘निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशबिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राख्नु,’ आदेशमा भनिएको छ,  ‘मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे जो बुझ्नुपर्छ बुझी मुद्दाको शिघ्रातिशिघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु/गराउनु भनी परमादेशको आदेश जारी गरिदिएको छ।’

lalita nivas (2)1689939124.jpg

Ncell 2
Ncell 2

आदेशको पूर्णपाठ पछि तयार हुने भन्दै सर्वोच्चले संक्षिप्त आदेश गरेको हो। सर्वोच्चले राउतको हकमा टिप्पणीमात्र उठाएको र अख्तियारले पनि भ्रष्टाचार मुद्दा दायर नहुने भनी गरेको टिप्पणीलाई पनि आधार बनाएको छ।

‘निवेदक कृष्णबहादुर राउतले निज शाखा अधिकृत हुँदाका बखत आरोपित मुद्दासँग सम्बन्धित विषयमा नेपाल सरकार मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने हेतु भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेस भै आएको फाइलमा पेस भएबमोजिम भूलसुधार हुन आवश्यक निर्णयार्थ भनी मिति २०६७ असार १७ मा टिप्पणी पेस गरेको देखियो,’ आदेशमा भनिएको छ,  ‘सो सम्बन्धमा उक्त टिप्पणी उपर तह तहका अधिकारीबाट राय लिएकोसमेत देखिन्छ। निज उपर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि २०७६ माघ  २२ मा हाललाई मुद्दा नचलाउने भनी निर्णय गरेकोसमेत देखिन्छ।’

यही कारण उनलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने देखिएको सर्वोच्चको आदेशमा भनिएको छ। ‘इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएका यी आधारहरुले राउतलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन,’ आदेशमा भनिएको छ,  ‘तसर्थ, निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने तारेखमा राखी अनुसन्धान अघि बढाउनु।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम तारिखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे जो बुझ्नुपर्छ बुझी मुद्दाको शिघ्रातिशिघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु/ गराउनु भनी सर्वोच्चले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासले यस्तो आदेश गरेको हो।

lalita nivas (1)1689939123.jpg

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको सीआईबीले सचिव राउत, पुर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम पक्राउ परेका थिए। उनीहरुसँगै मालपोत कार्यालयका कर्मचारीहरु कलाधर देउजा र हूमेन्द्रमणि केसी पनि पक्राउ गरेका थिए।

उनीहरुले यसअघि सर्वोच्चबाट जारी भएको अन्तरिम आदेश देखाएर तत्काल छुटेका थिए। एउटै अभियोगका कसैलाई पक्राउ गरेर छोड्न र कसैलाई थुनामा राख्ने भन्दै उनीहरु बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले यो विवादमा सोमबारदेखि अन्तिम सुनुवाइ गरेको थियो। बिहीबार सबै पक्षको बहस सकेर सर्वोच्चले शुक्रबार निर्णय सुनाएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ ‘यो फेद न टुप्पोको सरकार। जरा पनि छैन, हाँगा पनि छैन। पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट र... शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्... शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली ‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्