• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक क्विन्टल सुन प्रकरणमा जोडिएका अडुकियाको नाम पानामा पेपर्समा, कर छल्न ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी

64x64
नारायण अधिकारी बिहीबार, साउन ११, २०८०  १७:३२
1140x725

काठमाडौं- एक क्विन्टल सुन तस्करी प्रकरणका मुख्य व्यक्ति रहेको आशंका गरिएका व्यापारी राकेशकुमार अडुकियाको ब्रिटिस भर्जिन आइल्याण्डमा पनि कम्पनी रहेको खुलेको छ। 

कर छल्नका लागि बाह्य मुलुकमा पैसा लुकाउने उद्देश्यले भर्जिन आइल्याण्डमा अडुकियाले समेत कम्पनी खोजेको पानामा पेपर्समा उल्लेख छ। खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ (आईसीआईजे) सात वर्षअघि सार्वजनिक गरेको पानामा पेपरको पूर्ण दस्तावेजमा अडुकियाको नाम उल्लेख छ। यो कम्पनीको रजिस्टर्ड ठेगाना भने हङकङ देखाइएको छ। 

रजिस्टर्ड ठेगाना हङकङ देखाएर अडुकियाले ट्याक्स हेभन भनिने भर्जिन आइल्याण्डमा कृषि प्रिमुरा होलिडङ्स लिमिटेड कम्पनी खोलेका थिए। यो कम्पनीको ठेगानमा लेखिएको छ- फिप्थ फ्लोर, ओसन भ्यु कोर्ट,२३ चथम रोड साउथ, सिम सा त्सुई काउलुन, हङकङ।

यही पानामा पेपर्सले सार्वजनिक गरेको नेपालका व्यवसायी अरुणकुमार चौधरी लगायतको पनि भर्जिन आइल्याण्डमा उसाइन नामको कम्पनी रहेको देखिएको थियो। पानामा पेपर्समा नाम भएका सुर्वश, करण र शीला चौधरी सबैको रजिस्टर्ड ठेगाना दक्षिण अफ्रिका राखिएको थियो। यता अडुकियाले भने हङकङ राखेर कम्पनी खोलेको थिए।

उक्त कम्पनीका सेयरहोल्डरमा अडुकिया मात्रै सदस्य छन्। राकेशकुमार अडुकियासँगै प्रेमलता अडुकिया, मुकेशकुमार अडुकिया, शिवकुमार अडुकिया सेयर होल्डर रहेको देखिन्छ। उनीहरु सबै हङकङ नागरिक बनेर भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कर छली गरेको खुलेको छ।

adukia-chart1690458291.jpg
हङकङ ठेगाना राखेर भर्निज आइल्याण्डमा खोलेको कम्पनी । स्रोत: पानामा पेपर्स

यो कम्पनी उनीहरुले सन् २००७ जुलाई ६ मा खोलेको पाइएको छ। सन् २०१० पछि यो कम्पनी निष्क्रिय रहेको छ। त्यसो त अडुकियाको यही नामको कृषि प्रिमुरा कम्पनी नेपालमा समेत दर्ता छ।

यिनै अडुकियाको घरमा बुधबार राजश्व अनुसन्धान विभागले छापा समेत मारिसकेको छ। एक क्विन्टल सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आधारहरु खुलेपछि उनको घरमा छापा मारिएको थियो। 

अडुकियाले ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गर्दा रजिस्टर्ड ठेगाना हङकङ राखेर खोल्नु, अडुकियाको हङकङमा समेत कार्यालय रहनु र काठमाडौं हङकङ आवत-जावत भइरहनुले पनि यो सुनमा उनको प्रत्यक्ष संलग्नता भएको दाबी राजश्व अनुसन्धान विभागले गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिनाअघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको छ।

उनी गत जुन २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत दिल्ली पुगेका थिए। दिल्लीबाट उनी हङकङ पुगेका थिए। हङकङमा अडुकियाले १२ दिन बिताएका थिए। १२ दिनसम्म हङकङमा बसेर उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्त मिलाउने काम गरेको आशंका राजश्वको छ। 

जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए। उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।

पछिल्लो ६ महिना मात्रै रेकर्ड हेर्ने हो भने पनि उनी हङकङ आउजाउ गरिरहेको देखिएको छ। उनको हङकङको टुर शंकास्पद देखिएपछि उनको घरमा छापा हाने पनि अडुकियाले भने देश छाडिसेकको पाइएको छ।

chart-21690458291.jpg
कर छल्न भर्जिन आइल्यान्डमा खोलिएको कम्पनीका सेयर होल्डरहरु । स्रोत: पानामा पेपर्स

सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका अडुकिया कुनै समय सेयर बजारका प्रमुख खेलाडीमध्ये एक थिए। गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भए। त्यसपछि उनी सुनको धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ। 

त्यसो त यो सुन काण्डमा अडुकियाको नाम जोडिनु अर्को विश्वस्त आधार पनि भेटिएको छ। सन् २००९ डिसेम्बर ८ मा नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चेम्बर्स अफ कमर्स (आईसीसी) हङकङबीच व्यापार र औद्योगिक क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। 

त्यतिबेला आईसीसी हङकङका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति उनै राकेशकुमार अडुकिया थिए। सीएनआईका तर्फबाट भने राज सितलले सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यतिबेलै आईसीसी हङकङका तर्फबाट अडुकियाले हस्ताक्षर गर्नु, अहिले हङकङबाटै सुन आउनु, उनको ट्राभल हिस्ट्री पनि हङकङ देखिनु र सुन प्रकरणसँग फरार हुनुले अडुकियाको संलग्नता हुने ठूला आधारहरु भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

त्यतिबेलाको सम्झौताअनुसार दुवै पक्षले व्यापार तथा उद्योगसँग सम्बन्धित सूचना तथा प्रतिनिधिमण्डल आदानप्रदान गर्ने उल्लेख गरिएको थियो।

सेयर बजारका खेलाडी भनिएका यिनै अडुकियाले ‘तीन घुम्ती’ चलचित्र समेत निर्माण गरेका थिए। नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका बिश्वेश्वरप्रसाद कोइरालाद्धारा लिखित उपन्यास तीन घुम्तीमा आधारित रहेले अडुकियाले २०७३ सालमा चलचित्र समेत निर्माण गरेका थिए। यो चलचित्र २०७३ असार १७ गते रिलिज भएको थियो।

यो पनि पढ्नुहोस

१ क्विन्टल सुनमा नाम जोडिएका अडुकिया, जसले बनाएका थिए ‘तीन घुम्ती’ चलचित्र

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्