• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक क्विन्टल सुन प्रकरणमा जोडिएका अडुकियाको नाम पानामा पेपर्समा, कर छल्न ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी

64x64
नारायण अधिकारी बिहीबार, साउन ११, २०८०  १७:३२
1140x725

काठमाडौं- एक क्विन्टल सुन तस्करी प्रकरणका मुख्य व्यक्ति रहेको आशंका गरिएका व्यापारी राकेशकुमार अडुकियाको ब्रिटिस भर्जिन आइल्याण्डमा पनि कम्पनी रहेको खुलेको छ। 

कर छल्नका लागि बाह्य मुलुकमा पैसा लुकाउने उद्देश्यले भर्जिन आइल्याण्डमा अडुकियाले समेत कम्पनी खोजेको पानामा पेपर्समा उल्लेख छ। खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ (आईसीआईजे) सात वर्षअघि सार्वजनिक गरेको पानामा पेपरको पूर्ण दस्तावेजमा अडुकियाको नाम उल्लेख छ। यो कम्पनीको रजिस्टर्ड ठेगाना भने हङकङ देखाइएको छ। 

रजिस्टर्ड ठेगाना हङकङ देखाएर अडुकियाले ट्याक्स हेभन भनिने भर्जिन आइल्याण्डमा कृषि प्रिमुरा होलिडङ्स लिमिटेड कम्पनी खोलेका थिए। यो कम्पनीको ठेगानमा लेखिएको छ- फिप्थ फ्लोर, ओसन भ्यु कोर्ट,२३ चथम रोड साउथ, सिम सा त्सुई काउलुन, हङकङ।

यही पानामा पेपर्सले सार्वजनिक गरेको नेपालका व्यवसायी अरुणकुमार चौधरी लगायतको पनि भर्जिन आइल्याण्डमा उसाइन नामको कम्पनी रहेको देखिएको थियो। पानामा पेपर्समा नाम भएका सुर्वश, करण र शीला चौधरी सबैको रजिस्टर्ड ठेगाना दक्षिण अफ्रिका राखिएको थियो। यता अडुकियाले भने हङकङ राखेर कम्पनी खोलेको थिए।

उक्त कम्पनीका सेयरहोल्डरमा अडुकिया मात्रै सदस्य छन्। राकेशकुमार अडुकियासँगै प्रेमलता अडुकिया, मुकेशकुमार अडुकिया, शिवकुमार अडुकिया सेयर होल्डर रहेको देखिन्छ। उनीहरु सबै हङकङ नागरिक बनेर भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कर छली गरेको खुलेको छ।

adukia-chart1690458291.jpg
हङकङ ठेगाना राखेर भर्निज आइल्याण्डमा खोलेको कम्पनी । स्रोत: पानामा पेपर्स

यो कम्पनी उनीहरुले सन् २००७ जुलाई ६ मा खोलेको पाइएको छ। सन् २०१० पछि यो कम्पनी निष्क्रिय रहेको छ। त्यसो त अडुकियाको यही नामको कृषि प्रिमुरा कम्पनी नेपालमा समेत दर्ता छ।

यिनै अडुकियाको घरमा बुधबार राजश्व अनुसन्धान विभागले छापा समेत मारिसकेको छ। एक क्विन्टल सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आधारहरु खुलेपछि उनको घरमा छापा मारिएको थियो। 

अडुकियाले ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गर्दा रजिस्टर्ड ठेगाना हङकङ राखेर खोल्नु, अडुकियाको हङकङमा समेत कार्यालय रहनु र काठमाडौं हङकङ आवत-जावत भइरहनुले पनि यो सुनमा उनको प्रत्यक्ष संलग्नता भएको दाबी राजश्व अनुसन्धान विभागले गरेको छ।

Ncell 2
Ncell 2

अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिनाअघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको छ।

उनी गत जुन २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत दिल्ली पुगेका थिए। दिल्लीबाट उनी हङकङ पुगेका थिए। हङकङमा अडुकियाले १२ दिन बिताएका थिए। १२ दिनसम्म हङकङमा बसेर उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्त मिलाउने काम गरेको आशंका राजश्वको छ। 

जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए। उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।

पछिल्लो ६ महिना मात्रै रेकर्ड हेर्ने हो भने पनि उनी हङकङ आउजाउ गरिरहेको देखिएको छ। उनको हङकङको टुर शंकास्पद देखिएपछि उनको घरमा छापा हाने पनि अडुकियाले भने देश छाडिसेकको पाइएको छ।

chart-21690458291.jpg
कर छल्न भर्जिन आइल्यान्डमा खोलिएको कम्पनीका सेयर होल्डरहरु । स्रोत: पानामा पेपर्स

सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका अडुकिया कुनै समय सेयर बजारका प्रमुख खेलाडीमध्ये एक थिए। गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भए। त्यसपछि उनी सुनको धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ। 

त्यसो त यो सुन काण्डमा अडुकियाको नाम जोडिनु अर्को विश्वस्त आधार पनि भेटिएको छ। सन् २००९ डिसेम्बर ८ मा नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चेम्बर्स अफ कमर्स (आईसीसी) हङकङबीच व्यापार र औद्योगिक क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। 

त्यतिबेला आईसीसी हङकङका तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति उनै राकेशकुमार अडुकिया थिए। सीएनआईका तर्फबाट भने राज सितलले सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यतिबेलै आईसीसी हङकङका तर्फबाट अडुकियाले हस्ताक्षर गर्नु, अहिले हङकङबाटै सुन आउनु, उनको ट्राभल हिस्ट्री पनि हङकङ देखिनु र सुन प्रकरणसँग फरार हुनुले अडुकियाको संलग्नता हुने ठूला आधारहरु भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

त्यतिबेलाको सम्झौताअनुसार दुवै पक्षले व्यापार तथा उद्योगसँग सम्बन्धित सूचना तथा प्रतिनिधिमण्डल आदानप्रदान गर्ने उल्लेख गरिएको थियो।

सेयर बजारका खेलाडी भनिएका यिनै अडुकियाले ‘तीन घुम्ती’ चलचित्र समेत निर्माण गरेका थिए। नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका बिश्वेश्वरप्रसाद कोइरालाद्धारा लिखित उपन्यास तीन घुम्तीमा आधारित रहेले अडुकियाले २०७३ सालमा चलचित्र समेत निर्माण गरेका थिए। यो चलचित्र २०७३ असार १७ गते रिलिज भएको थियो।

यो पनि पढ्नुहोस

१ क्विन्टल सुनमा नाम जोडिएका अडुकिया, जसले बनाएका थिए ‘तीन घुम्ती’ चलचित्र

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्