• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१ क्विन्टल सुनमा नाम जोडिएका अडुकिया, जसले बनाएका थिए ‘तीन घुम्ती’ चलचित्र

64x64
नेपाल लाइभ बिहीबार, साउन ११, २०८०  १४:१९
1140x725

काठमाडौं– एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा बुधबार राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि एकाएक उनी चर्चामा आए। 

तस्करीमा संलग्न भएको आरोपमा कमलपोखरीस्थित अडुकियाको घरमा छापा मार्दा भने उनले नेपाल छाडिसकेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा तस्करीको १ क्विन्टल सुन बरामद गरेको एक साता बितेपछि राजस्वको टोलीले अडुकियाको पनि संलग्नता रहेको आशंका देखेको थियो। त्यसपछि बुधबार राजस्वको टोलीले उनको घरमा छापा मार्‍यो।

राजस्वको टोलीले एकाएक उनको घरमा छापा मारेपछि अडुकिया को हुन् भन्नेबारे चासो सुरु भयो। अनुसन्धानका क्रममा उनी नेपाल भारत दुबै देशको राहदानी भएका व्यापारी रहेको खुलेको स्रोतको दाबी छ। उनले काठमाडौं, दिल्ली, दुबई, हङकङको भ्रमण गरिरहने गरेको रिपोर्ट कार्ड देखिएपछि झनै संकामा आएको विभागको दाबी छ।

को हुन् अडुकिया?
क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजी सूचीमा रहेका पात्र हुन् अडुकिया। विश्वस्त स्रोतको दाबीअनुसार उनीसँग नेपाल भारत दुबै देशको राहदानी तथा पासपोर्ट छ। उनी सेयर बजारका चर्चित खेलाडी समेत हुन्। अडुकिया लामो समयदेखि सेयर मार्केटमा काम गरेका व्यक्ति रहेको खुलेको छ।

विशेषगरी अडुकिया जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश भ्रमण गर्ने गरेको खुलेको छ। अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिनाअघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको छ।

उनी गत जनु २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत् दिल्ली पुगेका थिए। दिल्लीबाट उनी हङकङ पुगेका थिए। हङकङमा अडुकियाले १२ दिन बिताएका थिए। १२ दिनसम्म हङकङमा बसेर के गरे भन्ने नखुले पनि उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्द मिलाउने काम गरेको आशंका राजश्वको छ। 

जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए। उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्।

पछिल्लो ६ महिनादेखि हङकङ आउजाउ गरिरहेको देखिएकाले यो सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ। हङकङको टुर संकास्पद देखिएपछि उनको घरमा छापा हाने पनि अडुकियाले भने देश छाडिसेकको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका अडुकिया कुनै समय सेयर बजारका प्रमुख खेलाडीमध्ये एक थिए। गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भए। त्यसपछि उनी सुनको धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ। 

गोर्खा विकास गोर्खा विकासमार्फत् सर्वसाधारणको करौडौं निक्षेप डुबाउनेमा पनि उनको मुख्य भूमिका रहेको थियो। 

गोर्खा बैंकको कुनै कार्यकारी पदमा नभए पनि कसलाई के बनाउने भन्नेसम्मको हैसियत राख्ने गरेका अडुकियाले पर्दा पछाडि बसेर गोर्खा बैंकलाई डुबाएको जानकारहरु बताउँछन्। गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिएपछि छुटेका थिए। उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको पाइन्छ। पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनीसमेत खोलेका थिए।

अडुकियाले बनाएका थिए ‘तीन घुम्ती’ चलचित्र
सेयर बजारका खेलाडी भनिएका यिनै अडुकियाले ‘तीन घुम्ती चलचित्र’ समेत निर्माण गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास‘तीन घुम्ती’मा आधारित रहेर अडुकियाले २०७३ सालमा चलचित्र निर्माण गरेका थिए।

Xtrem

Xtrem

बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रका पटकथाकार सामिप्य तिमिल्सिना हुन्। तत्कालीन प्रधानमन्त्री एवं नेपाली काग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपाल, तत्कालीन काग्रेस उपसभापति रामचन्द्र पौडेल (हाल राष्ट्रपति) लगायतले प्रिमियर सोमा चलचित्र हेरेका थिए। २०७३ असार १७ गते चलचित्र रिलिज हुनेबेला भने सुशील कोइरालाको निधन भइसकेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्