
काठमाडौं : विवादास्पद इनम सापकोटासँगको भेटघाटका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि इजलासमा बस्न छाडेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको स्रोतले बताएको थियो ।
न्यायाधीश फुयाँलले कात्तिक १२ गते विज्ञप्ति जारी गर्दै न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्याय क्षेत्रको शुद्धीकरण र विचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति मेरो पूर्ण समर्थन र सहयोग रहने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।