काठमाडाै- जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध पहलि फिल्डिङ गर्ने भएको छ । जनकपुरका कप्तान हरमित सिंहले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङको निम्ता दिएका हुन् ।
जनकपुरको टोलीमा एक परिवर्तन गरिएको छ । मयन यादवको स्थानमा विशाल सुश्लिङ खेलिरहेका छन् । विराटनगरले एक खेलाडी परिवतर्न गरेको छ । टोलीले प्रतिश जिसीको स्थानमा अपराजित पौडेललाई खेलाएको छ ।
जनकपुरको टोलीमा हरमितसहित मोइन अली, तृतराज दास, सैफ हसन, अनिल साह, जिम्मी निसम, अभिषेक तिवारी, अमरसिंह रौटेला, राहुल यादव, ललित राजंशी र विशाल सुश्लिङ खेलिरहेका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लोकेश बम, सेहान जयसुर्या, इमरान शेख, एन्जेलो म्याथ्युज, बसिर अहमद, शुभम रन्जने, एन्ड्रे रसेल, नारायण जोशी, रुपेश सिंह खेलिरहेका छन् ।
यो खेल जित्ने टोली शीर्ष स्थानमा पुग्ने छ । जनकपुरले ३ खेलमा २ जित र विराटनगरले ३ खेलमा १ जित र २ हार निकालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।