• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न हेडक्वाटरले गर्‍यो गृहलाई सिफारिस

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्नुपूर्व नै बर्खास्त गर्ने हेडक्वाटरको रणनीति
64x64
नारायण अधिकारी सोमबार, साउन ८, २०८०  १३:२८
1140x725

काठमाडौं- व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले गृह मन्त्रालयमा सिफारिस गरेको छ। हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरिएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले डीएसपी केसीलाई बर्खास्त गर्न गृहलाई परिपत्र गरिएको पुष्टि गरे। ‘सेवाबाट हटाउनुपर्ने रायसहित हामीले पत्र लेखेर गृह मन्त्रालयमा पठाइसकेका छौं। सायद केही बुझ्ने काम भइरहेको होला,’ नेपाल लाइभसँग प्रवक्ता कडायतले भने।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसा बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको हो। प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख गरिएको छ।

करिब एक साताअघि नै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउन सिफारिस गरे पनि अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकिएको छैन।

आफूलाई बर्खास्त गर्नेबारेको पत्र प्रहरी हेडक्वाटरले गृह मन्त्रालयमा पठाएपछि डीएसपी केसी भने बर्खास्त नगर्न भन्दै गृह मन्त्रालयमा धाएका छन्। शक्तिकेन्द्रमार्फत उनी गृहमा पहुँच लगाएर बर्खास्त हुनबाट रोकिन चलखेल गरिहेको स्रोतले जनाएको छ। 

प्रहरी नियमावलीको दफा ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्न सकिनेबारे उल्लेख गरिएको छ। त्यसमा पनि भविष्यमा सरकारी सेवामा प्रवेश गर्न मिल्ने र नमिल्ने गरी हटाउन सकिने उल्लेख छ। भ्रष्टाचार प्रमाणित भएमा, नैतिक पतन देखिने फौजदारी अभियोग पुष्टि भएमा, कुनै देशको स्थायी आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि आवेदन दिएमा लगायतको अवस्थामा भने पुन: सरकारी सेवामा प्रवेश गर्न नमिल्ने गरी बर्खास्त गर्न सकिने नियमावलीले उल्लेख गरेको छ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै
बर्खास्त हुन लागेका डीएसपी केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ। अनुसन्धान अन्तिम चरणमा पुगेकाले अख्तियारले केही दिनमै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ।

डीएसपी केसी अख्तियारलाई नै देखाउँदै अहिले नै बर्खास्त नगर्न भन्दै गृह मन्त्रालय धाइरहेका छन्। आफूविरुद्ध अख्तियारले पनि अनुसन्धान गरिरहेकाले दोषी निर्दोष पत्ता लाग्न वा अदालत गएको अवस्थामा स्वत: फैसला नहुन्जेल निलम्बनमा पर्ने भएकाले अहिले नै बर्खास्त गर्नु आफूमाथि अन्याय हुने भन्दै उनी बर्खास्त नगर्न लविइङमा लागेको स्रोतको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

यता प्रहरी प्रधान कार्यालय भने अख्तियारले मुद्दा दायर गरेपछि स्वत: निलम्बनमा हुने र बाँकी कुरा अदालतमा टुंगोमा पुर्‍याउने हुँदा हेडक्वाटरले संरक्षण गरेजस्तो देखिने भएकाले मुद्दा दायरअघि नै बर्खास्त गर्ने रणनीतिमा छ। सोही अनुसार बर्खास्तका लागि पत्राचार गरिएको हेडक्वाटरले स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। 

रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो। 

बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढाएको थियो। तत्कालीन एसएसपी (हाल डीआईजी) चन्द्रकुवेर खापुङको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। खापुङ नेतृत्वको समितिले डीएसपी केसीलाई फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने देखिएको भन्दै प्रतिवेदन बुझाएको थियो। 

खापुङ नेतृत्वको समितिले डीएसपी केसीले बदनियत राखेको भन्दै फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो। ‘व्यवसायीको सुन नियन्त्रणमा लिनु र सुन फिर्ता लिनका लागि रकम समेत लिएकाले भ्रष्टाचारअन्तर्गत कारबाही हुनुपर्ने’ खापुङ नेतृत्वको समितिले बताएपछि छानबिन गरी कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियारलाई सिफारिस गरेको थियो। 

करिब ३ महिना लामो अनुसन्धानका क्रममा डीएसपी केसीले भ्रष्टाचारजन्य काम गरेको प्रमाणहरु देखिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। 

डीएसपी केसीको सम्पत्तिहरुको विवरण, बैंकिङ स्टेटमेन्टलगायत सबै विवरण अख्तियारले केलाइसकेको छ। सो क्रममा भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुने आधारहरु भेटिएकाले उनीमाथि मुद्दा दर्ताको तयारी गरिएको हो। अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै मुद्दा दर्ता हुने स्रोतले जानकारी दियो।

डीएसपी ठगबहादुरलाई फौजदारी कसुरमा कारबाही गर्न समितिको सिफारिस

डीएसपी ठगबहादुरमाथि छानबिन गर्न समिति गठन

‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?

बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ

बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरविरुद्ध अख्तियारले मुद्दा दायर गर्दै

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्