• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरविरुद्ध अख्तियारले मुद्दा दायर गर्दै

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०८०  १३:१७
1140x725

काठमाडौं– व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ। डीएसपी केसीमाथिको छानबिन अन्तिम चरणमा पुगेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो। 

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। 

रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

डीएसपी ठगबहादुरलाई फौजदारी कसुरमा कारबाही गर्न समितिको सिफारिस

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो। 

बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढाएको थियो। तत्कालीन एसएसपी (हाल डीआईजी) चन्द्रकुवेर खापुङको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। खापुङ नेतृत्वको समितिले डीएसपी केसीलाई फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने देखिएको भन्दै प्रतिवेदन बुझाएको थियो। 

खापुङ नेतृत्वको समितिले डीएसपी केसीले बदनियत राखेको भन्दै फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो। ‘व्यसायीको सुन नियन्त्रणमा लिनु र सुन फिर्ता लिनका लागि रकम समेत लिएकाले भ्रष्टाचारअन्तर्गत कारबाही हुनुपर्ने...,’ खापुङ नेतृत्वको समितिले बताएपछि छानबिन गरी कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियारलाई सिफारिस गरेको थियो। 

यो पनि पढ्नुहोस

बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

करिब ३ महिना लामो अनुसन्धानका क्रममा डीएसपी केसीले भ्रष्टाचारजन्य काम गरेको प्रमाणहरु देखिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। 

डीएसपी केसीको सम्पत्तिहरुको विवरण, बैंकिङ स्टेटमेन्टलगायत सबै विवरण अख्तियारले केलाइसकेको छ। सो क्रममा भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुने आधारहरु भेटिएकाले उनीमाथि मुद्दा दर्ताको तयारी गरिएको हो। अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै मुद्दा दर्ता हुने स्रोतले जानकारी दियो।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल
सम्बन्धित सामग्री
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
त्रिभुवन विमानस्थलबाटै गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय पक्राउ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, पुस १०, २०८२
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्