• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

64x64
नारायण अधिकारी बुधबार, फागुन ११, २०७८  १८:४१
1140x725

काठमाडौं– सर्वोच्च अदालतले बर्दीको आडमा गरिने फौजदारी कसूरमा संलग्न सुरक्षाकर्मीलाई उन्मुक्ति नदिन सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सेवाबाट हटाइएका सशस्त्र प्रहरीका दुई कर्मचारीको मुद्दामा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले उक्त निर्देशनात्मक आदेश दिएको हो।

सशस्त्र प्रहरीका दुई कर्मचारी (हवल्दार तेजबहादुर शाही र जवान तारानाथ घिमिरे)को साथबाट लागुऔषध भेटिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानबिन गरेको थियो। छानबिनको क्रममा उनीहरुबाट लागुऔषध भेटिएको पुष्टि भएपछि विभागीय कारबाही गर्दै सेवाबाट बर्खास्त गरिएको थियो।

सशस्त्र प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) समेतको निर्णयानुसार सेवाबाट बर्खास्तीमा परेका उनीहरु उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। हेडक्वार्टरको निर्णय बदर हुनुपर्ने र आफूहरु सेवामै वहाल रहनुपर्ने मागदाबी गर्दै हवल्दार शाहीले २०६९ असार २१ र जवान घिमिरेले २०६९ साउन ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

अन्तरिम आदेश माग गर्दै सेवामै फर्कने आशसहित रिट दायर गरेका उनीहरुको पक्षमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन। यसबीचमा उनीहरुको मुद्दा ४० पटकसम्म पेसी तोक्दै सर्दै आयो। 

कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरि प्रसाद फुयालको मंगलबारको इजलासले दुवै जनाको रिट खारेज हुने फैसला सुनाउँदै सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्की र फुयालको इजलासले जारी गरेको निर्देशनात्मक आदेशमा फौजदारी कसूरमा सुरक्षा निकायका सुरक्षाकर्मीलाई विभागीय कारबाही मात्रै गरेर उन्मुक्ति दिन नमिल्ने भनिएको छ। चार वटै सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग)का कर्मचारीहरु फौजदारी कसूरको मुद्दामा जोडिएको अवस्थामा विभागीय कारबाही गरेर मात्रै उनीहरुलाई उन्मुक्ति दिन नमिल्ने सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको छ। त्यस्तो मुद्दामा उनीहरुलाई फौजदारी कसूरअन्तर्गतकै कानुनअनुसार कारबाही गर्नुपर्ने भएकाले विभागीय कारबाही गरेर उन्मुक्ति नदिन पनि आदेशमा भनिएको छ। 

घिमिरे र शाहीको हकमा विभागीय कारबाहीसँगै फौजदारी कसूरमा मुद्दा चल्नुपर्नेमा विभागीय कारबाही मात्रै गरेर सशस्त्रले उन्मुक्ति दिएकाले अबदेखि यस्ता घटनामा विभागीय कारबाही सँगसँगै फौजदारी मुद्दा पनि चलाउनु पर्ने सर्वोच्चको आदेश छ। 

घिमिरे तालिम सकेर भर्खर कैलालीमा पोस्टिङ भएका थिए। उनले ४ दिन छुट्टी लिएर बिदामा निस्केका थिए। बिदा लिएर ब्यारेकबाट निस्केका उनी वीरगञ्जमा लागुऔषधले लट्ठ भएको अवस्थामा भेटिएका थिए। उनलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएर उनको ब्यारेक कैलाली पठाएको थियो। साथै उनको साथबाट १३ ग्राम लागुऔषध खैरो हेरोइन समेत बरामद भएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ब्यारेक पुर्‍याइएपछि घिमिरेले आफूलाई टाउको दुख्ने गरेको र लागुऔषध खाएपछि ठिक हुन्छ भनेर हवल्दार शाहीले भनेकाले खाएको बताएका थिए। त्यसपछि शाहीमाथि पनि सशस्त्रले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा हवल्दार शाहीले जवान घिमिरेलाई मोटरसाइकलमा केही परसम्म पुर्‍याएको अनुसन्धानबाट समेत देखिएको थियो। घिमिरेले हवल्दार शाहीसँग १० हजार रुपैयाँ समेत माग गरेको र आफूसँग १० हजार नभएकाले २ हजार रुपैयाँ दिएको शाहीले स्वीकार समेत गरेका थिए। शाही आफूले समेत लागुऔषध सेवन गर्ने गरेको र जवानलाई समेत छाड्न मोटरसाइकलमा केही परसम्म पुर्‍याएको पाइएपछि विभागीय कारबाही स्वरुप उनीहरु दुबै जनालाई भविष्यमा सरकारी सेवमा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको थियो।

त्यसविरुद्ध उनीहरु पुनरावेदनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयमा पनि पुगेका थिए। सशस्त्रको हेडक्वार्टरले पनि विभागीय कारबाहीलाई सदर गरेपछि उनीहरु उनीहरु सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनीहरुको रिट खारेज गर्दै विभागीय कारबाहीलाई सदर गरेको छ। तर, हेडक्वार्टरले फौजदारी मुद्दामा उनीहरुलाई उन्मुक्ति दिएको भन्दै अबदेखि बर्दीको आडमा फौजदारी कसूरमा उन्मुक्ति नदिन सर्वोच्चले आदेश दिएको यस घटनामा सरकारका तर्फबाट बहस गरेका महान्यायधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता खेमराज ज्ञवालीले बताए।

योसँगै अर्को एक पाटोमा समेत सशस्त्र प्रहरीका तर्फबाट समेत गम्भीर लापरबाही भएको पाइएको छ। घिमिरेको साथबाट बरामद भएको भनिएको १३ ग्राम लागुऔषध कहाँ गयो भन्ने विषयलाई 'लुकाएको' पाइएको छ। 

बरामद उक्त लागुऔषध कानुनी प्रक्रिया अनुसार नष्ट गनुपर्ने हुन्छ। सशस्त्र प्रहरीले लागुऔषधसहित फेला परेका आफ्ना २ कर्मचारीलाई अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको भए उनीहरुविरुद्ध फौजदारी कसूरमा मुद्दा चल्नुका साथै उक्त लागुऔषध समेत नष्टको प्रक्रियामा जान सक्थ्यो। तर, सशस्त्र प्रहरीले त्यसो नगर्दा उक्त लागुऔषधको अवस्थामा समेत थाहा हुने सकेको छैन।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्