• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

64x64
नारायण अधिकारी बुधबार, फागुन ११, २०७८  १८:४१
1140x725

काठमाडौं– सर्वोच्च अदालतले बर्दीको आडमा गरिने फौजदारी कसूरमा संलग्न सुरक्षाकर्मीलाई उन्मुक्ति नदिन सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सेवाबाट हटाइएका सशस्त्र प्रहरीका दुई कर्मचारीको मुद्दामा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले उक्त निर्देशनात्मक आदेश दिएको हो।

सशस्त्र प्रहरीका दुई कर्मचारी (हवल्दार तेजबहादुर शाही र जवान तारानाथ घिमिरे)को साथबाट लागुऔषध भेटिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानबिन गरेको थियो। छानबिनको क्रममा उनीहरुबाट लागुऔषध भेटिएको पुष्टि भएपछि विभागीय कारबाही गर्दै सेवाबाट बर्खास्त गरिएको थियो।

सशस्त्र प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) समेतको निर्णयानुसार सेवाबाट बर्खास्तीमा परेका उनीहरु उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। हेडक्वार्टरको निर्णय बदर हुनुपर्ने र आफूहरु सेवामै वहाल रहनुपर्ने मागदाबी गर्दै हवल्दार शाहीले २०६९ असार २१ र जवान घिमिरेले २०६९ साउन ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

अन्तरिम आदेश माग गर्दै सेवामै फर्कने आशसहित रिट दायर गरेका उनीहरुको पक्षमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन। यसबीचमा उनीहरुको मुद्दा ४० पटकसम्म पेसी तोक्दै सर्दै आयो। 

कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरि प्रसाद फुयालको मंगलबारको इजलासले दुवै जनाको रिट खारेज हुने फैसला सुनाउँदै सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो। 

Ncell 2
Ncell 2

कार्की र फुयालको इजलासले जारी गरेको निर्देशनात्मक आदेशमा फौजदारी कसूरमा सुरक्षा निकायका सुरक्षाकर्मीलाई विभागीय कारबाही मात्रै गरेर उन्मुक्ति दिन नमिल्ने भनिएको छ। चार वटै सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग)का कर्मचारीहरु फौजदारी कसूरको मुद्दामा जोडिएको अवस्थामा विभागीय कारबाही गरेर मात्रै उनीहरुलाई उन्मुक्ति दिन नमिल्ने सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको छ। त्यस्तो मुद्दामा उनीहरुलाई फौजदारी कसूरअन्तर्गतकै कानुनअनुसार कारबाही गर्नुपर्ने भएकाले विभागीय कारबाही गरेर उन्मुक्ति नदिन पनि आदेशमा भनिएको छ। 

घिमिरे र शाहीको हकमा विभागीय कारबाहीसँगै फौजदारी कसूरमा मुद्दा चल्नुपर्नेमा विभागीय कारबाही मात्रै गरेर सशस्त्रले उन्मुक्ति दिएकाले अबदेखि यस्ता घटनामा विभागीय कारबाही सँगसँगै फौजदारी मुद्दा पनि चलाउनु पर्ने सर्वोच्चको आदेश छ। 

घिमिरे तालिम सकेर भर्खर कैलालीमा पोस्टिङ भएका थिए। उनले ४ दिन छुट्टी लिएर बिदामा निस्केका थिए। बिदा लिएर ब्यारेकबाट निस्केका उनी वीरगञ्जमा लागुऔषधले लट्ठ भएको अवस्थामा भेटिएका थिए। उनलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएर उनको ब्यारेक कैलाली पठाएको थियो। साथै उनको साथबाट १३ ग्राम लागुऔषध खैरो हेरोइन समेत बरामद भएको थियो।

ब्यारेक पुर्‍याइएपछि घिमिरेले आफूलाई टाउको दुख्ने गरेको र लागुऔषध खाएपछि ठिक हुन्छ भनेर हवल्दार शाहीले भनेकाले खाएको बताएका थिए। त्यसपछि शाहीमाथि पनि सशस्त्रले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा हवल्दार शाहीले जवान घिमिरेलाई मोटरसाइकलमा केही परसम्म पुर्‍याएको अनुसन्धानबाट समेत देखिएको थियो। घिमिरेले हवल्दार शाहीसँग १० हजार रुपैयाँ समेत माग गरेको र आफूसँग १० हजार नभएकाले २ हजार रुपैयाँ दिएको शाहीले स्वीकार समेत गरेका थिए। शाही आफूले समेत लागुऔषध सेवन गर्ने गरेको र जवानलाई समेत छाड्न मोटरसाइकलमा केही परसम्म पुर्‍याएको पाइएपछि विभागीय कारबाही स्वरुप उनीहरु दुबै जनालाई भविष्यमा सरकारी सेवमा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको थियो।

त्यसविरुद्ध उनीहरु पुनरावेदनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयमा पनि पुगेका थिए। सशस्त्रको हेडक्वार्टरले पनि विभागीय कारबाहीलाई सदर गरेपछि उनीहरु उनीहरु सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनीहरुको रिट खारेज गर्दै विभागीय कारबाहीलाई सदर गरेको छ। तर, हेडक्वार्टरले फौजदारी मुद्दामा उनीहरुलाई उन्मुक्ति दिएको भन्दै अबदेखि बर्दीको आडमा फौजदारी कसूरमा उन्मुक्ति नदिन सर्वोच्चले आदेश दिएको यस घटनामा सरकारका तर्फबाट बहस गरेका महान्यायधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता खेमराज ज्ञवालीले बताए।

योसँगै अर्को एक पाटोमा समेत सशस्त्र प्रहरीका तर्फबाट समेत गम्भीर लापरबाही भएको पाइएको छ। घिमिरेको साथबाट बरामद भएको भनिएको १३ ग्राम लागुऔषध कहाँ गयो भन्ने विषयलाई 'लुकाएको' पाइएको छ। 

बरामद उक्त लागुऔषध कानुनी प्रक्रिया अनुसार नष्ट गनुपर्ने हुन्छ। सशस्त्र प्रहरीले लागुऔषधसहित फेला परेका आफ्ना २ कर्मचारीलाई अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको भए उनीहरुविरुद्ध फौजदारी कसूरमा मुद्दा चल्नुका साथै उक्त लागुऔषध समेत नष्टको प्रक्रियामा जान सक्थ्यो। तर, सशस्त्र प्रहरीले त्यसो नगर्दा उक्त लागुऔषधको अवस्थामा समेत थाहा हुने सकेको छैन।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्