काठमाडौं– मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई घुससहित नियन्त्रणमा लिएको हो।
नगरपालिकाको कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा ढकाललाई नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।