काठमाडौं– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति निर्धारण गर्ने प्रयोजनका लागि कक्षा ११ मा भर्ना गरिएको विद्यार्थीको संख्या विवरण बुझाउन सूचना जारी गरेको छ।
महानगरले गएको शैक्षिक सत्रको भर्ना संख्या मागेको हो। उक्त भर्ना संख्यालाई हेरेर आगामी वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गर्ने तयारी गरिएको छ।
असार मसान्तसम्म विवरण पठाइसक्न भनिएको छ। यसैगरी कक्षा ११ मा भर्ना गर्दा छोटो अवधि राखेर दुर्गमका विद्यार्थीहरुलाई बञ्चित गरिएको पाइएको बताउँदै कम्तीमा १५ दिन राख्न निर्देशन गरिएको छ।
फरक-फरक समयका साथै छोटो अवधिको भर्नाका लागि तालिका तय गरिएको पूर्वअनुभव रहेकाले उक्त सूचना जारी गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।