काठमाडौं- ललितपुरको सानेपामा १६ वर्षे नाबालिग बलात्कारको घटनामा जिल्ला अदालत ललितपुरले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति दिएको छ। प्रहरीले उक्त घटनामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालतले अनुमति दिएको हो।
अदालतको अनुमतिपछि जिल्ला प्रहरी परिसर ललितपुरले कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो।
गत जेठ ३१ गते बुधबार राति ललितपुरमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीमा निवेदन दिएपछि आरोपित पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। उक्त क्लबमा नाबालिगलाई कसरी प्रवेश दिइयो भनी उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।