काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेरि स्पष्टीकरण सोधेका छन्। गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको र उक्त प्रश्नको जवाफ नआएकोले फेरि स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ।
७ दिनको समय राखी सोधिएको प्रश्नको जवाफ नआएपछि मिति २०८० असार २० गतेको मन्त्रीस्तरीय निर्णयअनुसार के-कति कारणले जवाफ नपठाएको हो स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको छ।
अन्यथा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने बेहोरा समेत पत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।