काठमाडौं– ४५ हजार रुपैयाँ घुससहित एक इन्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुसहित पक्राउ गरेको हो।
रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पीसीसी र ग्राभेलको नापजाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।