प्रतिकात्मक तस्बिर
काठमाडौं– अर्घाखाँचीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ। १ जना घाइते भएका छन्।
मंगलबार बिहान ८ बजेतिर पाणिनी गाउँपालिका–१ गोवनपानीस्थित तुल्सी रास्कोटीको घर पहिरोले पुरेको हो। टिनले छाएको दुई तल घर पहिरोले पुर्दा घरभित्र सुतेका तुल्सीका ४ जना बच्चाहरु पुरिएको पाइएपछि उद्धार गरिएको थियो।
उद्धार गरिएकामध्ये ३ जनाको मृत्यु भएको पाणिनी–१ का वडाध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए।
ज्यान गुमाउनेमा १२ वर्षीय खुमबहादुर रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र ११ वर्षीय अन्जु रास्कोटी रहेका छन्।
१४ वर्षीय सचिन रास्कोटीको अवस्था भने सामान्य रहेको अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।