फाइल तस्बिर ।
काठमाडौं– अर्घाखाँचीमा पहिरोले घर पुर्दा ४ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर छ।
मंगलबार बिहान ८ बजेतिर पाणिनी गाउँपालिका–१ गोवनपानीस्थित तुल्सी रास्कोटीको घर पहिरोले पुरेको हो। टिनले छाएको दुई तल घर पहिरोले पुर्दा घरभित्र सुतेका तुल्सीका ४ जना बच्चाहरु पुरिएको पाइएपछि उद्धार गरिएको थियो।
घाइते हुनेहरुमा १४ वर्षीय सचिन रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र ११ वर्षीय अन्जु रास्कोटी रहेको अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले नेपाल लाइभलाई बताए। उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ भने सचिनको अवस्था सामान्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।