• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२८ महिनाकी बालिका मृत्यु घटना: उपचारमा डाक्टर र अस्पतालको त्रुटि, तर काउन्सिलको फितलो कारबाही [निर्णयसहित]

हिमाल अस्पतालका डाक्टर यादवलाई चेतावनी, कान्ति र मेट्रो अस्पताललाई निर्देशन
रिता लम्साल मंगलबार, असार १९, २०८०  १०:५८
1140x725

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले केही समयअघि उपचारका क्रममा मृत्यु भएकी २८ महिनाकी एक बालिकाको उपचार प्रक्रियामा त्रुटि देखाउँदै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई चेतावनी दिँदै सुधारका लागि निर्देशन दिएको छ।

उपचारका क्रममा चिकित्सकदेखि अस्पतालले त्रुटि गरेको फेला परे पनि काउन्सिलले उनीहरुलाई फितलो कारबाही गर्दै उन्मुक्ति दिएको छ। काउन्सिलले उपचारमा संलग्न चिकित्सकले बिरामीको अवस्था जटिल हुँदा समेत थप जाँच नगरेको, इन्ट्युवेशन नगरेको र अन्य अस्पताल पठाउँदा सावधानी नअपनाएको भेटे पनि सामान्य चेतावनी मात्र दिने काम गरेको छ।

काउन्सिलले गरेको छानबिनका क्रममा गत माघमा हिमाल अस्पताल अस्पतालबाट कान्ति हुँदै मेट्रो अस्पतालमा उपचारका लागि लगेकी एक बालिकाको उपचारका क्रममा मृत्यु हुनुमा न्यूनतम उपचार विधि नअपनाएको र प्रेषण गर्दा सावधानी नअपनाउनुका साथै प्रणालीगत त्रुटि देखिएको तथ्य फेला पारेको छ। तर उपचारमा संलग्न चिकित्सक र अस्पताललाई भने नाम मात्रको कारबाही गरेजस्तो गरेर छाडिदिएको छ।

काउन्सिलले उपचारमा प्रत्यक्ष संलग्न हिमाल अस्पतालका चिकित्सक डा जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेषण गर्दा सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको छ।

'२८ महिनाकी प्रशंसा गौतमलाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भै अन्यत्र प्रेषण गर्दा सावधानी र न्यूनतम उपचार विधि नअपनाएको र इन्ट्युवेशन नगरेको देखिएको हुनाले बालरोग विशेषज्ञ डा जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेषण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने,' काउन्सिलको निर्णयमा भनिएको छ।

मोरङ जिल्ला घर भई हाल कमलपोखरी काठमाडौंमा बस्ने गौतमको परिवारले गत माघ २३ गते प्रशंसालाई उपचारका लागि हिमाल अस्पताल लगेका थिए। सो क्रममा बाल रोग विशेषज्ञ डा यादवले नियमित चेकजाँच गरेको र उनकै सल्लाह बमोजिम औषधि तथा वाफ लगाउने काम गरिएको आफन्तद्वारा काउन्सिलमा फागुन ८ गते मृतककी आमा गंगा गौतमले दिएको निवेदनमा उल्लेख छ। 

हिमालमा उपचारका क्रममा स्वास्थ्य सुधार हुनुको साटो झनै स्थीती बिग्रँदै गएको र चिकित्सकको वेवास्ताका कारण बिरामी बच्चाको फोक्सोमा अत्यधिक पानी जम्न गई माघ २६ गते उपचारका क्रममा मेट्रो अस्पतालमा मृत्यु भएकाले न्यायोचित कारबाही गरिपाउँ भनि काउन्सिलमा हालेको निवेदनमा उल्लेख छ।

प्रशंसाको अवस्था सुधार नभएपछि आफन्तले हिमाल अस्पतालबाट थप उपचारका लागि कान्ति बाल अस्पताल लगेका थिए। तर कान्ति अस्पतालको आकस्मिक कक्षबाट नै उनीहरुलाई उपचार नगरी फर्काइएको थियो। काउन्सिलले यस विषयमा कान्ति अस्पताललाई समेत आवश्यक निर्देशन दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

'हिमाल अस्पतालबाट रिफर भै कान्ति अस्पतालमा ल्याइएकी २८ मिहना उमेरकी बालिका प्रशंसा गौतमको उपचारमा प्रणालीगत त्रुटिका कारण नेपालको संविधानले प्रदान गरेको मौलिक हक, स्वास्थ्य समन्धि हक, जनस्वास्थ्य ऐन २०७५ले प्रदान गरेको आकस्मिक स्वास्थ्य सेवा सम्बन्धि हक, बालबालिका सम्बन्धि ऐन २०७५ मा भएको व्यवस्था बमोजिम आधारभूत स्वास्थ्य उपचार पाउने हक हनन भएको दिखिँदा कान्ति बाल अस्पतालका निर्देशक, विभागीय प्रमुख र आकस्मिक कक्ष प्रमुखलाई अविलम्ब प्रणालिगत सुधार गरी कुनै पनि बहानामा बिरामीलाई आकस्मिक उपचारबाट बञ्चित नगर्न नगराउन सचेत गराउनुका साथै माथि उल्लेखित ऐन, नियम उल्लंघन भएकाले निज पदाधिकारीहरुलाई निर्देशन सहित निजहरुलाई आवश्यक नियमनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने। यसका साथै सो अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी लगायत अस्पताल भवन, उपकरण आदि व्यवस्था गर्नका लागि लेखिपठाउने,' निर्णयमा भनिएको छ।

कान्ति अस्पतालमा उपचार नभएपछि गौतम परिवार मेट्रो अस्पतालमा पुगेका थिए। तर मेट्रो अस्पतालमा विज्ञ चिकित्सकको व्यवस्था २४ सै घण्टा उपलब्ध नहुँदा समयमा नै विज्ञ चिकित्सकको सेवा पाउन नसकेको छानबिनका क्रममा भेटिएको थियो। काउन्सिलले उक्त अस्पताललाई समेत २४ सै घण्टा विज्ञ चिकित्सकको व्यवस्था गर्न निर्देशन दिएको छ।

बालिकाको मृत्युपछि मृतकका आफन्तले न्याएको माग गर्दै काउन्सिलमा उजुरी दिनुका साथै हिमाल अस्पताल परिसरमा लामो समय धर्ना दिएका थिए।

रुघाखोकी,कफ उपचारका लागि प्रशंशालाई उनीहरुले हिमाल अस्पतालमा माघ २३ गते पुर्‍याएका थिए। उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रेफर लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो। कान्तिले पनि उपचार हुँदैन भनेपछि उनीहरुले महाराजगंजस्थित मेट्रो अस्पताल पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएको दुई घण्टा पनि नबित्दै प्रशंशाको मृत्यु भएको थियो। 

Xtrem

Xtrem

हेरौं काउन्सिलको निर्णय

354756732_6313692192019182_8334696602887010530_n copfinal1688448889.jpg

354473237_1670181903494665_7795336562960086416_n copy1688447476.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्