काठमाडौं- सामाजिक विकासका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था प्राक्टिकल एक्सनले विद्युतीय चुल्होको बजार प्रवर्धन परियोजना सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अनिता शाह ढुङ्गानाले प्राक्टिकल एक्सनको विद्युतीय चुल्हो परियोजनाका उपलब्धि र कार्यक्रम पद्धतिको प्रशंसा गर्दै १६औँ आवधिक योजना तयारी भइरहेको परिवेशमा कार्यक्रम निकै सान्दर्भिक भएको बताइन्। उनले यस कार्यक्रममा छलफल भएका ठोस विषयलाई आवधिक योजना बनाउने क्रममा गम्भीरतापूर्वक लिने प्रतिबद्धता समेत जनाइन्।
विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीले नियमन आयोगले बनाएका निर्देशिकाहरूको बारेमा सबैलाई जानकारी गराए। उनले अझै पनि केही निर्देशिकाहरू आवश्यक रहेको भन्दै आयोगले बनाएका र बनाउनुपर्ने निर्देशिकाहरू अझ सान्दर्भिक बनाउनका निमित्त सबैको सुझाव आवश्यक भएको बताए।
कार्यक्रममा प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मिनविक्रम मल्लले विद्युतीय चुलोको बजार प्रवर्धन परियोजनाको बारेमा विस्तृत जानकारीकाक साथै उपलब्धि र सिकाइको समीक्षा गरेका थिए।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना र आयोजित कार्यक्रमको प्रशंसा गर्दै राज्यले विद्युतीय चुल्होलाई लिएर जुन लक्ष्य लिएको छ, त्यस लक्ष्यबाट धेरै टाढा नरहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।