काठमाडौं– काठमाडौं महानगरपालिकाले ललिता निवासभित्र पर्ने जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ। निर्माणाधीन भवनहरुको निर्माण सम्पन्नताको प्रमाणपत्र नदिने पनि महानगरले जनाएको छ।
उक्त क्षेत्रमा कुनै भवन निर्माणाधीन भए रोक्का राख्न समेत सरोकारवालाका नाममा सूचना जारी गरिएको छ।
सूचना अटेर गरी भवन निर्माण जारी राखेमा भत्काइने चेतावनी दिँदै भत्काउन लागेको खर्च समेत घरधनीबाट असुल गरिने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।