नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलनजिक खसेको पहिरो
काठमाडौं– पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब २ बजेतिर ३ नम्बर पुलनजिक पहिरो खसेपछि सडक बन्द भएको थियो। ३ नम्बर पुलनजिक विगत केही दिनदेखि पहिरो गइरहेको छ।
सोमबार बिहान २ बजेतिर पहिरो जाँदा ३ नम्बर पुलनजिक ट्रक समेत पल्टिएको थियो। पहिरो र ट्रक पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।
सोही ठाउँमा पहिरो जाँदा शनिबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको थियो। आइतबार अपराह्न ६ बजेतिर मात्रै पहिरो पन्छाएर सडक सञ्चालनमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।