राप्ती नदीको बाढी (फाइल तस्बिर)
नेपालगञ्ज– राप्ती नदीमा आएको बाढीमा फसेका बाँकेका ६ जनाको सकुशल उद्धार गरिएको छ।
बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका १ जना पुरुष र ५ जना महिला बाढीमा फसेका थिए। बाढीमा फसेका उनीहरूको शनिबार राति नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनौ, दिलिसा थापा र ममता पुनको उद्धार गरेको हो।
बाढीमा फसेका ७८ वटा बाख्राको पनि उद्धार गरिएको छ। पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले राप्ती नदीको सतह बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।