काठमाडौं- तिनाउ नदीमा भीषण बाढी आएको छ। लुम्बिनी प्रदेशका पाल्पा तथा रुपन्देही आसपासका क्षेत्रमा भएको अविरल वर्षापछि तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीमा जल सतह बढेर खतराको तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तिनाउ नदीमा शनिबार बिहानदेखि खतराको तह पार गरेको हो। तिनाउमा बिहान ८ बजे पानीको सतह ६.८८ मिटर पुगेको बुटवलस्थित बाढी मापन केन्द्रले जनाएको छ।
तिनाउ नदीमा जल सतह बढेर खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
शनिबार बिहानैदेखि लुम्बिनी प्रदेशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।