काठमाडौं- बिहीबार मध्याह्नदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित ३ नम्बर पुलमा खसेको पहिरो पन्छाएपश्चात् दुईतर्फी रुपमा सवारी साधन चालु भएको छ। तर सडकमा सवारी साधनको चाप भने निकै रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।