काठमाडौं- जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गरेका छन्। नेपाली प्रतिनिधिमण्डल सहित एयरलाइन्स पुगेका श्रेष्ठले एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गरेका हुन्।
त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान एयरलाइन्स ग्रुपका अध्यक्ष श्र चुईबीच छेन्दुस्थित कार्यालयमा भेटवार्ता भएको थियो।
छेन्दुमा आयोजित 'पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला'मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी गत मंगलबार चीन गएका थिए।
त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटघाटमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा सकारात्मक छलफल भएको थियो।
निर्धारित भेटघाट र अवलोकन सकेर उपप्रधानमन्त्री श्रेष्ठ आइतबार बिहान स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।