काठमाडौं- जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नासु प्रेमिका तामाङमाथि हातपात गर्ने वकिल अमिर लामिछानेमाथि अदालतको अवहेलना निवेदन दर्ता भएको छ।
नासु तामाङले दिएको निवेदनको आधारमा जिल्ला अदालतले प्रतिवेदन तयार गर्दै कानुन व्यवसायीमाथि अवहेलना निवेदन दर्ता गरेको हो। १५ जना प्रतिवेदकहरु तयार गर्दै जिल्ला अदालतले टिप्पणी उठाएर वकिल विरुद्ध अवहेलना निवेदन दर्ता गरेको हो।
असार १३ गते ४:३० बजे अधिवक्ता लामिछानेले मुद्दाको तारेख लिने क्रममा अभद्र व्यवहार गर्दै महिला कर्मचारीमाथि आक्रमण गरेका थिए। उनको आक्रमणबाट नासु तामाङको दुई वटा दाँत हल्लिएको र कपडा समेत च्यातिएको थियो।
जिल्ला अदालतका कर्मचारीले आफूहरुको सुरक्षा नभएको भन्दै काम नै नगर्ने चेतावनी दिएपछि अवहेलना मुद्दा दायर गरिएको हो। तामाङको जाहेरीले अधिवक्ता लामिछाने थुनामै रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।