काठमाडौं– न्यायालयमा कार्यरत रहेका कर्मचारी संगठनहरुले जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने कानुन व्यवसायीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतमा काम गरिरहेको कर्मचारीमाथि आक्रमण गर्ने कानुन व्यवसायीलाई थुनामै राखेर कारबाही अघि बढाउन उनीहरुले माग गरेका हुन्।
अदालतमा कार्यरत सबै जनशक्तिको सुरक्षाको सुनिश्चितता कायम गर्न सर्वोच्च अदालत प्रशासनलाई ध्यानाकर्षण गराउँदै अदालतको कार्यकक्ष भित्रै भएको उक्त गम्भीर दुःखद घटनाको विरोध स्वरुप आइतबार १० बजेदेखि १ः ३० बजेसम्म अदालतहरुमा काम कारबाही बबन्द गर्न पनि आग्रह गरेको छ।
नेपाल निजामती कर्मचारी संगठन,नेपाल निजामती कर्मचारी युनियन,राष्ट्रिय कर्मचारी संगठन र निजामती एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रेड युनियनले यस्तो माग गरेका हुन्। असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानूनव्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए।
अदालतको कार्यकक्ष भित्रै भएको उक्त गम्भीर दुःखद घटनाको विरोध स्वरुप आइतबार १० बजे देखि १ः ३० वजेसम्म अदालतहरुमा काम कारबाही बबन्द गर्न पनि आग्रह गरेको छ। नेपाल निजामती कर्मचारी संगठन,नेपाल निजामती कर्मचारी युनियन,राष्ट्रिय कर्मचारी संगठन र निजामती एकिकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रेड युनियनले यस्तो माग गरेका हुन्।
असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए। अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको अवस्थामा बुधबार कानुन व्यवसायीले प्रहार गरेको मुक्का प्रहारबाट दुई वटा दाँत हल्लिएको, ओठमा चोट पुग्नुका साथै मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको भन्दै उक्त घटनाप्रति दुःख घोर भत्सना व्यक्त गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।