काठमाडौं- पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन्। बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हाे।
उनलाई काठमाडौंमा पक्राउ गरिएको र बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उनी भ्रष्टाचार मुद्दामा परेपछि निलम्बन भएका थिए।
जसपाबाट निर्वाचित भएका रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।