• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली शरणार्थी प्रकरणमा नाम पोलिएकाविरुद्ध दोस्रो चरणको अनुसन्धान सुरु, केन्द्रमा बेचन झा

64x64
नारायण अधिकारी शुक्रबार, असार ८, २०८०  १३:००
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाइएको छ।

पहिलो चरणको अनुसन्धान सकिएर मुद्दा दर्ता भइ अभियुक्तमध्ये केही व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएसँगै प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको हो।
 
पहिलो चरणमा २ महिना लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि नै सरकारी वकिल कार्यालयले दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सरकारी वकिल कार्यालयलका प्रमुख अच्यूतमणि नेउपानले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न भनेर निर्देशन दिइएको बताए।

सरकारी वकिल कार्यालयको निर्देशनसँगै प्रहरीले अनुसन्धान पनि अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुक्ष्म रुपमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका अभियुक्तहरुले बयानका क्रममा नाम पोलेका व्यक्तिहरु र अनुसन्धानमा देखिएका विभिन्न प्रमाणहरुका आधारमा अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले स्रोतले जनाएको छ।

योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। परिसरले यसअघिको अनुसन्धानलाई आधार मान्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रमाण जुटे पनि वतन नखुलेको भन्दै ३ जनाविरुद्ध परिसर प्रहरीले मुद्दा चलाएको थिएन। तिनै ३ जना व्यक्तिलाई केन्द्रमा राखेर अहिले अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसर स्रोतले जानकारी दियो।

अनुसन्धानका क्रममा खुलेका प्रमाणहरु अभियुक्तले नाम लिएका व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानको क्रममा अभियुक्तहरुले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राईको पनि नाम लिएका थिए।

प्रेम राईको गाडीकै डिक्कीमा रकम राखिदिएको अभियुक्तहरुको बयान थियो। त्यसैगरी बादलकी पत्नी नैनकलाले समेत घरमै रकम बुझेको भन्दै अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसदसमेत रहेका एमालेकै नेता डा अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि नाम पोलेका छन्। हाल पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री समेत भइसकेका एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै नेता राजेश्वर स्थापित र अर्का विचौलिया बेचन झाको नाम अभियुक्तहरुले पोलेका छन्।

अभियुक्तहरुले नाम लिएका यी पात्रहरु र अन्य जोडिनसक्ने पात्रहरुलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानको केन्द्रमा बेचन झा
अबको अनुसन्धानको मुख्य केन्द्रमा भारतीय नागरिक बेचन झा छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ। पहिलो चरणको अनुसन्धानको अन्त्यतिर बेचन झाको नाम यो प्रकरणमा जोडिएको पाइएको थियो। तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा नाम जोडिएका उच्च तहका नेता तथा व्यक्तिहरुसँग झाको निकट सम्बन्ध रहेको छ। प्रष्ट ठेगाना नखुलेको बताउँदै उनलाई प्रतिवादी नबनाएको प्रहरीले उनीसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरेको छ। खासगरी झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा समेत जोडिएका खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ। उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यो प्रकरणमा जोडिएको खुलेसँगै उनी फरार छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ। यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा छन्। बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्