• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसी साउदी अरबमा?

64x64
नेपाल लाइभ आइतबार, जेठ २१, २०८०  १३:३९
1140x725

काठमाडौं– क्लबलाई जानकारी नै नगराइ छुट्टी मनाउन साउदी अरब निस्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनल मेसीमाथि कठोर नीति नै लियो। करिब एक महिनाअघि बिना जानकारी मेसी साउदी पुगेपछि पीएसजीले उनलाई २ साता प्रतिबन्ध नै लगायो। 

क्लबले कारबाही गरेको केही दिनपछि मेसीले आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि पीएसजीले कारबाही फिर्ता गरेको थियो। अकस्मात बिना जानकारी साउदीको भ्रमणमा निस्कनुलाई निकै संशयपूर्ण तरिकाले लिँलै उनको ट्रान्सफरसँग जोडेर हेरिएको थियो। 

अहिले उक्त घटना सत्य साबित हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले दाबी गर्दै रिपोर्टहरु प्रकाशित गरेका छन्। मिरर न्युज पोर्टलले मेसी साउदीको क्लब अल हिलालमा अनुबन्धन हुने र केही दिनमै यसको घोषणा हुने दाबी गरेको छ।

यो पनि पढ्नुहोस

मेसीको भविष्य : पीएसजी, बार्सिलोना वा इन्टर मियामी?

क्लर्मन्टविरुद्ध अन्तिम खेल खेल्दै शनिबारबाट मेसी पीएसजीबाट औपचारिक रुपमै बिदा भएका छन्। पीएसजीबाट औपचारिक रुपमा मेसीको बिदाइ हुँदा यता साउदी क्लब अल हिलालले केही दिनमै मेसीलाई स्वागत गर्ने तयारी गरेको दाबी मिररको छ।

मेसीले पछिल्लो दुई सिजन फ्रान्सेली जायन्टस् लिग वान विजेता पीएसजीमा आबद्ध रहँदै २ लिग वान टाइटल जितेका छन्। तर पनि पेरिसमा मेसीको प्रशंसाभन्दा बढी विरोध हुने गरेको थियो। 

फुटबल फ्यानहरुले मेसीको आलोचना गरिरहे। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित कीर्तिमानी मूल्यमा पीएसजीले मेसीलाई अनुबन्धन गरेको थियो। तर च्याम्पियन्स लिगको ट्रफी उचाल्ने पीएसजीको सपना साकार हुन सकेन। 

पीएसजीसँगको सम्झौता सकिएसँगै धेरै क्लबहरु अहिले मेसीलाई भित्र्याउन लागिपरेका छन्। जसमध्ये अल हिलाल अग्रस्थानमा छ। साउदी प्रो लिग पक्षले मध्यपूर्वमा आफ्नो करियर समाप्त गर्न कीर्तिमानी सम्झौताको प्रस्ताव गरेको छ। 

यो पनि पढ्नुहोस

अन्योलमा मेसीको भविष्य, के बार्सिलोना फर्किदैछन्?

‘अल हिलालको तयारी हेर्दा यस्तो लाग्छ, उनीहरु अर्जेन्टिनी सुपरस्टारसँगको सम्झौताको नजिक पुगेका छन्। अब उनको आगमनको घोषणा मितिमात्रै तय हुन बाँकी छ,’ मिररले लेखेको छ, ‘अल हिलालले मंगलबार मेसीलाई अनुबन्धनको रुपमा परिचय गराउने छ।’

Ncell 2
Ncell 2

मेसीको अन्तिम स्वीकृती प्राप्त गर्न र मध्यपूर्वमा बसोबास गर्ने प्रक्रिया सुरु गर्न साउदी पक्षले यो मिति तय गरेको दाबी गरिएको छ। मेसीलाई कसैले ‘हाइज्याक’ नगरोस् भनेर जतिसक्दा चाँडो अनुबन्धनको घोषणा गर्ने अल हिलालको चाहना छ। अल हिलालले मेसीलाई विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बनाउने किसिमको अविश्सनीय प्रस्ताव राखेको छ। हरेक वर्षका लागि ४०० मिलियन यूरोको प्रस्ताव हिलालले मेसीलाई गरेको छ।

यता बार्सिलोना पनि मेसीलाई भित्र्याउन जोडतोडले लागेको छ। भित्री रुपमा बार्सिलोना मेसी ल्याउन लागि परे पनि औपचारिक प्रस्ताव गर्न बार्सिलोनाले सकेको छैन। 

यो पनि पढ्नुहोस

साउदी क्लबद्वारा मेसीलाई वार्षिक ५७६० करोड रुपैयाँको अफर

बार्सिलोनाले स्पेनिस र युरोपेली फुटबलमा आफ्नो दबदबा राख्दा मेसीका सहयात्री रहेका जाभी अहिले बार्सिलोनाको मुख्य प्रशिक्षक छन्। जाभी र मेसीको सम्बन्ध पनि राम्रो रहेको छ। 

मेसीलाई फर्काउन जाभी लागि परेका छन्। त्यसका लागि जाभीले क्बलका अध्यक्ष जोन लापोर्टालाई पनि आग्रह गरेका छन्। 

त्यसो त मेसी र लापोर्टाको सम्बन्ध पनि राम्रो छ। मेसीले विश्वकपको ट्रफी उचाल्नासाथ लापोर्टाले ट्वीटरमा मेसीलाई बधाई दिएका थिए। ‘बधाई छ लियो! यसका लागि तिमी योग्य थियाौ। यो क्षणका लागि फुटबल ऋणी छ’, उनले लेखेका थिए।

बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएपछि लापोर्टाले मेसीलाई बार्सिलोनामै राख्नका लागि हर प्रयास गरेका थिए। बार्सिलोना छाड्नुपर्दा मेसी पनि भावुक भएका थिए। मेसीलाई पनि यो थाहा छ कि बार्सिलोनामा रहँदा उनले सबथोक क्लबबाट पाएका थिए भने उनले पनि क्लबका लागि सबैथोक दिएका थिए।

बार्सिलोनामा रहँदा ४ वटा च्याम्पियन्स लिग, १० ला लिगा, ७ कोपा डेल रे, ३ क्लब वर्ल्डकप, ३ युरोपियन्स सुपर कप र ८ स्पेनिस सुपर कपको उपाधि मेसीले जितेका थिए। 

‘मलाई कुनै संका छैन कि यदि मेसी फर्कने हो भने उसले हामीलाई हाम्रो फुटबलबाट हाँसिल गर्न चाहेको कुरामा मद्दत गर्नेछ। मलाई कुनै संका छैन र मैले अध्यक्षलाई यो कुरा भनेको छु। उहाँ पनि दृढ हुनुहुन्छ। मेसीमा अझै उपाधीको भोक देखिन्छ,’ जाभीले भनेका छन्। 

यो पनि पढ्नुहोस

के बार्सिलोना फर्किँदैछन् मेसी?

जाभीले थपेका छन्, ‘उनी अझै पनि एक विजेता हुन्। खेलाडीका नेता पनि हुन्। बार्सिलोनामा हामी २०१० को बेला शिखरमा थियौं। त्यसपछि भने हामीसँग समान स्तर छैन। यसमा कुनै शंका छैन कि उहाँले हामीलाई अझै धेरै मद्दत गर्नुहुनेछ। तर अन्तमा यो सबै उहाँ (मेसी)मा निर्भर गर्दछ।’

‘उहाँका बिचार के  छ मलाई थाहा छैन। तर म उहाँसँगको मेरा सम्बन्धको बारेमा धेरै स्पष्ट छु। हामीसँग ढोका खुल्ला छ। यदि यहाँ आउन चाहानुहन्छ भने मलाई कुनै शंका छैन कि उहाँबाट टिमलाई धेरै मद्दत हुनेछ। तर यो सबै उहाँमा निर्भर छ। यो उहाँको व्यक्तिगत छनोट हो,’ मेसीको बार्सिलोना र्फितीबारे जाभीले भनेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आइतबार, चैत ८, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत ८, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना शनिबार, चैत ७, २०८२
'कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गरियाेस्, म कतैबाट परिचालित छु कि छैन जान्न चाहन्छु' शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्