• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अन्योलमा मेसीको भविष्य, के बार्सिलोना फर्किदैछन्?

64x64
नेपाल लाइभ शुक्रबार, माघ १३, २०७९  ०८:०३
1140x725

काठमाडौं– विश्वकप फुटबलको ट्रफी उचालेपछि लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता थप गर्ने मनस्थिति बनाएका थिए। जारी सिजनको अन्त्य अर्थात् आगामी जुन ३० मा फ्रेन्च लिग वान क्लब पीएसजीसँगको सम्झौता सकिँदै गर्दा सम्झौता लम्ब्याउन चाहेको खबर विश्वकपको ट्रफी उचालेपछि बाहिरिएको थियो। 

तर, अहिले एकाएक परिस्थिति फरक बनेको छ। मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको खबर बाहिरिएका छन्। स्पेनको चर्चित स्पोर्टस् पत्रिका मार्कादेखि अन्य मिडियाहरुले मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको समाचार प्रकाशित गरेका छन्। मार्काले चर्चित स्पोर्टस् पत्रकार जेरार्ड रोमेरोलाई उदृत गर्दै मेसीले पीएसजीसँग थप सम्झौता नगर्ने र बार्सिलोना फर्किन सक्नेबारे समाचार सम्प्रेषण गरेको छ। 

विश्वकप सकिएलगत्तै पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले मेसीको निरन्तरताबारे छलफल गरेका थिए। पहिलो सिजन त्यति जम्न नसकेका मेसीले दोस्रो सिजन पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पीएसजी भित्रिएका मेसी अर्को सिजन समेत रहन सक्ने अनुमान गरिएको थियो। तर, अहिले परिस्थिति फेरिएको दाबी गरिएको छ। 

जसकारण अहिलेसम्म ३५ वर्षीय स्टार अर्जेन्टाइन स्ट्राइकर मेसीको भविष्य अन्योल रहेको बताइन्छ। सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनबाट फ्रि ट्रान्सफरमा मेसी आफ्ना मिल्ने साथी नेयमार रहेको क्लब पीएसजी पुगेका थिए। स्पोर्टस् पत्रकार रोमेरोले मेसीको बारेमा खुलाएका छन्, ‘आजसम्म मेसीको मनसाय पीएसजीसँगको सम्झौता लम्ब्याउने छैन। त्यसैले पेरिसमा रहेको टोलीसँग सम्झौता नवीकरण गर्ने छैनन्।’

वर्ल्डकप ट्रफी उचालेपछि फेरिएको मेसीको मानसिकता
कतार विश्वकप जितकै कारण मेसीको मानसकितामा परिवर्तन आएको दाबी गरिएको छ। पटक–पटकको प्रयासमा असफल भएर पेन्डिङ भएको उपाधी उचालेपछि मेसीको खेलकुदका लागि मात्रै आफ्नो करिअरमा ध्यान नदिएर त्योसँगै अन्य कुराहरु पनि जोडिएर आउने मार्काले उल्लेख गरेको छ। 

जसकारण मेसीले अन्य कारणहरुलाई पनि ध्यानमा राखेर नयाँ सम्झौता गर्ने बताइएको छ। विश्वकप ट्रफी उचालिसकेपछि फ्रान्स वा च्याम्पिन्स लिगमा अर्को उपाधी जित्दा समेत उनी त्यति धेरै उत्प्रेरित हुने छैनन्। किनकी मेसीले फुटबल जगतमा जित्न बाँकी अब कुनै उपाधी छैन। 

ट्रफीले घेरिएका मेसीका लागि विश्वकप उपाधी एउटा सपना थियो। त्यो पनि पूरा भएपछि अबका जित्ने ट्रफीहरु उनका लागि गौण हुन स्वाभाविक हो।

बार्सिलोना फिर्तीको सम्भावना
मेसीले विश्वकपको ट्रफी उचाल्नासाथ बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले ट्वीटरमा मेसीलाई धन्यवाद दिएका थिए। ‘बधाई छ लियो! यसका लागि तिमी योग्य थियौ। यो क्षणका लागि फुटबल ऋणी छ’, उनले लेखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसले लापोर्टा र मेसीबीचको सम्बन्ध सुमधुर रहेको देखाउँछ। जसकारण मेसी बार्सिलोना फर्कन सक्ने सम्भावना जीवितै रहेको बताइन्छ। बार्सिलोना क्लबले आफ्नो अफिसियल सामाजिक सञ्जालहरुबाट पनि मेसीलाई बधाई दिइरहेको थियो। 

लापोर्टा बार्सिलोनाका अध्यक्षमा निर्वाचित भएपछि मेसीलाई बार्सिलोनामै राख्नका लागि हर प्रयास गरेका थिए। बार्सिलोना छाड्नुपर्दा मेसी पनि भावुक भएका थिए। मेसीलाई पनि यो थाहा छ कि बार्सिलोनामा रहँदा उनले सबथोक क्लबबाट पाएका थिए भने उनले पनि क्लबका लागि सबैथोक दिएका थिए।

बार्सिलोनामा रहँदा ४ वटा च्याम्पियन्स लिग, १० ला लिगा, ७ कोपा डेल रे, ३ क्लब वर्ल्डकप, ३ युरोपियन्स सुपर कप र ८ स्पेनिस सुपर कपको उपाधी मेसीले जितेका थिए। मेसीकै सहकर्मी खेलाडी जाभी हर्नान्डेज अहिले बार्सिलोनाको मुख्य प्रशिक्षक छन्। जाभीसँग पनि मेसीको समधुर सम्बन्ध रहेको छ। 

यीनै कुरालाई आधार बनाउँदै रोमेरोले भनेका छन्, ‘बार्सिलोना मेसीलाई अनुबन्ध गर्ने मुख्य उम्मेदवार मानिन्छ। मेसीले अन्य कुराहरुको पनि अहिले मूल्यांकन गरिरहेका छन्। यसको अर्थ हो कि उनी आफ्नो पूर्वक्लब बार्सिलोना फर्कने र वा अन्यत्र कतै जाने।’

यद्यपि, बार्सिलोना फर्कनका लागि पूरा गर्नुपर्ने केही शर्तहरुमध्ये एक मेसीले क्याटलान पक्षको वर्तमान अवस्था र उनीहरुको तलबलाई अनकूल बनाउनका लागि आफ्नो तलबको ठूलो हिस्सा त्याग्नुपर्छ।

बार्सिलोना बाहेक इन्टर मियामीमा पनि जान सक्ने सम्भावना मार्काले उल्लेख गरेको छ। आफ्नो सुनौलो अवकाशका लागि मेसी मियामी पुग्नसक्ने आकलन पनि गरिएको छ।

डेभिड बेक्ह्यामको समेत लगानी रहेको मियामीले मेसीलाई अनुबन्ध गर्न चाहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। जुन कुरा बेक्ह्यामले समेत लुकाएका छैनन्। मेसीले समेत केही लगानी मियामी शहरमा गरेका छन्।  बेक्ह्यामको प्रस्ताव स्वीकारेको अवस्थामा उनलाई वार्षिक १४ मिलियन तिर्न मियामी तयार छ। मियामी मेसीका नजिकका साथी सर्जियो बुस्केट्स र लुईस स्वारेजसँग पनि जोडिएको छ। 

यो बाहेक अर्जेन्टिाकै क्लब न्युवेल वर्ल्ड ब्वाईज र साउदीको अल हिलाल क्लबले पनि मेसीलाई अनुबन्ध गर्न चाहिरहेका छन्। उता इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि मेसीलाई आँखा लगाउँदै आएको छ।

बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिवालाले सिटीको प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि नै सिटीले मेसीलाई आँखा लगाएको हो। सन् २०२१ मा बार्सिलोना छाडेका बेला पनि मेसीको अबको गन्तव्य सिटी रहेको भन्ने समाचार बाहिरिएका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्