• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

के बार्सिलोना फर्किँदैछन् मेसी?

64x64
नेपाल लाइभ बुधबार, चैत १५, २०७९  ०७:४८
1140x725

काठमाडौं– स्टार खेलाडी लियोनेल मेसी बार्सिलोना फर्किने अफवाह पछिल्ला हप्ताहरूमा यति तीव्र हुँदै गएका छन् कि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा आफैं र उनलाई पीएसजी जान दिने व्यक्तिले पनि अर्जेन्टिनाका स्टारलाई सम्पर्क गरेका छन्। ‘मेसीलाई थाहा छ कि बार्सिलोनाले उनका सधैं लागि ढोका खुल्ला राख्छ भनेर’ लापोर्टाले आश्वासन दिँदै भनेका छन्। 

यद्यपि, गत शनिबार ला–लिगाका अध्यक्ष जाभियर टेबासले स्पेनिस फुटबल पत्रिका मार्का स्पोर्ट वीकेन्ड २०२३ मा आफ्नो धारणा स्पष्ट पारेका छन्, ‘बार्सिलोना अहिले जुन आर्थिक अवस्थाबाट गुज्रिरहेको छ, मेसीले आफ्नो पारिश्रमिक  धेरै कम नगरेमा क्लबमा फर्कन सक्दैनन्।’ 

टेबासले भनेका छन्, ‘बार्सिलोना एउटा यस्तो क्लब हो जसले मेसीका लागि केही गर्न सक्छ। म व्यक्तिगत रुपमा उनी फिर्ता आएको हेर्न चाहन्छु। मेसीले बार्सिलोनामा आफ्नो करियर समाप्त गरुन् भन्ने कामना गर्दछु, तर यो हामीमा भर पर्दैन, हामी ला–लिगाको नियम परिवर्तन गर्ने पक्षमा छैनौं।’

तर, बार्सिलोनाले मेसीलाई ल्याउन चाहेको अवस्थामा विभिन्न विकल्पहरू भने खुला रहेको बताइएको छ। मेसीले बार्सिलोना आउनका लागि आफ्नो पारिश्रमिक घटनाउन सक्नेदेखि बार्सिलोनाले पनि आर्थिक पाटोलाई मध्यनजर गरेर विभिन्न विकल्पहरू प्रस्ताव गर्न सक्ने बताइएको छ। 

स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोनाले मेसीलाई भित्र्याउनका लागि धेरै पारिश्रमिकको प्रस्ताव नगर्ने र मेसीको बार्सिलोना फिर्तीबाट आउने आम्दानीको केही प्रतिशत र अन्य विभिन्न व्यावसायिक स्तरबाट आउने आम्दानी मेसीलाई उपलब्ध गराउने गरी ल्याउन सकिने उल्लेख गरिएको छ। 

यसरी मेसीलाई फिर्ता ल्याउने सपना पूरा गर्ने योजनाअनुसार बार्सिलोनाले काम गरिरहेको दाबी गर्दै मार्काले समाचार प्रकाशित गरेको छ। मेसी पनि आफ्नो घर बार्सिलोना फर्कन इच्छुक देखिएकाले उनी बार्सिलोना फर्कने सम्भावना अझै बढ्दै गएको दाबी गरिएको छ। 

विश्वकप फुटबलको ट्रफी उचालेपछि मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता थप गर्ने मनस्थिति बनाएका थिए। जारी सिजनको अन्त्य अर्थात् आगामी जुन ३० मा फ्रेन्च लिग वान क्लब पीएसजीसँगको सम्झौता सकिँदै गर्दा सम्झौता लम्ब्याउन चाहेको खबर विश्वकपको ट्रफी उचालेपछि बाहिरिएको थियो। 

तर, अहिले एकाएक परिस्थिति फरक बनेको छ। मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको खबर बाहिरिएका छन्। यसअघि पनि स्पेनको चर्चित स्पोर्टस् पत्रिका मार्कादेखि अन्य मिडियाहरूले मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याउन नचाहेको समाचार प्रकाशित गरेका थिए।

Ncell 2
Ncell 2

मार्काले चर्चित स्पोर्टस् पत्रकार जेरार्ड रोमेरोलाई उदृत गर्दै मेसीले पीएसजीसँग थप सम्झौता नगर्ने र बार्सिलोना फर्किन सक्नेबारे भन्दै समाचार सम्प्रेषण गरेको थियो।  

विश्वकप सकिएलगत्तै पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीले मेसीको निरन्तरताबारे छलफल गरेका थिए। पहिलो सिजन त्यति जम्न नसकेका मेसीले दोस्रो सिजन पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तर, च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित पीएसजी भित्रिएका मेसी दुई सिजनमै निराश भएका छन्। जारी सिजन जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोर्दै पीएसजी बाहिरिसकेको छ। जसकारण मेसी पीएसजीमै रहन सक्ने सम्भावना कम हुँदै गएको छ। 

जसकारण अहिलेसम्म ३५ वर्षीय स्टार अर्जेन्टाइन स्ट्राइकर मेसीको भविष्य अन्योल रहेको बताइन्छ। सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनबाट फ्रि ट्रान्सफरमा मेसी आफ्ना मिल्ने साथी नेयमार रहेको क्लब पीएसजी पुगेका थिए। 

मेसीले विश्वकपको ट्रफी उचाल्नासाथ बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले ट्विटरमा मेसीलाई धन्यवाद दिएका थिए। ‘बधाई छ लियो! यसका लागि तिमी योग्य थियौ। यो क्षणका लागि फुटबल ऋणी छ’, उनले लेखेका थिए।

यसले लापोर्टा र मेसीबीचको सम्बन्ध सुमधुर रहेको देखाउँछ। जसकारण मेसी बार्सिलोना फर्कन सक्ने सम्भावना झनै बढी रहेको दाबी गरिएको छ। त्यतिबेला बार्सिलोना क्लबले आफ्नो अफिसियल सामाजिक सञ्जालहरूबाट पनि मेसीलाई बधाई दिएको थियो। 

लापोर्टा बार्सिलोनाका अध्यक्षमा निर्वाचित भएपछि मेसीलाई बार्सिलोनामै राख्नका लागि हर प्रयास गरेका थिए। बार्सिलोना छाड्नुपर्दा मेसी पनि भावुक भएका थिए। मेसीलाई पनि यो थाहा छ कि बार्सिलोनामा रहँदा उनले सबथोक क्लबबाट पाएका थिए भने उनले पनि क्लबका लागि सबैथोक दिएका थिए।

बार्सिलोनामा रहँदा ४ वटा च्याम्पियन्स लिग, १० ला लिगा, ७ कोपा डेल रे, ३ क्लब वर्ल्डकप, ३ युरोपियन्स सुपर कप र ८ स्पेनिस सुपर कपको उपाधि मेसीले जितेका थिए। मेसीकै सहकर्मी खेलाडी जाभी हर्नान्डेज अहिले बार्सिलोनाको मुख्य प्रशिक्षक छन्। जाभीसँग पनि मेसीको समधुर सम्बन्ध रहेको छ। 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रूसी जनरलमाथि गोली प्रहार
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने शुक्रबार, माघ २३, २०८२
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल शुक्रबार, माघ २३, २०८२
निर्वाचन आयोगले भन्यो- निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन् शुक्रबार, माघ २३, २०८२
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्