• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘हल्कारा’ जन्माउने निर्देशक, चिठीयुग बाँच्ने अभिनेता

64x64
समर्पण श्री बुधबार, वैशाख २७, २०८०  १८:०५
1140x725

काठमाडौं– फिल्म ‘हल्कारा’का हुलाकी रामलाई पर्दामा देख्दा अभिनेता महेश त्रिपाठीका आँखा ओभाना रहेनन्। 

मुभी लभर्सले गत आइतबार आयोजना गरेको विशेष शो सकिनासाथ उनलाई दर्शकदीर्घामा बोलाइयो। हातमा माइक पर्नासाथ उनी केही भन्न चाहन्थे, तर गला अवरुद्ध भयो।

सुटिङ सकिएको पाँच वर्षपछि महेशले पहिलो पटक फिल्म सेन्सर बोर्डमा हेरे। त्यहाँको ‘झमेला’ले फिल्म हेर्नुको अनुभूति सँगाल्नै पाएनन्।

सिनेमाप्रेमीबीच बसेर हेर्दा त उनी फिल्मसँगै बगिरहे। ‘लिड क्यारेक्टरमा पहिलो पटक कसैले विश्वास गरेर दिएको फिल्म। अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ठूलो स्क्रिनमा हेरिरहँदा  म आफ्नै तरिकाले फ्लो भएँ,’ नेपाल लाइभको स्टुडियोमा महेशले अविष्मरणीय क्षण सम्झिए। 

उनले सम्झिरहँदा फिल्मका निर्देशक विक्रम सापकोटाले हाँस्दै भने, ‘दामोदर दाइ अलि भावुक रहेछन्।’ फिल्मको राम पात्रबाट एउटा परिस्थितिमा फुत्किएको डाइलग समातेर निर्देशकले हाँसोको माहोल भरिदिएका थिए। 

अब अभिनेता महेशको वर्षौंदेखिको प्रतीक्षालाई आगामी २९ वैशाखले पूर्णविराम लगाउनेछ।

यसैबीचमा फिल्मसँग जोडिएका जिज्ञासा बटुलेर पंक्तिकार निर्देशक र अभिनेतालाई प्रश्न तेर्स्याइरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

करिब २ दशकदेखि अमेरिकामा बस्दै आएका विक्रमले सन् २०१३ देखि स्क्रिप्ट लेख्न सुरु गरेका थिए। अमेरिकाले बेला बेलामा लडिरहेको युद्धबारे सोच्दा उनले गोरखाली सम्झन्थे। ‘नेपालमा अर्काको युद्ध लड्ने क्रममा लामो समयपछि चिठ्ठी आयो होला। त्यस्तो बेला हुलाकीको लापरबाहीले के हुन्थ्यो होला,’ उनले निकै समय मन्थन गरे।

त्यसपछि अमेरिका र नेपाल आवतजावत। नेपालका विभिन्न भूगोलमा गएर चिठीयुगको मनोविज्ञान र कथाबारे अध्ययन गरे।

पटकथा लेखक स्वयम् फिल्मको निर्देशक थिए। ‘लेखक विक्रम र निर्देशक विक्रमको अन्तरद्वन्द्वचाहिँ कतिको हुने रहेछ,’ उनलाई प्रश्न गरियो। 

‘स्क्रिनप्लेमा भाव लेखिएको हुन्छ। मिनिङ लेखिएको हुन्न। राइटरले लेखेको भावलाई पिक्चरमा उतार्नुपर्ने। सर्टहरू इनअफ लिइनँ भन्ने थियो,’ विक्रमले सुनाए। 

Xtrem

Xtrem

रोचक कुरा त लेखक र निर्देशक मात्र हैन। फिल्मको सम्पादक पनि विक्रम स्वयम् हुन्। ‘इडिटर विक्रम सापकोटालाई निर्देशक विक्रमले लैदिएको मेटेरियलले काम गर्न कतिको सहज बनायो?’ अन्तर्वार्ताकारको जिज्ञासा निर्देशकलाई बुझाउन अभिनेता महेश ‘हल्कारा’ बने। 

विक्रमले जिज्ञासाको जवाफ हाँस्दै दिए, ‘एक रद्दि पनि छैन। के खिचेर ल्याएको जस्तै भयो।’

थपे, ‘एउटा फिल्म तीन पटक बन्छ। लेख्ने बेला, प्रोडक्सनको बेला र पोस्ट प्रोडक्सनमा...। मेरो सबैभन्दा ठूलो द्वन्द्व नै एडिटिङ गर्न बस्दा हो।’

फिल्ममा लिड एक्टर महेश र विनिता थापामगरको कामको प्रशंसा विदेशी र स्वदेशी दर्शकले गरिरहेका छन्। राम र मियाँको अव्यक्त प्रेमको प्रसंगले कथालाई रोचक बनाएको छ। ‘महेश राम चरित्रका लागि कसरी छनोट भए त?’ जिज्ञासा थियो।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले महेश र विक्रमको बीचमा ‘हुलाकी’को काम गरेका रहेछन्। विक्रमले यसअघि ‘उम्दा’ कलाकारलाई पनि अडिसनमा नउभ्याएका हैनन्। तर ‘राम’को अभाव उनीहरूको अनुहारमा खड्कियो। 

‘सरकार राम भेटिएन। चित्तै बुझेन मलाई’ विक्रमले आरकेलाई सुनाए।

आरकेले तत्काल एक युवकको फोटो देखाए। विक्रमले हेरे, ‘अनुहार फोटोजेनिक छ।’

आरकेले मन चोर्न महेशलाई स्क्रिप्ट पठाइदिएछन्। २/४ लाइन पढेर स्क्रिप्ट पन्छाउने स्वभावका मशेलाई यो कथाले पनि तानिरह्यो। उनी बगिरहे। एक बसाइमै सकाए। मनमा लोभ पलायो, ‘यो क्यारेक्टर मैले गर्न पाए।’

आरकेमार्फत् अभिनेता र निर्देशकको भेट भयो। अडिसन भयो। दुवैले दुवैलाई विश्वास गरे। त्यसपछि सुरु भयो काम।

‘दुवै कलाकारको क्यामेरामा प्रिजेन्स यस्तो बबाल थियो कि एक समयपछि म बोल्नै छाडिदिएँ,’ विक्रम सुनाउँछन्।

हुलाकी रामले खैनी खान्छ। महेशले संवादको क्रममा खैनीले वर्षौं पारेको असरबारे सम्झिए। घाटीमा समस्या आयो। एन्जाइटी बढ्यो, खाना खानै नसक्ने भए। पानी खाँदा पनि अड्किने भयो। ‘बाँच्दिनँ कि,’ उनलाई डर लाग्यो।

‘विस्तारै सहज हुँदै गएपछि चाहिँ बाँच्छु कि जस्तो लाग्यो,’ उनी ढुक्क सुनिए।

तर यसको उपचार र फलोअप भने अझै जारी छ महेशको। यतिबेला उनी फिस्स हाँस्छन्। हाँस्दा महेशको भावले भनिरह्को थियो, ‘हल्कारा बन्न सजिलो कहाँ थियो र!’

यो पनि:

जब महेशले वर्षौंको निराशा ‘हल्कारा’मा बिसाए 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०५
  • #हल्कारा
  • #महेश त्रिपाठी
  • #विक्रम सापकोटा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्