• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जब महेशले वर्षौंको निराशा ‘हल्कारा’मा बिसाए

64x64
समर्पण श्री शनिबार, फागुन २७, २०७९  १०:११
1140x725

‘ममी, मैले उत्कृष्ट अभिनेताको अवार्ड जितेँ!’

महेश त्रिपाठीले यति भनेर आमाको प्रतिक्रिया कुरे। जवाफ आएन। सुँक्सुकाउँदै गरेको आवाज कानमा ठोकियो। बुझे– ‘खुसीले आमाको आँखा भरिएको छ।’

आमाले फोन बालाई दिइन्। ‘के भन्यौ, ममी त रुन थालिन्,’ उताबाट बाले भने। महेशले उही कुरा दोहोर्‍याए, ‘बुवा, मैले अन्तर्राष्ट्रिय अवार्ड जितेँ।’

अवार्ड जित्ने विश्वास उनलाई कहाँ थियो र! सुटिङ सकिएको ४ वर्ष बितिसक्दा पनि ‘हल्कारा’ प्रदर्शन नहुँदा महेश निराश थिए। एकदिन त्यो निराशा पुर्ने गरी एउटा खबर आयो। खबरसँगै विश्वका प्रतिष्ठित एक्टरसँग उनको फोटो जोडिएको थियो।

सपनाझैं लागेर उनले सहकर्मीलाई देखाए, ‘यो भ्रम पो हो कि?’ सहकर्मीले हेरेपछि खुसी हुँदै भने, ‘साँचो हो, तपाईंलाई बधाई छ।’ 'वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल'मा महेश उत्कृष्ट अभिनेताको मनोनयमा परेका थिए।

त्यसपछि मोबाइलमा फोन र मेसेजका घण्टी बज्न थाले। मूलधारका मिडियामा समाचार प्रकाशित भए। विश्वका ठूला ठूला अभिनेता र निर्देशकले अवार्ड जितेको फेस्टिभलमा नोमिनेट हुँदा नै खुसीको सीमा थिएन महेशमा। तर, जित्छु भन्ने आशा थिएन। 

अन्तिम परिणाममा उनले उत्कृष्ट अभिनेताकाे अवार्डनै जिते। निकै वर्षदेखि संघर्ष गरेको क्षेत्रप्रति पुनः सम्मान जाग्यो। महेशलाई विदेशी कलाकार तथा निर्देशकले फोन गरेर भन्न थाले, ‘तिम्रो फिल्म हेरेँ। कस्तो गज्जब!’ 

०००

Ncell 2
Ncell 2
nimb
nimb

‘नोभेम्बर रेन’मा काम गर्दा महेश रातभरि रोएका थिए। जीवनमा जोखिम मोलेर कलाकार बन्न हिँडेका युवा आफूले गरिरहेको अभिनयसँग सन्तुष्ट थिएनन्। ‘इन्जिनियरिङमा स्नातक सकेको थिएँ। घरको अवस्था कमजोर थियो। अब छोराले कमाउँछ भनेर बा आमाले आशा राख्ने बेला कलाकारिता रोजेँ,’ उनी सम्झन्छन्।

इन्जिनियरिङ पढ्दै गर्दा महेशले साइन्स एण्ड टेक्नोलोजी रिसर्च सेन्टर स्थापना गरेर रिसर्चका काम गर्थे। उनको ठूलो सपना थियो रिसर्चलाई लिएर। तर नेपालमा रिसर्च गर्ने वातावरण कहाँ थियो र! 

नेताहरू भेटे। एकदिन तत्कालीन राष्ट्रपति रामवरण यादवलाई भेटे। उनैले निराश भएर महेशलाई भने, ‘हाम्रोमा रिसर्च गर्ने वातावरण छैन।’ तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई भेट्न पटक पटक खोजे। तर त्यो कहिल्यै सम्भव भएन।

त्यसपछि उनले रिसर्चको यात्रालाई त्यहीँ बिसाए। रहरको नयाँ क्षेत्र रोजे– कलाकारिता।

Xtrem

Xtrem

बाले छोराको रहर मार्न चाहेनन्। महेशको निर्णयमा साथ दिए। त्यसपछि उनी काठमाडौंको ओस्कार इन्टरनेशनल कलेजमा फिल्म पढ्न थाले। त्यही क्रममा महेशले ‘नोभेम्बर रेन’मा काम गरेका थिए।

‘नोभेम्बर रेन’को सुटिङ सकिएको पर्सिपल्ट उनले काठमाडौंको डेरा छाडे। आफूसँग भएको ११ हजार भाडा बुझाएर सडकमा निस्किए। साथमा ज्याकेट, झोला र फाटेको जुत्ता मात्र थियो। महेशको बास कहिले कलेजभित्र बित्यो त कहिले पशुपतिमा।

भोको पेट र अनिँदो आँखा लिएर कयौँ पटक काठमाडौंका सडक वारपार गरे। ८ महिना बाहिर कटाएपछि एकदिन गुरु विनोद पौडेलले महेशको अवस्था थाहा पाएछन्। त्यतिबेला महेश कलेजमा ग्र्याजुएट भइसकेका थिए। गुरुले स्नेहका साथ प्रस्ताव गरे, ‘भोलिदेखि कलेज पढाउन आऊ।’

कलेजको कामले महेशको गुजारा त चल्न थाल्यो। तर आफूले चाहेजस्तो फिल्म?

अफर नआएका हैनन्। ‘नोभेम्बर रेन’ हिट भएपछि प्रस्तावका लहर लागे। ‘चलेका एक्टरसँग भन्दा बढी स्क्रिप्ट मकहाँ आउँथे। तर तीनले मोटिभेसन दिँदैन थिए,’ महेश सुनाउँछन्। 

पाँच सय भन्दा बढी सर्ट फिल्ममा काम गरिसकेका थिए महेशले। तर चाहेजस्तो फिचर्ड फिल्म गर्ने सपना कहिले पूरा हुन्थ्यो, थाहा थिएन। मानसिक रुपमा विक्षिप्त थिए। उनको अवस्था देखेर बा आमा चिन्तित थिए।

महेशसँगै हुर्किएका साथीहरू सेटल भइसकेका थिए। ठूला घर र महङ्गा गाडी चढेर हिँड्थे। महेश भने उही फाटेको चप्पल, झुस्स दाह्री र लामो कपाल लिएर निकै वर्ष भौंतारिइरहे। त्यो देखेर आफन्तहरू खिन्न मान्थे। अनि सहानुभूति दिन्थे। ‘म तपस्यामा थिएँ।  त्यसकारण आफन्तकहाँ कहिल्यै जान चाहिनँ,’ उनी सुनाउँछन्।

सन् २०१८ तिर, एकदिन फिल्म निर्माता रामकृष्ण पोखरेलसँग अनौपचारिक भेट भयो। भेटमा रामकृष्णले भने, ‘एउटा स्क्रिप्ट पठाएको छु। पढ है महेश।’

महेशले रामकृष्णले पठाएको स्क्रिप्ट पढ्न थाले। पढ्दै जाँदा उनी लोभिँदै गए। ‘मैले गर्न खोजेको काम यस्तो पो हो,’ मनले भन्यो। तत्काल उनले रामकृष्णलाई फोन गरेर भने, ‘दाइ यसमा म अडिसन दिन्छु।’

त्यसपछि महेशले अडिसन दिए। ‘छानिन्छु छानिन्न’, निश्चित थिएन। छुट्ने बेला निर्देशक विक्रम सापकोटाले भनेको कुराले उनी पुलकित बने। भनेका थिए, ‘महेश, तयारी गर। हामी सँगै काम गर्दैछौं!’

‘हल्कारा’मा आफू छानिएको निश्चित भएपछि उनले आमालाई फोन गरे, ‘ममी म फिल्म खेल्दैछु।’ खबर सुन्नेबित्तिकै आमाले खुसीको आँसु खसालिन्। 

‘हल्कारा’का लागि विक्रमले सुरुमा सिनियर एक्टरहरूलाई प्रस्ताव गरेका रहेछन्। अडिसनपछि लागेछ, ‘मलाई यस्तो काम चाहिएकै हैन।’ त्यसै क्रममा एकदिन महेशको एउटा प्रोजेक्ट पनि हेर्न भ्याएछन्। हेरेकै क्षण उनले निर्णय गरेछन्, ‘म यही एक्टरसँग काम गर्छु।’

०००

फिल्मको मुख्य पात्रको नाम थियो– ‘राम’। जो ‘अल्कोहलिक’ हुन्थ्यो। त्यो भूमिका निर्वाह गर्दै थिए महेश। ‘राम’मा रुपान्तरित हुन ठूलो चुनौती थियो। निर्देशकले बनाएको घेराभित्र उनले पात्रको तयारी गर्नुपर्थ्यो। ‘ऊ अल्कोहलिक छ। तर गाउँमा परिआएको जे काम गर्न पनि अभ्यस्त। त्यो पात्र को हुनसक्ला,’ निकै समय मन्थन गरे।

पात्रको बाहिरी आवरण हैन, मनस्थिति ल्याउनु थियो। उनले आफ्नै गाउँका मानिसहरू सम्झे। नजिकका आफन्तहरू सम्झे। त्यसपछि निर्देशकसँग अनुमति मागे, ‘म डेढ महिना गाउँ बसेर पात्रको तयारी गर्छु।’

पोखरास्थित आफ्नो घर पुगे महेश। संयोगवश धेरै वर्षदेखि हराएका उनका नजिकका नातेदार घरमा टुप्लुक्क आइपुगेछन्। ती उनै नातेदार थिए, जो महेशले पात्रको तयारी गर्दा सम्झेका थिए। ‘उहाँले नजानेको काम केही थिएन। एउटा घटनापछि पिउन थाल्नुभयो। त्यसपछि घरबाट हराउनुभयो। खोजी गर्दा पनि भेटिनुभएन,’ महेश सम्झन्छन्। 

अचानक भेटिएका ती नातेदार अब भने सुध्रने प्रक्रियामा थिए। पिउने रक्सीको मात्रा घटाउँदै लगेका थिए। ‘उहाँ खैनी खानुहुन्थ्यो। रक्सीको तलतल मेटाउन लत बसेको थियो। मेरो क्यारेक्टरको लागि पनि त्यो आवश्यक थियो। मैले उहाँसँग बसेर खैनी खान सिकेँ,’ महेश सुनाउँछन्।

उनी अब पात्रको जोनमा बसिसकेका थिए। कहिले कसैको खेत जोत्न हलो बोकेर हिँड्थे, कहिले घर छाउन। कहिले दाउरा बोक्न। लामो कपाल, झुस्स दाह्री र थोत्रो चप्पल पड्काउँदै हातमा खैनी च्यापेर हिँड्थे। 

गाउँलेहरू कानेखुसी गर्थे, ‘फिल्म खेल्न गएको केटो बिग्रिएर फर्केछ।’

मेलापाखामा उनी गफको विषय हुन्थे। ‘हिरो बन्छु भन्नेहरूले घरबारी सबै सिध्याउँछन् अरे,’ महेशकी आमा छोराको कुरा काटेको सुन्थिन्। बिझेको मनलाई दह्रो पारेर जवाफ फर्काउँथिन्, ‘तर मेरो छोराले सिध्याएको त छैन नि।’

हुन पनि फिल्म खेल्छु भनेर फोन गरेको छोरा अचानक घर फर्किएको छ। न राम्रोसँग कुरा गर्छ। विरक्तिएर मात्र हिँडेको छ। बा आमाले मनभित्र पीडा लुकाएरै बसे। तर महेशलाई कहिल्यै प्रश्न गरेर दुखाउन चाहेनन्। ‘म क्यारेक्टरको जोनमा थिएँ। त्यसकारण जुन मान्छे थिएँ, त्यो देखिएकै थिइनँ,’ उनी सुनाउँछन्। 

यो कुरा भाइ विवेक त्रिपाठी बाहेक कसैलाई थाहा थिएन।

०००

डेढ महिनापछि उनी क्यारेक्टर बाकेर काठमाडौं फर्किए।

‘राम’को मनस्थिति उनीसँग सुरक्षित बाँचेको थियो। लुक्समा बदलाब आएको थियो, बोलीमा गाउँले लवज मिसिएको थियो। महेशलाई देखेपछि ‘हल्कारा’ टिम उत्साहित भइहाल्यो। त्यही उत्साहका साथ उनीहरू शूटमा निस्किए।

पोखराको घाचोक लगायत विभिन्न ठाउँमा फिल्मको सुटिङ भयो। 

सुटिङका क्रममा सँगालेका मीठा अनुभूति छन् महेशसँग। सिनमा पात्रको खैनी खाने बानी हुन्थ्यो। हातमा रक्सीको बोतल। टिममा काम गर्नेहरूले चकित पर्दै सोध्थे, ‘रक्सी खाँदै पो हो?’ उनी हाँसेरै जवाफ दिन्थे, ‘अलि अलि। नखाइ त मेरो हातै काँप्छ।’

सुटिङका क्षण उनी सम्झिरहन्छन्। को–एक्टरले ‘राम’लाई थप्पड हान्ने एउटा सिन हुन्छ। ३० टेक खाँदा पनि ‘ओके’ हुँदैन। त्यतिबेला उनको गाला नमज्जासँग सुन्निएको थियो। 

‘हल्कारा’ प्रोजेक्टले उनलाई हरेक रात मीठो सन्तुष्टि दियो। डेढ महिना पात्रको जोनमा बसेका हरेक अनुभूतिरूले टेकलाई जबर्जस्त बनाए। निर्देशकसँगको सहकार्य कहिल्यै बिझाएन। ठाने, ‘मेहेनतको नाममा मैले पहरोमा टाउको हैन, घनै ठोकेको रहेछु।’

पात्रको तयारी गर्दा उनले ३ महिना लगातार खैनी खाएका थिए। त्यो ‘राम’ले खाने खैनी थियो। रामको जोनबाट उत्रनेबित्तिकै लत चटक्कै छाडे। तर, त्यसको प्रभाव महेशको नियमित जीवनमा पर्‍यो। घाँटीमा समस्या भएपछि ४ वर्षसम्म त भातको सट्टा जाउलो खानुपर्यो।

उपचारका लागि धेरै चिकित्सक कहाँ धाए। ‘घाँटी सुक्खा भएर खाना खाँदा नै अडिक्न्थ्यो। क्यान्सर हो कि भन्ने डर लाग्यो। तीन वर्ष रेगुलर चेकअप गरेँ,’ उनी सुनाउँछन्। 

अहिले त धेरै कम भएको छ। तैपनि कहीँकतै असर बाँकी छ। उनी प्रायः बाहिर खाना एक्लै बसेर खान्छन्। अड्कियो भने कसैले नदेखुन् भनेर।

०००

सुटिङस्थलबाट फर्कँदै गर्दा पासिङ सिनहरू राखिएका थिए। महेशको चाहना थ्यो, ‘त्योचाहिँ आफ्नै गाउँमा गरिदिए नि हुने!’

नभन्दै उनको चाहना बमोजिम नै भयो। सिन खिचेर महेश एक दिनका लागि आफ्नो घर गए। उनी घर पुग्दा ‘राम’कै कपडामा थिए। पुरानो बुट थियो खुट्टामा। ‘जुत्ता त फाटेको रैछ नि,’ घरमा प्रसंग निस्कियो।

त्यो बुट सात हजारमा किनिएको थियो। क्यारेक्टरका लागि नयाँ बुटलाई फटाउनुपर्‍यो। ‘४ वर्षसम्म फाटेको एउटै चप्पल लगाएर घर गएको थिएँ। ७ हजारको जुत्ता किनेर जानाजान फटाउनुपरेको समय पनि आयो। घरमा यसले सबैलाई भावुक बनायो,’ उनी सम्झिन्छन्।

सुटिङ सकिएर घर गएको दिन मात्र बा आमाले थाहा पाए, ‘डेढ महिना उनी आफ्नो साधनामा पो बसेका रहेछन्।’ पछि आमाले सुनाइन्, ‘त्यतिबेला तँ बिरामी भइस् भनेर हस्पिटल लानेसम्म सोचेका थियौँ।’

०००

‘हल्कारा’को प्रतीक्षा व्यग्र थियो महेशमा। तर निकै समय बित्दा पनि रिलिजको तरखर थिएन। त्यही क्रममा उनले ‘चपली हाइट ३’मा काम गरे। पछिल्लो फिल्मचाहिँ ‘हल्कारा’भन्दा अगाडि रिलिज भयो। दर्शक र समीक्षकबाट तारिफ बटुले। थप प्रोजेक्टका लागि सकारात्मक ऊर्जा पाए। 

‘हल्कारा’अघिको महेश थिए भने त ‘चपली हाइट–३’मा पनि काम नगर्न सक्थे। तर सुटिङबाट फर्किएपछि सोचे, ‘अब कामचाहिँ गर्छु। मैले सोचेजस्तो सिरियस यहाँको उद्योग(एकाध फिल्मबाहेक) छैन।’ 

तर फिल्म वृत्तमा अर्कै इम्प्रेसन परिसकेछ, ‘महेश जुन पनि फिल्म गर्दैनन्।’ त्यसकारण उनलाई प्रस्तावै आउन छाडिसकेछन्। आफ्नो ‘प्यासन’लाई व्यवसाय पनि त बनाउनु पर्‍यो! विनोद पौडेलकै आदेश मानेर उनले ‘चपली हाइट ३’मा काम गरे।

०००

केही समयअघि मात्र महेश ‘प्रसाद–२’को सुटिङबाट फर्किएका थिए। पटकथाको चाङबाट उनले दुई फिल्म छानेका रहेछन्। भन्दै थिए, ‘यीचाहिँ गर्नैपर्ने छन्।’

त्योभन्दाअघि उनको व्यस्तता ‘हल्कारा’मै रहने भयो। केही हप्ताअघिमात्र फिल्मको प्रदर्शन मिति तय भएको छ। आगामी वर्षको २९ वैशाखमा फिल्म रिलिज हुनेछ। महेश आशावादी छन्, ‘फिल्मले भरपूर दर्शक पाउनेछ।’ 

‘हल्कारा’ गाउँको कथा हो। हुलाकी समयको उतारर्द्धतिरको कथा। पटकथा, मेकिङ र कलाकारको जबर्जस्त अभिनयका कारण फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जितिसकेको छ। त्यसमाथि ख्यातिप्राप्त एक्टरहरूलाई उछिनेर महेश स्वयम्‌ले अवार्ड जितिसकेका छन्। दर्शकलाई हलसम्म डोहोर्‍याउने बलियो दृष्टान्त पनि हो यो।

झण्डै २ दशकअघि कक्षा ८ पढ्दै गर्दा उनले ‘रोबोर्ट’ बनाएका थिए। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मिडियामा छाएका थिए महेश। इनोभेसनको बाटोमा हिँडिरहेका उनी स्नातकपछि अचानक मोडिनुपरेको थियो। 

मोडिएको बाटो गलत थिएन भनेर प्रमाणित त गरिसकेका छन्। अब त्यसमै सिँगो यात्रा तय गर्न चाहन्छन्। एक्टरको साधनामा लागेपछि उनलाई लागेको छ, ‘सबैभन्दा गहिरो रिसर्च त यहाँ पो गर्नुपर्ने रैछ।’ 

सायद ‘हल्कारा’ त्याग, तपस्या र साधनाको महत्वपूर्ण प्राप्ति हुनसक्छ महेशका लागि। उनी चाहन्छन्, ‘त्यो प्राप्ति मेरो मात्र हैन। सिंगो फिल्म उद्योगकै भइदिओस्।’

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:११
  • #महेश त्रिपाठी
  • #हल्कारा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्