• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिटरब्याज पीडितका दुःख- साहुलाई बुझाउँदैमा सकियो परदेशको कमाइ, सकिएन ऋण

64x64
कल्पना घिमिरे मंगलबार, चैत २१, २०७९  २०:४५
1140x725

काठमाडौं- उदयपुर, त्रिवेणी नगरपालिकाका वीरेन्द्र बढाइ तीन वर्षअघि साहुसँग मासिक सयकडा पाँच रुपैयाँ ब्याज तिर्ने गरी ऋण लिएर साउदी अरब गए। उनले पाँच कठ्ठा जग्गा धितो राखेर डेढ लाख रुपैयाँ निकालेका थिए।

वीरेन्द्र साउदी गए। सुरुमा कमाइ पनि राम्रै थियो। मासिक ४० हजार कमाउँथे। तर गएको केही महिनापछि नै उनी बिरामी परे। अस्पतालमा चेकअप गराउँदा पेटमा क्यान्सर देखियो। डाक्टरले अपरेसन गर्नुपर्छ भने। तर अपरेसन गर्ने पैसा थिएन। उनले आफू काम गर्ने कम्पनीको मालिकलाई सुनाए। तर मालिकले बेवास्ता गरेपछि औषधि खाएरै काम गरिरहे। 

‘पेटमा क्यान्सर भएपछि आफैं उपचार गर्ने अवस्था थिएन। उहाँले काम गर्ने कम्पनीको मालिकले पनि केही हेरेन। त्यसपछि औषधि खाँदै उतै काम गरिरहनुभयो,’ मिटरब्याजी विरुद्धको आन्दोलनमा सहभागी हुन काठमाडौं आएकी वीरेन्द्रकी श्रीमती लालरेखाले भनिन्। 

श्रीमानले महिनामा ३० हजार रुपैयाँ घरमा पठाउँथे। त्यतिबेला लालरेखाले एक पटक श्रीमानले पठाएको ८२ हजार रुपैयाँ लगेर साहुलाई बुझाइन्। 

‘साहुले तिरेको पैसाको हिसाब राख्यो कि राखेन मलाई थाहा छैन। मलाई पढ्न आउँदैन,’ उनले भनिन्। 

अर्को पटक ७५ हजार रुपैयाँ बुझाइन्। त्यतिबेला साहुले ४ लाख रुपैयाँ बाँकी भएको हिसाब सुनाए। उनी अचम्मित भइन्।

336928850_619011523004091_2359109673486194875_n1680607087.jpg

‘त्यसपछि मैले श्रीमान बिरामी हुनुहुन्छ। त्यत्रो पैसा तिर्न सक्दिनँ भनें। साहुले अदालतमा मुद्दा हालिदिए,’ उनी सुनाउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यहीबेला श्रीमान् वीरेन्द्रलाई पनि काम गर्न नसक्ने भएको भनेर साहुले नेपाल पठाइदिए। अहिले उनका श्रीमान् थला परेका छन्।

‘सकुन्जेल काम लगाएर काम गर्न नसक्ने भएपछि मालिकले मेरा श्रीमानलाई नेपाल फर्कादियो। उहाँ अहिले उठेर केही गर्न सक्नुहुन्न। साहुले अदालतमा मुद्दा हालेको छ, जग्गा लिलामी गर्ने भनेर। मैले छोराछोरीलाई पढाउनु कि श्रीमानको उपचार गराउनू?,’ उनले भनिन्।

एक छोरीले कक्षा १२ मा पढ्दै गर्दा कलेजमा फी तिर्ने पैसा नभएर पढाइ छाडेको लालरेखाले सुनाइन्। अहिले उनका छोरा कक्षा ११ मा र सानी छोरी कक्षा ८ पढ्दैछन्। 

‘छोरी एजुकेसनमा अंग्रेजी विषय लिएर पढ्दै थिई। मैले उसको फी तिर्न नसकेर पढाइ छाडी। अब अरु छोराछोरीलाई पनि कसरी पढाउँ। साहुले जग्गा लिलामी गर्छु भनेको छ,’ उनले दुखेसो पोखिन्।

Xtrem

Xtrem

०००
नवलपरासी, बर्दघाट सुस्ताका शिवप्रताप सहानीको दु:ख पनि उस्तै छ। उनी कक्षा १० मा पढ्दै थिए। घरको आर्थिक अवस्था कमजोर थियो। त्यसपछि उनी पढाइ छाडेर गाउँमै ज्याला मजदुरी गर्न थाले। केही समयमा विवाह गरे। तीन सन्तान जन्मिए। ज्याला मजदुरी गरेको कमाइले परिवारमा खान-लाउन त पुगेकै थियो। तर छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्था थिएन। त्यसपछि उनले वैदेशिक रोजगारीमा जाने सोच बनाए।

‘विदेश जाने रकम पनि थिएन। साहुसँग ९५ हजार रुपैयाँ ऋण लिएर भएको ३ धुर जग्गा दृष्टिबन्धक राखी जगदीश बानियाँको नाममा छिनुवा पास गरिदिएँ। त्यसपछि साउदी गएँ,’ उनी सुनाउँछन्।

९५ हजार रुपैयाँको सयकडा ५ रुपैयाँ ब्याज मासिक रुपमा तिर्ने गरी उनले मुल सडकको छेउमा भएको ३ धुर जग्गा दृष्टिबन्धक राखेर ऋण लिएर साउदी गए। साउदीमा उनले सामान लोडअनलोड गर्ने मेसिन (क्रेन) चलाउँथे। मासिक कमाइ नेपाली ३० हजार रुपैयाँ कमाउँथे। त्यो कमाइबाट उनले महिनामा २५ हजार रुपैयाँ कहिले २० हजार रुपैयाँ घरमा पठाउने गर्थे।
उनले दुई वर्षपछि साहु जगदीशलाई ९५ हजार रुपैयाँ बुझाए। 

336916824_215944461036787_3620946823851032687_n1680607088.jpg

‘साहुले सावाँ–ब्याज जोडेर ६ लाख पुगेको बताए। त्यसपछि कहिले ५० हजार त कहिले ६० हजार तिर्दै चार वर्ष भित्रमा ४ लाख ७० हजार रुपैयाँ बुझाएँ। साउदीबाट नेपाल आउँदा खाली हात फर्किएँ। न कमाइ गरेर बचाउन सकियो। न साहुको ऋण तिर्न नै,’ उनले भने।

४ वर्षपछि साउदीबाट नेपाल फर्किए। त्यसपछि उनले साहुलाई आफ्नो जग्गा फिर्ता गर्न भने तर साहुले अझै डेढ लाख रुपैयाँ बाँकी रहेको र त्यति बुझाएपछि जग्गा फिर्ता गरिदिने भने। ‘जगदीश साहुले गाउँका थुप्रै ऋणीहरुसँग जग्गा फिर्ता गरिदिने भनेर थुप्रै रकम माग्ने तर जग्गा फिर्ता नगर्ने गरिरहेको रहेछ। त्यसपछि डेढ लाख रुपैयाँ बुझाइँन। साहुले पनि जग्गा फिर्ता गरेन। त्यहीँ मेरो घर छ। त्यति जग्गा भएको पनि साहुको नाममा छ,’ उनले भने।

त्यसपछि उनले त्यही घरमा सानो पान पसल खोले। त्यहीबाट थोरै भए पनि कमाइ हुन थाल्यो। त्यही कमाएको पैसाले उनले एउटा भैँसी किनेको छन्। त्यो भैँसीको दूधबाट अहिले थोरै राहत मिलेको बताउँछन्। 

‘पान पसलबाट महिनामा सात आठ हजार कमाइ हुन्छ। अब साहुको अरु ऋण तिर्न भैँसी बेचेर छोरालाई विदेश पठाउन खोज्दैछु,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्