• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुकुम्बासी बस्ती प्रकरण :

आक्रमणमा उत्रिएका दुई जनालाई ४ वर्षको कैद माग गर्दै मुद्दा दायर 

उपचार खर्चवापत ४ लाख मागदाबी
64x64
नारायण अधिकारी मंगलबार, चैत १४, २०७९  १७:१८
1140x725

काठमाडौं– सुकुम्बासी बस्ती हटाउने क्रममा आक्रमणमा उत्रिएकामध्ये दुई जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आपराधिक उपद्रोको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ। काठमाडौं महानगरले जिल्ला प्रहरी परिसर काठमाडौंमा आक्रमणमा उत्रिएकाहरूविरुद्ध उजुरी दिएको थियो। तीमध्ये काठमाडौं महानगरपालिका–३१, का ५८ वर्षीय नारायण परिश्रमी भनिने नारायण परियार र काठमाडौं–१० शंखमुलका ६७ वर्षीय हुकुमबहादुर तामाङ लामालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

अवैध सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर लगाउँदा खुडा, खुकुरीलगायत हतियारसहित आक्रमणमा उत्रिएको र उनीहरूको आक्रमण प्रहरी समेत घाइते भएकाले तत्काल पक्राउ गरेर कारबाही गर्न भन्दै महानगरले प्रहरीमा उजुरी दिएको थियो। 

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको, नगर प्रहरी राजुपाण्डेसहित १८ जनालाई हतियारले आक्रमण गरेर घाइते बनाएको उल्लेख गरिएको थियो। 

आक्रमण गर्नेमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग गरिएको थियो। तर, सरकारी वकिल कार्यालयले भने मुलुकी फौजदारी संहिताको दफा २८५ अन्तर्गतको आपराधिक उपद्रोसम्बन्धी कसुरमा मुद्दा दताए गरेको हो। उक्त कसुरमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने भएकाले सोही अनुसार कारबाहीको माग गरिएको छ। 

त्यसैगरी, उपचार खर्चवापतको रकम पनि पक्राउ परेकाहरूबाट असुलउपर गरिनु पर्ने माग गरिएको छ। पक्राउ परेकासहितका व्यक्तिहरूले आक्रमण गर्दा काठमाडौं महानगरपालिकाको डोजरमा क्षति भएको र मर्मतका लागि ६३ हजार ४८३ रुपैयाँ लागेको, विभिन्न घाइतेहरूको उपचारमा ३ लाख १० हजार ७६९ रुपैयाँ लागेको, काठमाडौं महानगरमा कार्यरत प्रहरी जवान बिष्ना ढुंगानाको उपचारमा २९ हजार ८३० रुपैयाँ लागेको बिल समेत पेस भएकाले कुल रकम ४ लाख ४ हजार ४५ रुपैयाँ पक्राउ परेकाले उपलब्ध गराउनुपर्ने दाबी गरिएको छ। 

पक्राउ परेका दुई जनाविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासमा मंगलबार बयान भइरहेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि पुर्पक्षमा थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका अनधिकृत सुकुम्बासी बस्ती हटाउन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको पत्राचारपछि महानगरपालिकाको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बस्ती हटाउने समय समेत दिँदा समेत नहटाएपछि गत मंसिर १२ गते महनगरपालिका प्रहरी टोलीसहित  थापाथलीस्थित सकुम्बासी बस्ती पुगेको थियो। सो क्रममा खुकुरीसहित घरेलु हतियार लिएर आक्रमणमा उत्रिएका थिए।

आक्रमणबाट प्रहरी समेत घाइते भएका थिए। उनीहरूले ज्यान लिनेसम्मको अभिव्यक्ति समेत सार्वजनिक रुपमा दिएका थिए। हतियारसहित आक्रमणमा उत्रनेहरूको भिडियो, फोटोसहितको पेन ड्राइभ महानगरले प्रहरीलाई बुझाएको थियो। सोही अनुसार परिश्रमी र लामालाई पक्राउ गरेर मुद्दा चलाइएको हो। यो प्रकरणमा अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको नाममा पक्राउ पूर्जी जारी गर्न समेत माग गरिएको छ।

यता यो प्रकरणमा पक्राउ परेका व्यक्ति परिश्रमी नेकपा एमालेको सुकुम्बासी संगठनको संस्थापक महासचिव समेत रहेको खुलेको छ। परिश्रमीले भने आफूले कुनै आक्रमण नै नगरेको भन्दै इन्कारी बयान दिएका छन्। सुकुम्बासी बस्तीमा भीमबहादुर राई र भक्तबहादुर पहेलीको निधन भएकाले कोरा बसेका मान्छेलाई भेट्न गएको र त्यतिबेला सुकुम्बासी र महानगरको टोलीबीच झडप भएकाले आफूले छुट्याउन खोजेको उनको दाबी छ। 

अर्का प्रतिवादी लामाले पनि आफू सुकुम्बासी मोर्चामा आबद्ध भएकाले बस्ती खाली नगराउन भन्नका लागि थापाथली पुगेको दाबी गर्दै कसैमाथि कुटपिट नगरेको दाबी गरेका छन्।

Xtrem

Xtrem

मार्ने थिए, भागेर ज्यान जोगाएँ : प्रहरी जवान शर्मिला बोगटी
बस्ती हटाउने क्रममा म भाग्ने ठाउँ समेत नपाई नजिकै रहेको पर्खालको आडमा गई आफ्नो ज्यान जोगाउन भनि लुकेको थिएँ। तर, सोही ठाउँमा भेला भएका मैले नचिनेका व्यक्तिहरूले मलाई पर्खालको आडमा भित्तामा लडाई भाटाले पटक–पटक मेरो शरीरमा प्रहार गरे। मैले नचिनेको महिला तथा कोट लगाएको, गलामा मखलर बाँधेको बुढो बुढो पुरुष व्यक्तिले समेत भूँइमा भएको ढुङ्गा टिपेर यसलाई आगो लगाएर जलाउनु पर्छ, मार्नु पर्छ भभ्दै प्रहार गरे। 
म त्यहाँबाट जेनतेन उठी आफ्नो ज्यान जोगाउन भनेर केही पर रहेको थापाथली पुलतिर भाग्दै गर्दा पुन: ३/४ जना अपरिचित व्यक्तिहरू हातमा तरबार तथा खुकुरी समेत लिई मलाई मार्ने भनी लखेट्दै आए। म ज्यान जोगाउन भनि सोही ठाउँमा रहेको एउटा घरभित्र छिरेको थिएँ। घरमा समेत तरबार र खुकुरी लिई आएका व्यक्तिहरूले मलाई मार्न लागेको कारण म उनीहरूको पञ्जाबाट फुत्किई भाग्दै नजिकै रहेको पुलमा पुगेको थिएँ। त्यस ठाउँमा अन्य सर्वसाधारण मानिसहरू समेत भएको कारण उनीहरूले मलाई पिछा गर्न छोडेकाले म बाँचेको हुँ।
म भागेर पुलमा नपुगेको भए उनीहरूले मलाई आगो लगाई जलाउने थिए वा धारिलो हतियारले प्रहार गरी मार्ने थिए। मेरो ज्यान मार्ने मनसाय लिई इट्टा तथा ढुङ्गा र धारिलो हतियारले प्रहार गर्ने व्यक्तिहरू को को हुन् भन्ने यकिन गर्न मैले नसकेता पनि विभिन्न सञ्चार माध्यमहरूले लिएको फोटो तथा भिडियोहरूबाट मलाई पर्खालको छेउमा ज्यान मार्ने मनसाय लिई कुटपिट गर्ने र आगोमा जलाई मार्नु पर्छ भन्ने व्यक्ति नारायण परिश्रमी र हुकुमबहादुर लामा समेतको नेतृत्वमा रहेका व्यक्तिहरू हुन्। 
उनीहरूको कुटाईबाट मेरो शरीरको टाउको, ढाड र खुट्टामा समेत गहिरो चोट लागेको हुँदा मलाई मेरा साथीहरूले तत्काल उपचारको लागि नर्भिक अस्पताल लगी उपचार गराएका थिए।

[प्रहरी जवान शर्मिला बोगटीले दिएको बयान]


सम्बन्धित समाचार :
सुकुम्बासी बस्ती प्रकरण : आक्रमणमा उत्रने चार जनालाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार
किन पटक–पटक तारो बन्छ सुकुम्बासी बस्ती ?
सुकुम्बासीको आवाज– सरकारले वास्तविक र नक्कली सुकुम्बासी छुट्याओस्
थापाथलीको सुकुम्बासी बस्तीमा पाइन्छ कोठा भाडामा!
सुकुम्बासी बस्ती हटाउने महानगरको कार्यमा भूमि आयोगले रोक लगायो

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्