• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन पटक–पटक तारो बन्छ सुकुम्बासी बस्ती ?

64x64
सुरेन्द्र बजगाईं बुधबार, मंसिर १४, २०७९  १२:२५
1140x725

काठमाडौं- थापाथलीको प्रहरी चौकी नजिकै टहरा बनाएर बसेको छ, रमेश यादवको परिवार। आमा-बुबा, श्रीमती, अपांगता भएका दाजु, भाउजु र छोराछोरी गरी १० जनाको परिवार एउटै टहरामा अटाएको छ। 

केही दिन यता भने यादव परिवार ठूलो विपत्तिमा परेको छ। महानगरले टहरा भत्काउन डोजर पठाएपछि रमेशलाई सुत्केरी श्रीमतीसहित यति ठूलो परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले सताएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले रमेशलाई उक्त स्थान १० दिन भित्र खाली गर्न निर्देशन दियो। निर्वाचन हुने दिन अर्थात् मंसिर ४ गते सुकुम्बासी बस्ती खाली गर्न समितिले सूचना जारी गरेको थियो। १७ वर्षदेखि बसोबास गर्दै आएको ठाउँबाट उठिबास लाग्ने चिन्ताले सताएको रमेश बताउँछन्।

मंगलबार सुकुम्बासी बस्तीमा पुग्दा रमेशकी श्रीमती १० दिनको बच्चा काखमा च्यापेर घर बाहिर राखिएको झिटी गुन्टामाथि टुसुक्क बसेकी थिएन। उनको छेउमा अरु २ बच्चा खेल्दै थिए। 

‘१७ वर्षअघि बाढीले रौतहटको घर-खेत बगाएपछि सुकुम्बासी भयौं। अहिले यहाँ पनि छोडेर जा भन्छन्। महानगर त हाम्रो घर भत्काउन डोजर नै लिएर आएको छ। अब हामी कहाँ जाने,’ रमेशले दुखेसो गरे।

317255115_456402583330914_1436245208835191560_n1669787318.jpg

उनी केही वर्षदेखि साइकलमा राखेर चिज बल, कुरमुरे लगायतका जंक फुड पसल–पसलमा पुर्याउने काम गर्दै आएका छन्। तर अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति र महानगरले घर भत्काउने सूचना जारी गरेपछि उनी काममा बिदा मागेर घरको पहरा दिँदै छन्। 

१० दिनकी सुत्केरी समेत राति महानगरले आफ्नो बस्ती सखाप पार्ला भनेर जागराम बसेकी छिन्। उनीहरूलाई बाबुराम प्रधानमन्त्री भएको बेलामा राति नै डोजर चलाएर बस्ती खाली गराएको अहिले पनि ताजै छ। त्यही कारण घरको सबै सामान बाहिर निकालेर बस्न बाध्य भएको रमेशको भनाइ छ।  

nimb
nimb
Ncell 2
Ncell 2

त्यति बेला उनीहरूको घर खोलाको नजिकै थियो। डोजरले घर भत्काएपछि केही पछि हटेर घर बनाएका थिए। ‘त्यति बेला त अश्रु ग्यास फालेर एउटा पनि सामान निकाल्न पाइएन। त्यही भएर अहिले घरको सबै सामान बाहिर राखेर कुरेर बस्न बाध्य भएका हौं,’ काखमा बच्चा च्यापेर बसेकी रमेशकी श्रीमतीले भनिन्, ‘यो बच्चा बोकेर हामी कता जाने ? जाने ठाउँ त सरकारले देखाउनु पर्यो नि।’

त्यहाँ भएका धेरैजसो सुकुबासीको माग जहाँ बसेको छ, त्यहींको लालपुर्जा दिनुपर्छ भन्ने छ। केहीले भने आफूहरुलाई अन्यत्र नै व्यवस्था गरे पनि जान तयार भएको बताएका छन्। 

‘सरकारले जहाँ व्यवस्था गरे पनि हामी सर्न तयार छौं। तर हामीलाई पायक पर्ने स्थानमा भए राम्रो हुन्थ्यो,’ रमेशले भने, ‘धेरै टाढा लगेर राख्यो भने त काम गरेर खानै समस्या हुन्छ।’

समितिले बस्ती खाली गर्न भने पनि कता जाने निधो नदिएकाले आफूहरू आक्रोशित भएको उनी बताउँछन्।

316958005_1614620298957540_4188886072652049449_n1669787318.png

०००
प्रहरी चौकीभन्दा केही माथि छ, बिनु आले मगरको टहरा। सारा सुकुम्बासी बस्ती आन्दोलित हुँदा उनी भने शान्त छन्। मगर यसअघिका सुकुम्बासी आन्दोलनको अग्र भागमा नै हुन्थे। आफैंले बसाएको बस्तीको माग लिएर सांसद् र मन्त्रीसम्म पुगे। तर बस्तीका मान्छेले गलत काम गरेको भन्दै उनी पछि हटे र बस्तीको नेतृत्व अरूले नै लियो। 

‘बाबुराम भट्टराईले बस्ती हटाउनु पहिलेदेखि नै यहाँका टहरा सुकुम्बासीभन्दा अरूलाई नै बेचबिखन सुरु भएको थियो। त्यही भएर नै बाबुरामले ड्याङड्याङ डोजर लगाएको हो,’ मगरले नेपाल लाइभसँग भने, ‘त्यो बेला नै यहाँ एउटा टहरा १० हजार देखि ५ लाखसम्ममा बिक्री गर्ने गरेका थिए।’

त्यो प्रलोभन मगरलाई नै पनि आएको थियो। उनले अरूले भन्दा धेरै जग्गा भोगचलन गर्दै आएकाले १५ लाखसम्म दिने प्रलोभन देखाएका थिए। तर आफूले उक्त ठाउँ छोड्न नमानेको उनी सुनाउँछन्। 

‘त्यो १५ लाखले त मेरो १५ महिना पनि नचल्न सक्थ्यो। त्यही भएर मैले यो ठाउँ छोडिनँ। अहिले म बसेको नै १७ वर्ष भयो,’ उनले भने, ‘११ नम्बर वडाका वडा अध्यक्ष हिरालाल तन्डुकार पनि यहाँ आएका थिए। उनले हामीलाई खोला छेउमा भएका केही घरहरू पछाडि सार्ने हो भने बस्ती नै सार्नु नपर्ने बताएका थिए।’

मगर सुरुमा उक्त बस्तीमा सुकुम्बासी मात्रै बस्ने गरेको भए पनि पछिल्लो समय अन्य मानिसहरू समेत आएर बसोबास गरेको स्वीकार गर्छन्। केही मान्छे पैसाको लोभमा उक्त बस्तीमा छिरेकाले बस्ती नै बदनाम भएको उनको गुनासो छ।

‘वडाले २२ फिट पछाडि सर्नु भनेको हो। पहिले नै सरेको भए यस्तो हुने थिएन। अब बस्ती नै हटाउनु पर्ने अवस्था आयो,’ चुनाव अगाडि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दिएको आश्वासन सुनाउँदै उनी थप्छन्, ‘चुनाव अगाडि प्रकाशमान सिंह यहाँ आएका थिए। उनले काम गर्ने ठाउँमा चाहिँ छोडिदिनुपर्छ भनेका थिए। यहाँका मानिसको केही व्यवस्थापन नहुँदासम्म उठाउँदैनन् भनेका थिए। यहाँका मानिस केही पछाडि सरेर घर बनाएको भए अहिलेको दुर्दशा भोग्नु पर्दैनथ्यो कि।’

महानगर भन्छ- बस्ती हटाउने हाम्रो मात्रै योजना हैन, गृहमन्त्री सम्पर्कविहीन हुनुभयो
यतिबेला थापाथलीमा रहेका सुकुम्बासी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति निकै आक्रोशित भएका छन्। उनीहरूले बस्ती छिर्ने बाटोमा कफिनमा बालेनको ब्ल्याक एण्ड ह्वाइट फोटो उल्टो बनाएर जुत्ताको माला लगाएर सांकेतिक विरोध जनाएका छन्। 

317362761_862780348235365_1598463157765509189_n1669787320.jpg

सयौँको संख्यामा नगर प्रहरी र प्रहरीको टोलीसहित आएको डोजरको प्रतिकार गरेका छन्। केही मानिसले मेयर बालेनको ज्यान जोखिममा भएकोसम्म अभिव्यक्ति दिएका छन्। 

‘१५ दिन पहिले अधिकारसम्पन्न बागमतीले सूचना जारी गरेर हटाउन भनेको हो। उसले हामीसँग त्यहाँको बस्ती हटाउन सहयोग मागेको हो,’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘महानगरको भन्दा पनि मुख्य भूमिका त उनीहरूको नै हो।’

सोमबार मेयर बालेन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास पनि पुगेका थिए। ती सचिवालय सदस्यका अनुसार केन्द्र सरकारले के कसरी सहयोग गर्न सकिन्छ भनेर बालेनले देउवालाई भेटेका हुन्। 

हामीले मात्रै बस्ती खाली गर्न सम्भव छैन। मन्त्रालयहरूले पनि बस्ती खाली गर्नको लागि पहल कदमी गर्नुपर्यो भनेर बालेनले प्रधानमन्त्रीलाई भनेका थिए। तर गृह मन्त्रालयले भने महानगर र अधिकारसम्पन्न बागमतीलाई सहयोग नगरेको आरोप ती सदस्यले लगाएका छन्। 

‘सुरक्षाको लागि गृह मन्त्रालयले सहयोग गर्नुपर्ने हो। तर गृहमन्त्री सम्पर्कविहीन हुनुभएको छ’ ती सचिवालय सदस्यले भने।

किन पटकपटक तारो बन्छ सुकुम्बासी बस्ती
झन्डै तीन दशकअघि अधिकार सम्पन्न बागमती सभ्यता समिति गठन भएको थियो। उक्त समितिको उद्देश्य बागमती किनारा भएको अव्यवस्थित बसोबास हटाएर बाटो र पार्क बनाउने हो। उक्त समितिले आफ्नो काम सम्पन्न गरेपछि सबै कुरा स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्छ।

काम गर्दै जाँदा अवरोध हटाउने जिम्मा भने स्थानीय तहको नै भएको बागमती सभ्यता विकास समितिका सदस्य तथा व्यवस्थापन समितिका संयोजक वीरेन्द्र थपलियाको भनाइ छ। 

‘अहिले त्यो बस्ती हटाएर बाटो र पार्क बनाउने काम अगाडि बढाउन खोजिएको हो। बागमती सभ्यताले आफूले काम गर्न चाहेको तर बस्ती हटाउन स्थानीय तहको सहयोग मागेको थियो,’ थपलियाले भने, ‘त्यही भएर नै महानर सहयोग गर्न गएको हो।’

सुकुम्बासीलाई स्थानान्तरण गर्नको लागि इचङ्गु नारायणमा ३ वटा अपार्टमेन्ट छ। तर सुकुम्बासीहरू उक्त स्थानमा जानको लागि आनाकानी गरिरहेका छन्। उनीहरूले आफू बसेकै स्थानको लालपुर्जा मागेकाले यो समस्या देखिएको थपलियाको भनाइ छ।

भूमि आयोगले पनि खोला किनारा, मठमन्दिर लगायतका सार्वजनिक स्थानमा बस्ती बसाल्न नहुने जनाएको छ। तर सो बस्ती खोला किनारमा भएकाले त्यहाँको लालपुर्जा दिन नमिलेको उनी बताउँछन्।

‘हामीलाई सबै कुरा यहीं ठिक छ भनेर उनीहरूले हठ गरिरहेका छन्। त्यही भएर व्यवस्थापन ठूलो समस्या जस्तो भएको छ,’ उनले भने, ‘उपत्यकाको सुकुम्बासी व्यवस्थापनको लागि थापाथलीबाट नै सुरु गर्ने भनिएको हो। तर त्यो हटाउन नै हाउगुजी भएको छ।’

सुकुम्बासीको नाममा राजनीति 
थापाथलीमा भएको सुकुम्बासी बस्ती हटाउने क्रममा राजनीतिक चलखेल भएको विभिन्न घटनाहरूले देखाएका छन्। संघीय चुनावभन्दा पहिले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतका नेता उक्त बस्तीमा पुगेका थिए। उनीहरुले बस्ती नहट्ने आश्वासन दिएका थिए। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासीलाई शत्रु घोषणा गरेको टिप्पणी गरेका छन्। उनले आफू नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्ने तयारी गरिरहेकोमा हट्नु परेकोले यो समस्याको निदान हुन नसकेको पनि टिप्पणी गरे।

‘सुकुम्बासी हाम्रा दाजुभाइ-दिदीबहिनी हुन्। अलि गरिब भए, त्यस कारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नु पर्ने, मार्नु पर्ने भन्ने हैन। पराजित गर्नु पर्ने हैन। समस्याको समाधान गर्नुपर्छ,’ ओलीले भने, ‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकार फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने। त्यो आयोग कहाँ गयो?’

ओलीको अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै मेयर बालेनले आफू विरुद्ध सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्न भनेका छन्। बालेनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको आरोप लगाएका छन्। 

बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको समेत जनाएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश... शनिबार, साउन ३०, २०८३
थानाभञ्ज्याङ बस र भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ जना घाइते जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको... शनिबार, साउन ३०, २०८३
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’लाई सम्बोधन गर्दै अध्यक्ष शर्... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दुर्गा प्रसाईको घरमा पुग्यो प्रहरी शनिबार, साउन ३०, २०८३
शशांक भन्छन्: नयाँ पार्टी खोल्ने पक्षमा छैन, देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुन्छ शनिबार, साउन ३०, २०८३
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्