• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

थापाथलीको सुकुम्बासी बस्तीमा पाइन्छ कोठा भाडामा!

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर १३, २०७९  २१:५८
1140x725

काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्ती मंगलबार पनि  उस्तै तनावग्रस्त बनेको रह्यो। घरभित्रका सामान बाहिर थुपारेर बसेकका उनीहरुले सोमबारको रात बाहिरै काटे। मंगलबार त्यहाँ पुग्दा कोही सुतिरहेकै थिए। 

बस्ती वरपर साना केटाकेटीहरु खेलिरहेका थिए। घर भत्किने पिरलो अभिभावकलाई थियो तर ती बच्चाहरु विद्यालय जान नपर्दा निकै खुसी थिए। उनीहरुमध्ये एकले भने, ‘आज हाम्रो इच्छा दिवस हो, त्यही भएर आज विद्यालय नगएको।’

यूएस प्रजा नामका बालकले भने आफूलाई ल्याउने र पुर्याउने मान्छै नहुँदा स्कुल नगएको बताए। उनीसँग खेलिरहेका कक्षा ४ पढ्ने आयुष मगर पनि बस्तीक तनाबले स्कुल नगइ बसे। विद्यालय जान नपर्दा खुशी भएका उनले त्यहाँ भत्काएर ठूलो घरमा सार्ने सुनेका रहेछन्। भन्दै थिए, ‘ठूलो घरमा गएर बस्न पाइन्छ यो भत्काए त राम्रो हुन्थ्यो। बरु कतिबेला भत्काउँछ होला?’ 

उनीसँगै खेलिरहेका अर्का अर्का बच्चाले थपे, ‘यसको त बाबाको ठूलो रेस्टुरेन्ट पनि छ। अनि घर पनि छ।’

४ कक्षामा अध्ययनरत रञ्जिता लामाले साथीहरु नगएकाले आफू पनि विद्यालय नगएको बताइन्। उनी भने घर भत्काउने कुरामा डर नभएको बताइन्। उनी खुसी थिइन्। ‘हाम्रो अर्को घर छँदैछ नि त्यहाँ जाने हो,’ उनले भनिन्। घर कुन ठाउँमा छ भन्ने चाहिँ आफूलाईं थाहा नभएको बताइन्।

त्यस्तै रोसन मगर पनि घर भत्किने डरले विद्यालय नगई बसेका रहेछन्। उनलाई पीर थियो, ‘विद्यालय गएको बेलामा घर खलाँस भा’को रछ र मेरो बाबाममी नै भएनन् भने के गर्ने नि!’

Ncell 2
Ncell 2
nimb
nimb

खुला आकाशमुनि रोहन परिवार नामका बालक ओछ्यानमा बसेर एक्लै खेलिरहेका थिए। आफूलाई डर लागेको भएर अन्त नगई ओछ्यानमा खेलेको उनले बताए। ‘ममीहरु बाहिर जुलुसमा जानु भा’छ। मलाई त लास्टै डर लागेको छ। त्यही भएर यहीँ खेलेर बसेको’, उनले भने। 

उमेरले ९ वर्षका उनी गुहेश्वरी माविमा २ कक्षामा अध्यनरत रहेछन्। आज विद्यालयले नै नआउ भनेपछि उनी घर बसेर खेलिरहेका थिए। 

गुहेश्वरी माविमै ९ कक्षामा अध्ययनरत दीक्षा वागदास पनि आज विद्यालय नगई बसेकी रहिछन्। कुनबैला घर भत्काउने हो। घर भत्कियो भने कहाँ गएर बस्ने भन्ने चिन्ता लागेर विद्यालय नगएको उनले बताइन्। ‘यसरी बस्ती भत्काउन आउनेभन्दा हामीलाई कतै व्यवस्थित गरेको भए हुन्थ्यो। हाम्रो आज क्लास छुट्यो। अब कतिदिन छुट्ने हो। पढाइ बिग्रिन्छ यसरी छुटेपछि’, उनले भनिन्।

कक्षा ७ मा अध्ययनरत सोनी लामा भने घरको सामान सबै निकालेर छरपस्ट भएकाले विद्यालय जान नपाएको बताइन्। ‘ड्रेस कहाँ छ, यत्रो सामानमा कहाँ परोपरो भेट्टिएन। अब घर भत्किने डर पनि छ। कुन बेला भत्काउने हो, भत्कायो भने कहाँ गएर बस्ने तनाब छ। त्यही भएर नगएको’, उनले भनिन्।

बस्तीभित्र कोठा भाडामा 

महोत्तरी गौशालाका रामदिनेश यादव सुकुम्बासी बस्तीमा भेटिए। उमेरले ५४ वर्षका यादव १६ वर्षको उमेरमा काठमाडौं आएका थिए। पहिला टेकुमा डेरा गरेर बस्थे। केही वर्षदेखि उनी सुकुम्बासी बस्तीमा डेरा गरेर बस्छन्। ज्यामी काम गरेर आर्थिक उपार्जन गर्दै आएका छन्। 

‘यहाँ अरु ठाउँमा एउटा कोठाको सात हजार भन्छन्। ज्यामी काम गर्ने मान्छेले तेत्रो भाडा काहाँबाट तिर्न सक्छ? यहाँ सस्तो छ। तीन हजार तिरेर बसेको छु’, उनले भने।  

केही वर्षअघि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। कतारमा उनले २ वर्ष काम गरे कमाइ राम्रो नभएपछि नेपाल फर्केए। उनी अहिले काठमाडौंमा ज्यामी काम गर्छन्। उनी काम गरेबापत दैनिक १ हजार रुपैयाँ कमाउँछन्। त्यो कमाइ घरमा पठाउँछन्।

’माओवादीले ल्याइदियो यहाँ’

७७ वर्षीया सीता लामा पनि बस्तीमा भेट्टिइन्। उनी ९ वर्षको उमेरमा काठमाडौं आएकी थिइन्। पहिले उनी भोटेबहालमा डेरा गरेर बस्थिन्। बागमती नदीबाट बालुवा बोक्ने काम गर्थिन्।

२० वर्ष अघिदेखि भने उनले थापाथली चोकमा मकै पोलेर गुजारा गर्न थालिन्। उनले पाँच मोहरमा मकै किनेर पोलेपछि प्रति घोगा पाँच रुपैयाँले बेचेको उनी सम्झिन्छिन्।

उनका एक छोरा र एक छोरी छन्। छोरा छोरीको विवाह भइसकेको छ। छोरा भने कुलतमा फसेर छुट्टै बस्ने गरेको उनले बताइन्। बुहारी र नाती भने सँगै बस्छन्। विवाहित छोरी रोजगारीको लागि साइप्रस गएकी छिन्। कहिलेकाहीँ बुहारी पनि उनलाई सहयोग गर्न मकै पोल्न थापाथली पुग्छिन्।

आफ्नो बस्ती भत्काउन लागेकाले उनी निकै चिन्तित थिइन्। ‘हाम्रो छाप्रो नभत्काए हुन्थ्यो नि, हामी गरिब–दुःखी कहाँ जाने? कस्तो दुःख गरेर बनाको छ यो। यी रोडमा मकै पोलेर यसरी हात पोलेको छ’, हात देखाउँदै उनले भनिन्।

१७ वर्षअघि घर जग्गाविहीनलाई ठाउँ दिएपछि थापाथलीको बागमती किनारमा आएर बसेको उनले बताइन्। ‘माओवादीले जग्गा नहुनेलाई यहाँ बस्न ठाउँ दिएको रहेछ। घरबेटीले मलाई सुनाइन्। अनि म पनि घरबारविहीन थिएँ। आएर बसें,’ उनले भनिन्।

अर्की सर्लाहीकी गीता लामा पनि बस्तीमा चिन्तित थिइन्। उनी २०५० सालमा तराईमा बाढी पसेर घरबारविहीन बनेपछि काठमाडौं आएकी हुन्। काठमाडौं आएपछि उनी ठिमीमा बसिन्। त्यहाँ बस्दा उनले गलैँचा बुन्ने काम गर्थिन्। १७ वर्षअघि काठमाडौंमा घरबारविहीन सकुम्बासीलाई माओवादीले थापाथलीको बागमती किनारमा बस्न पठायो। त्यतिबेला उनी पनि त्यहाँ आएर बस्न थालेको उनले बताइन्।

’पहिला हामीलाई यो ठाउँमा बस्न नदिएको भए हामी यहाँ हुँदैन थियौँ।  कहाँ के गथ्र्यौंं होला। पहिले हामीलाई यही ठाउँमा बस्न दिएर अहिले हटाउन खोज्दा नराम्रो लागेको छ’, उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:५८
  • #सुकुम्बासी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्