• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुकुम्बासी बस्ती प्रकरण : आक्रमणमा उत्रने चार जनालाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार

तीन वटा कसुर, १० वर्षसम्म कैदकाे माग
64x64
नारायण अधिकारी बुधबार, मंसिर १४, २०७९  १६:३९
1140x725

काठमाडौं- सुकुम्बासी बस्ती हटाउने क्रममा आक्रमणमा उत्रनेहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ। 

काठामाडौं महानगरपालिकाले जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुलाई बुधबार पत्रचार गर्दै कारबाही गर्न भनेको हो। महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश काफ्लेद्वारा हस्ताक्षरित पत्रमा हतियारसहित आक्रमणमा उत्रनेहरुको नाम समेत उल्लेख गरिएको छ। 

जसमा राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परिश्रमीले खुकुरीलगायत हतियारसहित आक्रमणमा उत्रिएको र उनीहरुको आक्रमण प्रहरी समेत घाइते भएकाले तत्काल पक्राउ गरेर कारबाही गर्न भन्दै पत्र आइपुगेको परिसर प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको नगर प्रहरी राजुपाण्डेसहित १८ जनालाई हतियारले आक्रमण गरेर घाइते बनाएकाले कारबाही गर्न माग गरिएको छ। 
महानगरका मेयरसमेत उपस्थितिमा भएको निर्णयबाट कारबाहीको माग गर्दै प्रहरीलाई पत्राचार गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृहमन्त्रालय समेतलाई बोधार्थ दिएर पत्र लेखिएको छ। 

पत्रमा माथि उल्लेखित चार जनालाई मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग राखिएको छ।

दफा ८५ मा बाधा विरोध गर्न नहुने उल्लेख गरिएको छ। आफ्नो पदीय कर्तव्य पालन गर्न लागेको राष्ट्रसेवकलाई जोर जुलुम गर्ने वा बाधा पुर्‍याउनु नहुने उल्लेख छ। यस्तो गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ।  

दफा १९६ मा आपराधिक बल प्रयोग गर्न नहुने उल्लेख छ। आपराधिक बल प्रयोग गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

दफा २१२ मा शरीर बन्धक लिन नहुने उल्लेख छ। बस्ती हटाउन गएको बेला उनीहरुले प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरेको भन्दै दफा २१२ अनुसार कारबाही हुनुपर्ने माग राखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बन्धक बनाएर आक्रमण गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुनसक्ने उल्लेख गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका अनधिकृत सुकुम्बासी बस्ती हटाउन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको पत्राचारपछि महानगरपालिकाको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो। 

बस्ती हटाउने समय समेत दिँदा समेत नहटाएपछि महनगरपालिका प्रहरी टोलीसहित सोमबार थापाथलीस्थित सकुम्बासी बस्ती पुगेको थियो। सो क्रममा खुकुरीसहित घरेलु हतियार लिएर आक्रमणमा उत्रिएका थिए।

आक्रमणबाट प्रहरी समेत घाइते भएका थिए। उनीहरु ज्यान लिनेसम्मको अभिव्यक्ति समेत सार्वजनिक रुपमा दिएका थिए। 

Xtrem

Xtrem

महानगरपालिकाबाट कारबाही गर्न भन्दै नाम नै तोकेर आएपछि प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ। विभिन्न तीन वटा कसुरमा कारबाहीका लागि भनेर आएपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर कारबाही प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘हतियारसहित आक्रमणमा उत्रनेहरुको भिडियो, फोटोसहितको पेन ड्राइभ हामी कहाँ आइपुगेको छ। अब अदालतबाट पक्राउ पूर्जी लिएर कारबाही प्रक्रिया अघि बढाउँछौं,’ परिसर स्रोतले नेपाल लाइभलाई भन्यो। 

बस्ती हटाउने क्रममा आक्रमणमा उत्रिएपछि महानगरले अहिलेलाई डोजर लगाउने काम रोकेको छ। उता सुकुम्बासी बस्तीका बासिन्दा भने राति समेत बस्ती हटाउने सक्ने भन्दै जाग्राम बस्ने गरेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्