• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मार्कसिट कीर्ते गरेर एमबीबीएस डाक्टर, ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग दाबी

64x64
नारायण अधिकारी सोमबार, फागुन २९, २०७९  १८:३७
1140x725

काठमाडौं– ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबीबीएस) अध्ययनका लागि योग्य हुन तथा छात्रवृति प्राप्त गर्नका लागि एसएलसी (हाल एसईई) को मार्कसिट तथा डकुमेन्टहरु कीर्ते गरेको पाइएपछि एक डाक्टरविरुद्ध मुद्दा चलाइएको छ।

बंगलादेशमा एमबीबीएस अध्ययन गर्नका लागि अयोग्य हुने भएपछि मार्कसिट नै कीर्ते गरेर अध्ययन गरेको पाइएपछि डा. दीपक कुमार ठाकुर विरुद्ध मुद्दा चदाइएको हो। धनुषाको धनौजी गाउँपालिका–१ का ३१ वर्षीय ठाकुरले नेपाल मेडिकल काउन्सिल, बाँसबारीमा इलीजीबीटी कमिटीका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको पालामा सर्टिफिकेट कीर्ते गरेर बंगलादेशमा एमबीबीएस अध्ययन गरेको पाइएको भन्दै फागुन १८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। 

मार्कसिट कीर्ते गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीमाथि मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। सरकारी वकिल कार्यालयले उक्त फाइल अध्ययन गरेपछि डा ठाकुरविरुद्ध कीर्ते अन्तर्गत लिखतसम्बन्धीको कसुरमा अदालतमा मुद्दा दायर गरेको हो। 

ठाकुरले डेफोडिल्स पब्लिक स्कूल विद्यापतिचोक जनकपुरबाट २०६३ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। डेफोडिल्स स्कूलले ठाकुरको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ रहेको र उनले २०६३ मा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेको भन्दै प्रहरीलाई पत्र पठाएको थियो। 

डेफोडिल्सबाट एसएलसी उत्तिर्ण गरेको भए पनि उनले बंगलादेशमा एमबीबीएस अध्ययन गर्नका लागि पेश गरेको मार्कसिट भने कीर्ते गरेको खुलेको छ। 

२०६३ मा पास भएको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ को ठाकुरको मार्कसिट राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमकीको रेकर्डसँग भिडाउँदा समेत म्याच खाएको थिएन। सरकारी रेकर्डमा ठाकुरको मार्कसिट म्याच नखाएपछि ठाकुरले उक्त सर्टिफिकेट कीर्ते गरेको ठहर गर्दै उनीविरुद्ध मुद्दा चलाइएको हो।

ठाकुरले बंगलादेशस्थित नर्थ इस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि मार्कसिट कीर्ते गरेको आरोप लगाइएको छ। एमबीबीएस अध्ययनका लागि मेडिकल काउन्सिलबाट वैदेशिक अध्ययन स्वीकृती सिफारिस लिनका लागि ठाकुरले एप्लिकेशनका साथ पेश गरेको एसएलसीको मार्कसिट अनुसन्धानका क्रममा कीर्ते गरेको खुलेको बताइएको छ। 

ठाकुरका कीर्ते गरेका कागजातहरुलाई सक्कल हुन् भन्दै ज्योति अधिकारीले नोटरी गरेका थिए। ठाकुरका सक्कल र नक्कल मार्कसिट भिडाउँदा कुल प्राप्तांक अंक समान रहे पनि विषयअनुसार अंक भने हेरफेर गरेको पाइएको छ। 

Ncell 2
Ncell 2

ठाकुरले ७२ दशमलव १३ प्रतिशत ल्याएर एसएलसी पास गरेका थिए भने कीर्ते गरेर बनाइएको मार्कसिटमा पनि सोही प्रतिशत उल्लेख गरिएको छ। तर एमबीबीएस अध्ययन तथा छात्रवृतिका लागि विषयअनुसार आवश्यक पर्ने अंक भने तलमाथि गरेको अनुसन्धानबाट खुलेको छ। 

उनले अनिवार्य अंग्रेजीमा ६५ ल्याएका थिए। नक्कली मार्कसिट बनाउँदा अंग्रेजीको ३ अंक घटाउँदै ६२ बनाए। नेपालीमा ६४ अंक ल्याएकोमा २० अंक घटाएर ४४ मात्रै बनाए। अनिवार्य गणितमा ८८ अंक ल्याएकोमा ७ अंक घटाउँदै ८१ अंक बनाएको अनुसन्धानबाट खुलेको छ।

विज्ञानमा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा २ अंक थप्दै ७१, सामाजिक शिक्षामा ७२ आएकोमा ८ अंक थप्दै ८० अंक राखेर नक्कली मार्कसिट बनाएको दाबी गरिएको छ। 

स्वाथ्य तथा जनसंख्यामा त सक्कल मार्कसिटको भन्दा १९ अंक थप गरेको खुलेको छ। स्वाथ्य तथा जनसंख्यामा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा ८८ अंक र अकाउन्टमा ७९ अंक आएकोमा १ अंक थप गर्दै ८० अंक बनाएको पाइएको अभियोगपत्रमा उल्लेखमा गरिएको छ। अतिरिक्त गणितमा ७१ अंक आएकोमा त्यसलाई भने जस्ताको त्यस्तै राखिएको छ।

कीर्ते गरेको पाइएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएका ठाकुरविरुद्ध ७ वर्षसम्म कैदको मागदाबी गरिएको छ।

कीर्ते गरेको अनुसन्धानबाट खुलेपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गतको कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। सार्वजनिक लिखत अन्तर्गतको कसुरमा उनीवरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

ठाकुरविरुद्ध सिआइबीले एक वर्षअघि नै छानबिन गरे पनि उनी पक्राउ भने परेका छैनन्।  अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।

marksheet11678712006.jpg

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्