• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मार्कसिट कीर्ते गरेर एमबीबीएस डाक्टर, ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग दाबी

64x64
नारायण अधिकारी सोमबार, फागुन २९, २०७९  १८:३७
1140x725

काठमाडौं– ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबीबीएस) अध्ययनका लागि योग्य हुन तथा छात्रवृति प्राप्त गर्नका लागि एसएलसी (हाल एसईई) को मार्कसिट तथा डकुमेन्टहरु कीर्ते गरेको पाइएपछि एक डाक्टरविरुद्ध मुद्दा चलाइएको छ।

बंगलादेशमा एमबीबीएस अध्ययन गर्नका लागि अयोग्य हुने भएपछि मार्कसिट नै कीर्ते गरेर अध्ययन गरेको पाइएपछि डा. दीपक कुमार ठाकुर विरुद्ध मुद्दा चदाइएको हो। धनुषाको धनौजी गाउँपालिका–१ का ३१ वर्षीय ठाकुरले नेपाल मेडिकल काउन्सिल, बाँसबारीमा इलीजीबीटी कमिटीका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको पालामा सर्टिफिकेट कीर्ते गरेर बंगलादेशमा एमबीबीएस अध्ययन गरेको पाइएको भन्दै फागुन १८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। 

मार्कसिट कीर्ते गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीमाथि मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। सरकारी वकिल कार्यालयले उक्त फाइल अध्ययन गरेपछि डा ठाकुरविरुद्ध कीर्ते अन्तर्गत लिखतसम्बन्धीको कसुरमा अदालतमा मुद्दा दायर गरेको हो। 

ठाकुरले डेफोडिल्स पब्लिक स्कूल विद्यापतिचोक जनकपुरबाट २०६३ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। डेफोडिल्स स्कूलले ठाकुरको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ रहेको र उनले २०६३ मा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेको भन्दै प्रहरीलाई पत्र पठाएको थियो। 

डेफोडिल्सबाट एसएलसी उत्तिर्ण गरेको भए पनि उनले बंगलादेशमा एमबीबीएस अध्ययन गर्नका लागि पेश गरेको मार्कसिट भने कीर्ते गरेको खुलेको छ। 

२०६३ मा पास भएको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ को ठाकुरको मार्कसिट राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमकीको रेकर्डसँग भिडाउँदा समेत म्याच खाएको थिएन। सरकारी रेकर्डमा ठाकुरको मार्कसिट म्याच नखाएपछि ठाकुरले उक्त सर्टिफिकेट कीर्ते गरेको ठहर गर्दै उनीविरुद्ध मुद्दा चलाइएको हो।

ठाकुरले बंगलादेशस्थित नर्थ इस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि मार्कसिट कीर्ते गरेको आरोप लगाइएको छ। एमबीबीएस अध्ययनका लागि मेडिकल काउन्सिलबाट वैदेशिक अध्ययन स्वीकृती सिफारिस लिनका लागि ठाकुरले एप्लिकेशनका साथ पेश गरेको एसएलसीको मार्कसिट अनुसन्धानका क्रममा कीर्ते गरेको खुलेको बताइएको छ। 

ठाकुरका कीर्ते गरेका कागजातहरुलाई सक्कल हुन् भन्दै ज्योति अधिकारीले नोटरी गरेका थिए। ठाकुरका सक्कल र नक्कल मार्कसिट भिडाउँदा कुल प्राप्तांक अंक समान रहे पनि विषयअनुसार अंक भने हेरफेर गरेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ठाकुरले ७२ दशमलव १३ प्रतिशत ल्याएर एसएलसी पास गरेका थिए भने कीर्ते गरेर बनाइएको मार्कसिटमा पनि सोही प्रतिशत उल्लेख गरिएको छ। तर एमबीबीएस अध्ययन तथा छात्रवृतिका लागि विषयअनुसार आवश्यक पर्ने अंक भने तलमाथि गरेको अनुसन्धानबाट खुलेको छ। 

उनले अनिवार्य अंग्रेजीमा ६५ ल्याएका थिए। नक्कली मार्कसिट बनाउँदा अंग्रेजीको ३ अंक घटाउँदै ६२ बनाए। नेपालीमा ६४ अंक ल्याएकोमा २० अंक घटाएर ४४ मात्रै बनाए। अनिवार्य गणितमा ८८ अंक ल्याएकोमा ७ अंक घटाउँदै ८१ अंक बनाएको अनुसन्धानबाट खुलेको छ।

विज्ञानमा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा २ अंक थप्दै ७१, सामाजिक शिक्षामा ७२ आएकोमा ८ अंक थप्दै ८० अंक राखेर नक्कली मार्कसिट बनाएको दाबी गरिएको छ। 

स्वाथ्य तथा जनसंख्यामा त सक्कल मार्कसिटको भन्दा १९ अंक थप गरेको खुलेको छ। स्वाथ्य तथा जनसंख्यामा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा ८८ अंक र अकाउन्टमा ७९ अंक आएकोमा १ अंक थप गर्दै ८० अंक बनाएको पाइएको अभियोगपत्रमा उल्लेखमा गरिएको छ। अतिरिक्त गणितमा ७१ अंक आएकोमा त्यसलाई भने जस्ताको त्यस्तै राखिएको छ।

Xtrem

Xtrem

कीर्ते गरेको पाइएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएका ठाकुरविरुद्ध ७ वर्षसम्म कैदको मागदाबी गरिएको छ।

कीर्ते गरेको अनुसन्धानबाट खुलेपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गतको कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। सार्वजनिक लिखत अन्तर्गतको कसुरमा उनीवरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

ठाकुरविरुद्ध सिआइबीले एक वर्षअघि नै छानबिन गरे पनि उनी पक्राउ भने परेका छैनन्।  अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।

marksheet11678712006.jpg

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्