• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र कसरी निर्णायक?

64x64
ईश्वर बराल मंगलबार, फागुन ९, २०७९  १४:३९
1140x725

काठमाडौं– फागुन २५ मा राष्ट्रपतिका लागि निर्वाचन हुने भएपछि त्यसलाई लिएर मौजुदा राजनीतिक समीकरण उपर नै विभिन्न आशंका हुन थालेका छन्। 

उक्त पदका लागि प्रमुख दुई दल  नेपाली कांग्रेस र नेकपा एमाले दुई ध्रुवमा रहेकोले तेस्रो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्र निर्णायक बन्र पुगेको छ। 

पुष १० मा सत्तारोहण गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भनिएको सहमति अनुसार राजनीतिक कोर्स बढेको भए राष्ट्रपति एमालेकै हुनेमा कुनै सन्देह हुने थिएन। तर पुष २६ मा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि लाभको पद बाँडफाँटमा कांग्रेसले पनि भाग दाबी गर्‍यो। 

एकातिर कांग्रेसलाई समेट्न र अर्कोतर्फ सत्ता राजनीतिमा निर्णायक रहने एमालेकाे दवदवा कम गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्। 

सोमबारसम्मको विकसित राजनीतिक घट्नालाई हेर्ने हो भने राष्ट्रपति पदमा माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिने सम्भावना बलियो बन्दै गएको छ। संसदीय आंकडाले पनि कांग्रेस र एमाले बाँडिएमा माओवादीको मत निर्णायक हुने स्पष्ट देखिएको छ। 

राष्ट्रपति निर्वाचनका लागि को–को हुन्छन् मतदाता?
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको मण्डल हुनेछ। संघीय संसद्‌मा राष्ट्रिय सभा र प्रतिनिधि सभा छन्। राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधि सभाका २७५ सांसदसहित संघीय संसद्‌मा ३३४ सदस्य रहेका छन्। त्यस्तै, ७ वटै प्रदेशका कूल ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन्। 

फरक–फरक मतभार
समग्रमा ८८४ जना मतदाता रहे पनि संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक रहने व्यवस्था छ। संघीय संसद्का प्रत्येक सांसदको ७९ नम्बरको मतभार र प्रदेश सांसदको ४८ नम्बरको मतभार रहने निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ। उल्लेखित मतभार नेपालको जनगणना २०६८ को जनसंख्याको आधारमा निर्धारण गरिएको हो।

२०७८ मा गरिएको जनसंख्याको अन्तिम नतिजा आइनसकेकोले ०६८ कै जनगणनालाई आधार मानिएको निर्वाचन आयोगले बताएको छ। संघ र प्रदेशका सांसदको कूल मतभार ५२ हजार ७८६ हुन आउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपतिमा विजयी हुन कुनै पनि उम्मेदवारले उल्लेखित मतभारको बहुमत ल्याउनुपर्छ। जसका लागि २६ हजार ३९४ मत ल्याउनुपर्ने हुन्छ। तर, राष्ट्रपति निर्वाचनको पहिलो र दोस्रो चरणमा ५० प्रतिशत पनि नकटाएर निर्वाचन तेस्रो चरणमा प्रवेश गर्‍यो भने कूल सदर मतको धेरै मत ल्याउनेलाई राष्ट्रपतिमा निर्वाचित गरिन्छ। 

माओवादी केन्द्र कसरी निर्णायक?
नेपाली कांग्रेस र नेकपा एमाले फरक–फरक कित्ताबाट राष्ट्रपति पदमा आकांक्षी हुँदा माओवादी निर्णायक बन्न पुगेको हो। सतहमा केही नेताहरुको नाम चर्चामा आए पनि उम्मेदवार को हुने भन्ने कुरा यो सप्ताहान्तमा टुंगिने छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आउँदो शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। 

वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सहित संघीय सासद्‌मा ९८ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७४ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कूल मतभार १६ हजार १४२ हुन्छ। 

त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार ३१२ रहेको छ। 

यो पनि पढ्नुहोस

राष्ट्रपति निर्वाचनमा ओलीका चार विकल्प

माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५०१ रहेको छ। 

त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ। 

यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार ४ हजार ७५९ रहेको छ। वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ। 

तर कांग्रेसको दावी र प्रचण्डको राष्ट्रिय सहमतिको रटानले मौजुदा सत्ता समीकरणमै फेरबदल आउन सक्ने सम्भावना बढेर गएको छ। समीकरणको अदलबदलको राजनीतिले माओवादीलाई निर्णायक स्थानमा पुर्‍याएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:३९
  • #राष्ट्रपति निर्वाचन
  • #राष्ट्रपति
  • #नेकपा माओवादी केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ ।  त्यसअन्तर्गत रसुवागढी जलविद्युतआय... बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै सां... बुधबार, भदौ २४, २०८३
भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा उनले भदौ २४ गते धेरैका घर तथा सार्वजनिक सम्पत्ति जलेको र थुप्रै परिवारले कहिल्यै नमेटिने घाउ पाएको बताए। तर आन्दोलनका क्रममा सन्तान... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
राफिन्हाको २ गोलसँगै बार्सिलोनाको सानदार सुरुआत बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्