काठमाडौं– औपचारिक रूपमा दर्ता भएका उद्योगहरूको संख्या ११ लाख नाघेको सरकारले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भई २०८२ फागुनसम्म दर्ता भएको उद्योगको संख्या ११ हजार १ सय ४० पुगेको सरकारले जनाएको हो । दर्ता भएका यस्ता उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमानसमेत गरिएको सरकारले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्बबराबरको लगानी स्वीकृत भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनाएका छन् ।
यससँगै २०८२ फागुनसम्म उद्योग क्षेत्रमा ५४ खर्ब ४४ अर्ब ६ करोडबराबरको कुल लगानी स्वीकृत भएको छ । २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको सरकारले जनाएको छ । स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा उद्योगमा २८.३ प्रतिशत र सबैभन्दा कम खनिज उद्योगमा १.३ प्रतिशत छ ।
२०८२ फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ । दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।