काठमाडौँ– प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरू इमानदार ढंगले कार्यान्वयन नगरेको आरोप लगाएकी छन्।
बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्।
उनका अनुसार विपक्षी सांसदहरूले उठाउँदै आएका विषयलाई पर्याप्त ध्यान नदिइएको अनुभूति भएको छ।
अर्यालले सभामुखले विपक्षी दलको आवाज र सरोकारलाई बेवास्ता गरेको जस्तो देखिएको भन्दै संसदीय प्रक्रियामा असन्तुलन देखिएको दाबीसमेत गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।