• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा ओलीका चार विकल्प

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  ११:२०
1140x725

काठमाडौं- राष्ट्रपतिमा उम्मेदवारी मनोनयनको मिति नजिँकिदै गर्दा खेल पनि रोचक मोडमा पुगेको छ। पुस १० का वरिपरि एमाले र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओली कोटरीको व्यक्ति राष्ट्रपति बन्ने तय जस्तै थियो। तर, समय फेरिएको छ।

माओवादी केन्द्रलाई समेत लागेको छ- परिस्थिति पुस १० को जस्तै छैन। प्रवक्ता कृष्णबहादुर महराले सोमबारको पदाधिकारी बैठकपछि स्पष्ट रुपमा बताएका छन् भने महासचिव देव गुरुङले बैठकअघि प्रतिक्रिया दिँदै ‘एमालेको सिफारिस मान्न बाध्य नहुने’ बताएका छन्। 

एमाले अध्यक्ष ओलीले बाहिर आफ्नो उम्मेदवार सहज रुपमा जित्ने बताइरहेका छन्। आइतबार विराटनगर विमानस्थलमा ओलीले एमालेको उम्मेदवारले माओवादीको समर्थनमा सजिलै जित्ने दावी गरेका हुन्। तर भित्री रुपमा भने एमाले ढुक्क देखिँदैन। सके राष्ट्रपति नभए सत्ता साझेदारीसम्म जोगाउने गरी पहल  गरिरहेको छ। 

सोमबार अध्यक्ष ओलीले निजी निवास बालकोटमा केही नेताहरुसँग समेत ओलीले छलफल गरेका छन्। ‘राजनीतिक आकासमा तुवाँलो’ देखिएको भन्दै फरक रणनीतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्। 

विकल्प १ सुवास नेम्वाङ
अध्यक्ष ‌ओलीले राष्ट्रपतिमा सकेसम्म एमालेकै नेतामा माओवादी केन्द्रलाई समर्थन गराउनेगरी पहल गर्नेछन्। ढुक्कसँग एमालेले पाउने अवस्थामा सभामुखमा ल्याइएका देवराज घिमिरे जस्तै राष्ट्रपतिमा पनि ओलीका लागि कुनै आफू अनुकुलको पात्र ल्याउने अवस्था बन्थ्यो। 

पछिल्लो राजनीतिक परिस्थितिले अवस्था बदलेको छ। त्यसैले अब एमालेकै, तर अन्य पार्टीले समेत स्वीकार्न सक्ने पात्र अघि सार्नुपर्नेछ। संविधान सभाको समयमा सबै राजनीतिक दलहरुको विश्वास जितेका सुवास नेम्वाङ एमालेका लागि उपयुक्त विकल्प हुन्। 

संविधान सभाकै अध्यक्ष रहिसकेकाले माओवादी केन्द्र सकारात्मक बन्नसक्ने एमाले नेताहरुको बुझाइ छ। त्यसैमाथि अहिले माओवादी केन्द्रले ‘संविधानको रक्षार्थ’ आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको बताइरहेको छ। संविधान निर्माणकै अगुवाइ गरेका नेम्वाङबाट संविधान मिच्ने काममा सहयोग नहुने कुरामा विश्वस्त दिलाउन एमालेलाई सहज हुनेछ।  

विकल्प २ माधव नेपाल
नेम्वाङ नै अघि सार्दा पनि वर्तमान परिस्थितिमा माओवादी केन्द्र मनाउन सकिने अवस्था देखिँदैन। नेपाली कांग्रेस वर्तमान गठबन्धन ढाल्नका लागि जुन स्तरसम्म पनि लागिपर्ने देखिएको छ। यस्तो अवस्थामा एमालेसँग दोस्रो विकल्प पार्टीका पूर्व नेता माधवकुमार नेपाल हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको सन्दर्भमा माओवादी केन्द्र र नेपाली कांग्रेस समेत सहमत हुने सक्ने सम्भावना हुन्छ। पूर्व गठबन्धनकै साझेदार भएकाले नेपालका नाममा ‘राष्ट्रिय सहमति’ जुट्न सक्छ। माओवादी अध्यक्ष प्रचण्डले समेत ‘गुन तिर्नुपर्ने’ पात्र भएकाले सरकार जोगाउने र पार्टीलाई बलियो बनाउने एमालेका लागि उपयुक्त विकल्प नेपाल हुन सक्छन्। 

यही आकलन गरेर एमालेका नेताहरुले नेपालको सन्दर्भमा आन्तरिक छलफल थालेका छन्। अध्यक्ष ओलीले नेपालसँग कुराकानी नै गरेको विषयलाई भने एमालेका नेताहरु अस्वीकार गर्छन्। ओलीसँग सोमबार संवाद गरेकामध्य एक नेता भन्छन्, ‘माधव नेपालसँग भेटेर वा फोनमा कुराकानी गर्नेभन्दा पनि कतैबाट संकेतसम्म पुर्‍याउनु भएको जस्तो लाग्छ।’

नेपाललाई राष्ट्रपतिमा सघाउँदा उक्त पार्टीका नेता कार्यकर्ता एमालेमा फर्किने सम्भावना रहन्छ। पार्टी एकताका लागि पनि बाटो खुल्ने भएकाले आफूले नपाउने अवस्थामा एमालेले प्राथमिकता दिने पात्र नेपाल नै रहेको एमाले नेताहरु समेत स्वीकार्छन्।

विकल्प ३ बाबुराम भट्टराई
तेस्रो विकल्पमा डा बाबुराम भट्टराई छन्। माओवादी केन्द्रले ‘मुखमा राष्ट्रिय सहमति’  भने पनि ‘बगलीमा बाबुराम’ राखेर हिँडेको एमाले नेताहरुको आकलन छ। एक एमाले नेताका अनुसार प्रचण्ड र डा भट्टराईले चुनावअघि नै यस विषयमा सहमति गरेको आशंका पनि पार्टीभित्र छ। 

Xtrem

Xtrem

‘जसरी अहिले प्रचण्ड राष्ट्रिय सहमति भन्दै युटर्न भइरहनुभएको छ। यसमा हामीले देखेका दुई कुरा छन्। पहिलो, पाँचै वर्ष आफू प्रधानमन्त्री हुने ग्यारेन्टी खोजिरहनुभएको छ। दोस्रो, बाबुरामलाई राष्ट्रपति बनाउने पुरानो सहमति कार्यान्वयनका क्रममा हुनुहुन्छ,’ ती एमाले नेताको भनाइ छ। 

वर्तमान सत्ता कांग्रेसको हातमा जान नदिन डा भट्टराईको नाममा एमाले सहमत हुनसक्ने ती नेता देख्छन्। यद्यपि त्यस विषयमा छलफल भने भइनसकेको उनी बताउँछन्। माओवादी केन्द्र आफैंले नाम लिएर आउन सक्ने उनको बुझाइ छ। 

अन्तिम विकल्प महन्थ ठाकुर 
माओवादी केन्द्र कुनै पनि हालतमा कांग्रेसकै नेतालाई राष्ट्रपति बनाउनुपर्ने ठाउँमा उभियो भने चाहिँ एमालेले अर्को विकल्प खोज्नेछ। त्यस्तो अवस्थामा कांग्रेस र माओवादी केन्द्र बाहेकको समीकरण निर्माणमा एमालेले पहल गर्ने देखिएको छ। 

कांग्रेस र माओवादी केन्द्र बाहेककै बहुमत पुग्नेगरी समीकरण बनाउँदा अघि सारिने पात्र लोसपाका महन्थ ठाकुर हुन्। केही दिन अघि एमाले अध्यक्ष ओलीले संसदबाटै ठाकुरसँग छलफलका लागि बालकोट पुर्‍याएका थिए। ठाकुरका अनुसार ओलीले सुरुवाती ‘मुलाकात’मा आफ्नो दललाई राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्। 

तर, कांग्रेसकै पात्रमा माओवादी केन्द्र पुग्दा भने एमालेले ‘ठाकुर कार्ड’ खेल्न सक्ने  बुझिएको छ। राष्ट्रपति निर्वाचनमा शक्ति राष्ट्रहरुले समेत चासो देखाइरहेका बेला ओलीको उक्त कार्ड सफल हुनसक्ने विश्लेषण समेत एकथरीको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालल... बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वा... बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्