• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा ओलीका चार विकल्प

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  ११:२०
1140x725

काठमाडौं- राष्ट्रपतिमा उम्मेदवारी मनोनयनको मिति नजिँकिदै गर्दा खेल पनि रोचक मोडमा पुगेको छ। पुस १० का वरिपरि एमाले र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओली कोटरीको व्यक्ति राष्ट्रपति बन्ने तय जस्तै थियो। तर, समय फेरिएको छ।

माओवादी केन्द्रलाई समेत लागेको छ- परिस्थिति पुस १० को जस्तै छैन। प्रवक्ता कृष्णबहादुर महराले सोमबारको पदाधिकारी बैठकपछि स्पष्ट रुपमा बताएका छन् भने महासचिव देव गुरुङले बैठकअघि प्रतिक्रिया दिँदै ‘एमालेको सिफारिस मान्न बाध्य नहुने’ बताएका छन्। 

एमाले अध्यक्ष ओलीले बाहिर आफ्नो उम्मेदवार सहज रुपमा जित्ने बताइरहेका छन्। आइतबार विराटनगर विमानस्थलमा ओलीले एमालेको उम्मेदवारले माओवादीको समर्थनमा सजिलै जित्ने दावी गरेका हुन्। तर भित्री रुपमा भने एमाले ढुक्क देखिँदैन। सके राष्ट्रपति नभए सत्ता साझेदारीसम्म जोगाउने गरी पहल  गरिरहेको छ। 

सोमबार अध्यक्ष ओलीले निजी निवास बालकोटमा केही नेताहरुसँग समेत ओलीले छलफल गरेका छन्। ‘राजनीतिक आकासमा तुवाँलो’ देखिएको भन्दै फरक रणनीतिमा अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्। 

विकल्प १ सुवास नेम्वाङ
अध्यक्ष ‌ओलीले राष्ट्रपतिमा सकेसम्म एमालेकै नेतामा माओवादी केन्द्रलाई समर्थन गराउनेगरी पहल गर्नेछन्। ढुक्कसँग एमालेले पाउने अवस्थामा सभामुखमा ल्याइएका देवराज घिमिरे जस्तै राष्ट्रपतिमा पनि ओलीका लागि कुनै आफू अनुकुलको पात्र ल्याउने अवस्था बन्थ्यो। 

पछिल्लो राजनीतिक परिस्थितिले अवस्था बदलेको छ। त्यसैले अब एमालेकै, तर अन्य पार्टीले समेत स्वीकार्न सक्ने पात्र अघि सार्नुपर्नेछ। संविधान सभाको समयमा सबै राजनीतिक दलहरुको विश्वास जितेका सुवास नेम्वाङ एमालेका लागि उपयुक्त विकल्प हुन्। 

संविधान सभाकै अध्यक्ष रहिसकेकाले माओवादी केन्द्र सकारात्मक बन्नसक्ने एमाले नेताहरुको बुझाइ छ। त्यसैमाथि अहिले माओवादी केन्द्रले ‘संविधानको रक्षार्थ’ आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको बताइरहेको छ। संविधान निर्माणकै अगुवाइ गरेका नेम्वाङबाट संविधान मिच्ने काममा सहयोग नहुने कुरामा विश्वस्त दिलाउन एमालेलाई सहज हुनेछ।  

विकल्प २ माधव नेपाल
नेम्वाङ नै अघि सार्दा पनि वर्तमान परिस्थितिमा माओवादी केन्द्र मनाउन सकिने अवस्था देखिँदैन। नेपाली कांग्रेस वर्तमान गठबन्धन ढाल्नका लागि जुन स्तरसम्म पनि लागिपर्ने देखिएको छ। यस्तो अवस्थामा एमालेसँग दोस्रो विकल्प पार्टीका पूर्व नेता माधवकुमार नेपाल हुन्। 

Ncell 2
Ncell 2

नेपालको सन्दर्भमा माओवादी केन्द्र र नेपाली कांग्रेस समेत सहमत हुने सक्ने सम्भावना हुन्छ। पूर्व गठबन्धनकै साझेदार भएकाले नेपालका नाममा ‘राष्ट्रिय सहमति’ जुट्न सक्छ। माओवादी अध्यक्ष प्रचण्डले समेत ‘गुन तिर्नुपर्ने’ पात्र भएकाले सरकार जोगाउने र पार्टीलाई बलियो बनाउने एमालेका लागि उपयुक्त विकल्प नेपाल हुन सक्छन्। 

यही आकलन गरेर एमालेका नेताहरुले नेपालको सन्दर्भमा आन्तरिक छलफल थालेका छन्। अध्यक्ष ओलीले नेपालसँग कुराकानी नै गरेको विषयलाई भने एमालेका नेताहरु अस्वीकार गर्छन्। ओलीसँग सोमबार संवाद गरेकामध्य एक नेता भन्छन्, ‘माधव नेपालसँग भेटेर वा फोनमा कुराकानी गर्नेभन्दा पनि कतैबाट संकेतसम्म पुर्‍याउनु भएको जस्तो लाग्छ।’

नेपाललाई राष्ट्रपतिमा सघाउँदा उक्त पार्टीका नेता कार्यकर्ता एमालेमा फर्किने सम्भावना रहन्छ। पार्टी एकताका लागि पनि बाटो खुल्ने भएकाले आफूले नपाउने अवस्थामा एमालेले प्राथमिकता दिने पात्र नेपाल नै रहेको एमाले नेताहरु समेत स्वीकार्छन्।

विकल्प ३ बाबुराम भट्टराई
तेस्रो विकल्पमा डा बाबुराम भट्टराई छन्। माओवादी केन्द्रले ‘मुखमा राष्ट्रिय सहमति’  भने पनि ‘बगलीमा बाबुराम’ राखेर हिँडेको एमाले नेताहरुको आकलन छ। एक एमाले नेताका अनुसार प्रचण्ड र डा भट्टराईले चुनावअघि नै यस विषयमा सहमति गरेको आशंका पनि पार्टीभित्र छ। 

‘जसरी अहिले प्रचण्ड राष्ट्रिय सहमति भन्दै युटर्न भइरहनुभएको छ। यसमा हामीले देखेका दुई कुरा छन्। पहिलो, पाँचै वर्ष आफू प्रधानमन्त्री हुने ग्यारेन्टी खोजिरहनुभएको छ। दोस्रो, बाबुरामलाई राष्ट्रपति बनाउने पुरानो सहमति कार्यान्वयनका क्रममा हुनुहुन्छ,’ ती एमाले नेताको भनाइ छ। 

वर्तमान सत्ता कांग्रेसको हातमा जान नदिन डा भट्टराईको नाममा एमाले सहमत हुनसक्ने ती नेता देख्छन्। यद्यपि त्यस विषयमा छलफल भने भइनसकेको उनी बताउँछन्। माओवादी केन्द्र आफैंले नाम लिएर आउन सक्ने उनको बुझाइ छ। 

अन्तिम विकल्प महन्थ ठाकुर 
माओवादी केन्द्र कुनै पनि हालतमा कांग्रेसकै नेतालाई राष्ट्रपति बनाउनुपर्ने ठाउँमा उभियो भने चाहिँ एमालेले अर्को विकल्प खोज्नेछ। त्यस्तो अवस्थामा कांग्रेस र माओवादी केन्द्र बाहेकको समीकरण निर्माणमा एमालेले पहल गर्ने देखिएको छ। 

कांग्रेस र माओवादी केन्द्र बाहेककै बहुमत पुग्नेगरी समीकरण बनाउँदा अघि सारिने पात्र लोसपाका महन्थ ठाकुर हुन्। केही दिन अघि एमाले अध्यक्ष ओलीले संसदबाटै ठाकुरसँग छलफलका लागि बालकोट पुर्‍याएका थिए। ठाकुरका अनुसार ओलीले सुरुवाती ‘मुलाकात’मा आफ्नो दललाई राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्। 

तर, कांग्रेसकै पात्रमा माओवादी केन्द्र पुग्दा भने एमालेले ‘ठाकुर कार्ड’ खेल्न सक्ने  बुझिएको छ। राष्ट्रपति निर्वाचनमा शक्ति राष्ट्रहरुले समेत चासो देखाइरहेका बेला ओलीको उक्त कार्ड सफल हुनसक्ने विश्लेषण समेत एकथरीको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
सम्बन्धित सामग्री
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन्... शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल ज... शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल ज... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्