काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८५ प्रतिशतले वृद्धि हुने बताएका छन् । बुधबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८२/८२ सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।
अन्तर्राष्ट्रिय कारण, बदलिँदो विश्व भूराजनीति, आयात–निर्यात र मूल्यमा परेको दबाबका बाबजुद पनि आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशतले वृद्धि हुँदै ६६ खर्ब पुग्ने अर्थमन्त्री वाग्लेले बताए । सन् २०२६ को विश्व अर्थतन्त्र जम्मा ३.०१ प्रतिशतमा सीमित रहने प्रक्षेपण रहेको छ ।
अर्थमन्त्री वाग्लेले यसका बाबजुद पनि नेपालको आर्थिक वृद्धिसँगै प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर रहने अनुमान रहेको बताए । कुल गार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषिको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री वाग्लेले सभालाई जानकारी दिए । प्रदेशगत रूपमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशतले रहेको अर्थमन्त्री वाग्लेले जनाए ।
फागुन मसान्तसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ । संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने खर्च १०.०४ प्रतिशतले बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।