काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । बुधबार तारिख बुझ्न उनी अदालत पुगेका हुन् ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका हुन् ।
स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनको अर्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।