• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

नेपालका सडकलाई बधशाला हुनबाट जोगाउनुपर्छ: योगेश भट्टराई

योगेश भट्टराई बुधबार, फागुन ३, २०७९  १८:३४
1140x725

नेपालको संविधानको राज्यको निर्देशक सिद्वान्तमा उल्लेख भएको छः गुणस्तरीय तथा दिगो भौतिक   पूर्वाधारसहितको सडक विकास, यातायात क्षेत्रको सुरक्षित, व्यवस्थित तथा अपांगमैत्री सडक।

विश्वमा सडक दुर्घटनाबाट अकाल मृत्यु हुने कारण ८ औं स्थानमा रहेको छ। तर, नेपालमा भने अकाल मृत्यु हुने विभिन्न कारणमध्ये सडक दुर्घटना पहिलो नम्बरमा पर्छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब ४ हजारभन्दा बढी मानिसहरू सडक दुर्घटनाबाट मृत्यु हुने गरेका छन्। नेपाल प्रहरीको ट्राफिक महाशाखा अनुसार वार्षिक झण्डै ३ हजार मानिस सडक दुर्घटनाबाट मृत्यु भएको बताउँछन्। यसरी अकाल मृत्यु हुने कारणमध्ये सडक दुर्घटना पहिलो कारण बनेको छ।

सडक दुर्घटनाबाट नेपालले वार्षिक झण्डै ३ प्रतिशत जीडीपी गुमाइरहेको हामीले तथ्यांकबाट देखिरहेका छौं। यस्तै, मृत्यु हुनेहरूमा २ पांग्रे साधन (बाइक, स्कुटर) बाट झण्डै ८० प्रतिशत र चारपांग्रेबाट २० प्रतिशत रहेको छ। यो निकै डरलाग्दो तथ्यांक हाम्रा अगाडि छ।

हाम्रा सडकहरूको स्तर कस्तो छ हामीलाई थाहा छँदै छ। दुई पांग्रेबाट निधन हुनेमा औसत १६ देखि २१ वर्ष उमेर समूहका अत्यधिक रहेका छन्। यसको मतलब सडक दुर्घटनाबाट युवा समूहको मृत्यु हुने दर अत्यधिक छ। 

विश्वमा झण्डै १३ लाख मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ। धेरै देशले यस्ता दुर्घटना न्यूनीकरणका प्रयास गरिरहेका छन्। स्वीडेन र जर्मनीले सफलता पनि प्राप्त गरेका छन्। तर, नेपालको अवस्था यो रहेको छ। 

यसै सन्दर्भमा हेर्दा नेपालमा केही अन्तर्राष्ट्रिय प्रतिबद्वताको कार्यान्वयन भएको छैन। संयुक्त राष्ट्र संघले सन् १९४९ र १९६८ मा विशेष प्रस्ताव पास गरेर इन्टरनेशनल ड्राइभिङ परमीट (आईडीपी) को प्रस्ताव अघि बढाएको छ। साथै यूएन रोड सेफ्टी दशक भनेर सन् २०२१ देखि २०३० लाई घोषणा गरेर अगाडि बढाएको छ।

आज कुनै पनि देशले यूएन डीक्लेरेशनका आधारमा ड्राइभिङ परमीट लाइसेन्स जारी गर्छ, त्यो परमीट लाइसेन्स १११ वटा मुलुकले स्विकारेका छन्। त्यसमा १३५ वटा मुलुक पुग्दै छन्। तर, हामी त्यस भित्र पर्दैनौं। हामीले त्यो लागू गर्नुपर्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, यूएनकै सडक सुरक्षासम्बन्धी (२०२१–२०३०) दशकका लागि हामीले उल्लेख्य रणनीतिक योजना बनाएका छैनौं। के गर्ने? राष्ट्र संघले भनेको छ, ‘यो दशकमा ५० प्रतिशत दुर्घटना कम गर्ने।’ तर, नेपालमा भने दुर्घटना दर, मृत्यु दर बढिरहेको छ। त्यसकारण यसतर्फ प्रतिनिधि सभाले र सरकारले पनि सोच्नुपर्छ।

यस सम्बन्धमा विभिन्न पहलकदमी भएका छन्। अदालतले फैसला पनि गरेको छ। अघिल्लो संसद्‌मा विकास समितिले माननीय गणेश पहाडीको संयोजकत्वमा उपसमिति बनाएर सडक दुर्घटना र त्यसबाट मृत्यु कम गर्ने उपायबारे खोजी गरेर प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो‌। तर, त्यसतर्फ उचित ध्यान गएको हामीले देखेका छैनौं। यो विद्यमान अवस्था छ।

अर्कोतर्फ सडक र यातायातका साधनको समय–समयमा अनुगमन गर्नुपर्ने हो। तर, नेपालमा विडम्बना के छ भने सडक विभागले सडक बनाउँछ र गुणस्तर ठीक छ कि छैन भन्ने कुरा उसैले परीक्षण गर्छ। यातायात विभागले परमीट दिन्छ, लाइसेन्स दिन्छ र ठीक छ कि छैन भनेर पनि उसैले परीक्षण गर्छ। यो दुनियाँमा कहिँ हुँदैन। सडक विभागले बनाएको सडक ठीक छ कि छैन भन्ने नियामक निकाय चाहिन्छ।

आज त्यस्तो निकाय छैन। यसका लागि नियामक निकाय चाहिन्छ। त्यसकारण हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ। त्यो काउन्सिलले सडक विभागले गरेको काम पनि नियमन गर्छ र त्यस्तै यातायात व्यवस्था विभागको कामको पनि अनुगमन गर्छ।

त्यस्तै, अर्कोतर्फ हामीले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने छ। र रोड सेफ्टी एक्सन प्लानलाई अगाडि बढाउनु पर्नेछ‌। रोड सेफ्टी काउन्सिल ऐनकाे मस्यौदा गर्नुपर्ने छ।

विश्व स्वास्थ्य संगठनको एक अध्ययनले के देखाउँछ भने दुई पांग्रे सवारीसाधनमा मृत्यु हुनेको मुख्य कारण भनेको हेल्मेटको गुणस्तर हो‌। ७० प्रतिशत मानिसहरु कमजोर हेल्मेट लगाएका कारण मृत्युको मुखमा पुगेका छन्। 

अधिकांश दुई पांग्रे सवारी साधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ, जोसँग हेल्मेट हुँदैन। यस्तै, सहरमा सुरक्षित साइकल लेन, अपाङ्गमैत्री सडक र फुटपाथका कुराहरू पनि छन्। तर, हाम्रा कुनै पनि सहर अपाङ्गमैत्री छैनन्। त्यतातिर हामीले ध्यान दिनुपर्ने छ। आधुनिक र सभ्य सहर बनाउनु पर्नेछ। सडक अनुशासनको कुराहरू छलफल गर्नु पर्नेछ‌। 

अटो लेनको व्यवस्था गर्ने, यातायात क्षेत्रका श्रमिकका मागलाई उचित सम्बोधन गर्ने, त्यस्तै सवारी परीक्षण केन्द्रको स्थापना गर्ने, सडक बीमाका कुरा छन्,‌ साथै दुर्घटनापश्चातको उद्धार, उपचार र पुनर्स्थापनामा ध्यान दिनु पर्नेछ। सडक मान्छेको जिवनयापनको सजिलो माध्यम हो, जिवनशाला हो। नेपालका सडकलाई बधशाला हुनबाट जोगाउनुपर्छ, जीवनशाला बनाउनुपर्छ‌।

(सांसद भट्टराईले बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर राखेको मन्तव्य)

यो पनि पढ्नुहोस

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता]

यो पनि पढ्नुहोस

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ?

यो पनि पढ्नुहोस

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

यो पनि पढ्नुहोस

कानुनी व्यवस्था हुँदाहुँदै किन कार्यान्वयन हुँदैन ‘डबल हेल्मेट’ नीति?

 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति
सम्बन्धित सामग्री
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार, भदौ १८, २०८३
सशस्त्र प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारिका परिवारलाइ पनि राहत रकम दिइने बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्