काठमाडौं– नुवाकोटकी २५ वर्षीया सपना तामाङ जन्मकैदको सजाय भुक्तान गर्दै गर्दा सुन्धारा कारागारबाट मध्यराति फरार भएकी छिन्।
सपना तामाङले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको कारागार प्रमुख कृष्ण चापागाईंले बताए।
फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ। ३ जेठ, काठमाडौं । जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छिन् ।
फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।
भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।
घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।