• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कानुनी व्यवस्था हुँदाहुँदै किन कार्यान्वयन हुँदैन ‘डबल हेल्मेट’ नीति?

64x64
ईश्वर बराल बिहीबार, माघ १९, २०७९  २०:५२
1140x725

काठमाडौं- केही दिन यता दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्नेबारे  बहस सुरु भएको छ। मौजुदा व्यवस्था अनुसार दुई पाङ्ग्रे सवारीका चालकलाई मात्र हेल्मेट लगाउन बाध्य पारिएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षाका अभियन्ताहरुले पनि दुई पाङ्ग्रे सवारी साधन चलाउने तथा पछाडि बस्ने दुवैले हेल्मेट लगाउनु पर्ने कानुन कार्यान्वयनमा जोड दिएका छन्।

सवारी सुरक्षा सम्बन्धी अभियान चलाइरहेको रोड सेफ्टी अलायन्सका प्रतिनिधिले मंगलबार यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलमा कुरा उठाएपछि यो विषय पुन: बहसमा आएको हो। 

यसअघि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्री रहेका डा उपेन्द्र देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने कानुनी व्यवस्थालाई क्रियाशील गराएका थिए। तर उक्त प्रयास लामो समयसम्म कार्यान्वयनमा जान सकेको थिएन। 

यस्तै, २०७६ मा जेठमा ट्राफिक प्रहरी महाशाखाले दुई पाङ्ग्रेको पछाडि सवार हुनेले पनि हेल्मेट लगाउनु पर्ने कानुनलाई अघि बढाउने प्रयास गरेको थियो। तर त्यसको विपक्षमा चर्को बहस भएपछि ट्राफिक महाशाखा पछि हटेको थियो। 

के छ कानुनी व्यवस्था?
त्यसो त सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले दुई पाङ्ग्रे सवारी चलाउने चालक तथा पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था गरेको छ। 

ऐनको दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ।’

‘डबल हेल्मेट’ नीतिको पछि आर्थिक चलखेलको शंका
‘डबल हेल्मेट’ नीति कार्यान्वयनको विषयमा मुख्य गरी उठ्ने सवाल हो, हेल्मेट व्यापारमा हुने आर्थिक चलखेलको पाटो। यस सम्बन्धी अधिकारकर्मी र विश्व स्वास्थ्य संगठनले उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न जोड दिए पनि हेल्मेट व्यापारबाट हुने आर्थिक चलखेलको पनि सवाल उठेको छ। तर रोड सेफ्टी अलायन्सका अभियन्ता गोविन्द भट्टराई कमजोर बुझाइका कारण यो पाटोबाट बहस भएर विरोध भएको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वार्षिक सयौँको ज्यान जानुका साथै हजारौँ अंगभंग हुने र अर्बौँ रकम क्षति हुने अवस्थामा हेल्मेटको सामान्य व्यापारमा बहस अल्झिएको भट्टराई बताउँछन्।

‘नेपाल सानो देश, कमजोर बुझाइ र खास धेरै अध्ययन-अनुसन्धान नहुनाले पनि यसमा फरक पर्न गएको छ। तर दीर्घकालीन रुपमा जनतालाई दुर्घटनाबाट जोगाउन यो नीति आवश्यक छ। वर्षौं ठूलो रकम दुर्घटनाको उपचारार्थ खर्च भइरहेको हुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्, ‘करिब १२ सय मानिसको ज्यान गइरहेको, हजारौँ अङ्गभङ्ग तथा तीनको पुनर्स्थापना र उपचारका लागि अर्बौँ रुपैयाँ खर्च भइरहेकोले डबल हेल्मेट अनिवार्य गर्नु पर्ने हुन्छ।’

भट्टराई हेल्मेटको मूल्यमा भन्सार शुल्कदेखि बिक्री मूल्यसम्म राज्यले नियमन गरे यसको खरिद मूल्यमा खासै बहस अनिवार्य नहुने तर्क गर्छन्। यसका साथै हेल्मेटको गुणस्तर परीक्षणमा पनि राज्यले ध्यान पुर्‍याउनु पर्ने भट्टराई बताउँछन्। 

‘भन्सार शुल्क ३५ प्रतिशत छ। राज्यले त्यसलाई झारेर १० प्रतिशतमा ल्याउनुपर्‍यो। एउटा किन्नेले २ वटा किन्न सकिन्छ। सरकारले मूल्यमा नियमन पनि गर्नुपर्‍यो,’ भट्टराईको तर्क छ,‘हेल्मेटको गुणस्तरमा बहस गरौँ, हेल्मेटको गुणस्तर परीक्षण गर्ने केन्द्र स्थापना गरौँ तर नागरिकको अकाल मृत्युबाट बचाउने एउटा मात्र उपाय भनेकै डबल हेल्मेट नीति नै हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई पाङ्ग्रे दुर्घटना हुँदा पछाडि बस्ने दुई तिहाइको मृत्यु
नेपाल प्रहरीको तथ्याङ्क अनुसार मात्रै पनि वार्षिक १२ सयभन्दा बढीको ज्यान दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गरेको  छ। त्यसमध्ये पनि करिब दुई तिहाइ पछाडि बस्ने मानिस रहने गरेका छन्। चालकले मात्र हेल्मेट लगाउने हुँदा पछाडि बस्नेको टाउकोमा गम्भीर चोट लाग्ने गरेको र मृत्युसम्म हुने गरेको प्रहरीको तथ्याङ्क बताउँछ। 

अभियन्ता भट्टराई उक्त तथ्याङ्कलाई उद्धृत गर्दै पछाडि बस्नेले हेल्मेट लगाउनु पर्नेमा जोड दिन्छन्। ‘हेल्मेट भनेको टाउकोको सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण वस्तु हो। नागरिकको अकाल मृत्युबाट बचाउने एउटा उपाय हो। मोटर साइकलको विकल्प सार्वजनिक साधन हो, तर अहिले टाउको जोगाउने विकल्प हेल्मेट नै हो,’ भट्टराई भन्छन्। 

के छ अन्तर्राष्ट्रिय अभ्यास?
मलेसियामा दुई वटा हेल्मेट लगाउने कानुन बाध्यकारी भएपछि दुर्घटनाबाट हुने क्षति ३० प्रतिशतले न्यूनीकरण भएको तथ्याङ्क छ।

त्यस्तै, अमेरिकामा २० देखि ३० प्रतिशतले न्यूनीकरण भएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। 

विश्व स्वास्थ्य संगठनको एक अध्ययनले दुई पांग्रे सवारीमा चालक र पछाडि बस्नले अनिवार्य हेल्मेट लगाउँदा त्यस्ता सवारीबाट हुने दुर्घटनामध्ये ४० प्रतिशत मृत्युदर र ७० प्रतिशत अङ्गभङ्ग कम हुने अनुमान गरेको छ। 

कति व्यावहारिक?
सरकारले ऐन अनुसारको व्यवस्था कार्यान्वयनमा ल्याए अनिवार्य रुपमा दुई वटा हेल्मेट आवश्यक रहन्छ। यो व्यावहारिक नरहेको भन्दै एकथरीले बहस थालेका छन्। 
मोटरसाइकलमा हेल्मेट बोकेर हिँड्न नमिल्ने संरचना रहेकोले यो व्यावहारिक नरहेको तर्क छ। तर अभियन्ता भट्टराई उक्त कुराको खण्डन गर्छन्। 

‘हो, कार्यान्वयनमा केही समस्या हुन सक्छ। सुरुका दिनमा व्यावहारिक नहुन पनि सक्छ। तर दैनिक जीवनमा अनिवार्य कार्यान्वयनमा नलगी विकल्पै छैन। यसलाई संस्कृति बनाउने हो। कानुनले अनिवार्य बनाएपछि बाइक कम्पनीले पनि हेल्मेट लक गर्ने प्रणाली ल्याउन सक्छ,’ भट्टराईको जोड छ, ‘त्यसकारण अलिकति हाम्रो दैनिक जीवनमा परिवर्तन ल्याउनुपर्‍यो।’ 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्