• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कानुनी व्यवस्था हुँदाहुँदै किन कार्यान्वयन हुँदैन ‘डबल हेल्मेट’ नीति?

64x64
ईश्वर बराल बिहीबार, माघ १९, २०७९  २०:५२
1140x725

काठमाडौं- केही दिन यता दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्नेबारे  बहस सुरु भएको छ। मौजुदा व्यवस्था अनुसार दुई पाङ्ग्रे सवारीका चालकलाई मात्र हेल्मेट लगाउन बाध्य पारिएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षाका अभियन्ताहरुले पनि दुई पाङ्ग्रे सवारी साधन चलाउने तथा पछाडि बस्ने दुवैले हेल्मेट लगाउनु पर्ने कानुन कार्यान्वयनमा जोड दिएका छन्।

सवारी सुरक्षा सम्बन्धी अभियान चलाइरहेको रोड सेफ्टी अलायन्सका प्रतिनिधिले मंगलबार यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलमा कुरा उठाएपछि यो विषय पुन: बहसमा आएको हो। 

यसअघि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्री रहेका डा उपेन्द्र देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने कानुनी व्यवस्थालाई क्रियाशील गराएका थिए। तर उक्त प्रयास लामो समयसम्म कार्यान्वयनमा जान सकेको थिएन। 

यस्तै, २०७६ मा जेठमा ट्राफिक प्रहरी महाशाखाले दुई पाङ्ग्रेको पछाडि सवार हुनेले पनि हेल्मेट लगाउनु पर्ने कानुनलाई अघि बढाउने प्रयास गरेको थियो। तर त्यसको विपक्षमा चर्को बहस भएपछि ट्राफिक महाशाखा पछि हटेको थियो। 

के छ कानुनी व्यवस्था?
त्यसो त सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले दुई पाङ्ग्रे सवारी चलाउने चालक तथा पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था गरेको छ। 

ऐनको दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ।’

‘डबल हेल्मेट’ नीतिको पछि आर्थिक चलखेलको शंका
‘डबल हेल्मेट’ नीति कार्यान्वयनको विषयमा मुख्य गरी उठ्ने सवाल हो, हेल्मेट व्यापारमा हुने आर्थिक चलखेलको पाटो। यस सम्बन्धी अधिकारकर्मी र विश्व स्वास्थ्य संगठनले उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न जोड दिए पनि हेल्मेट व्यापारबाट हुने आर्थिक चलखेलको पनि सवाल उठेको छ। तर रोड सेफ्टी अलायन्सका अभियन्ता गोविन्द भट्टराई कमजोर बुझाइका कारण यो पाटोबाट बहस भएर विरोध भएको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वार्षिक सयौँको ज्यान जानुका साथै हजारौँ अंगभंग हुने र अर्बौँ रकम क्षति हुने अवस्थामा हेल्मेटको सामान्य व्यापारमा बहस अल्झिएको भट्टराई बताउँछन्।

‘नेपाल सानो देश, कमजोर बुझाइ र खास धेरै अध्ययन-अनुसन्धान नहुनाले पनि यसमा फरक पर्न गएको छ। तर दीर्घकालीन रुपमा जनतालाई दुर्घटनाबाट जोगाउन यो नीति आवश्यक छ। वर्षौं ठूलो रकम दुर्घटनाको उपचारार्थ खर्च भइरहेको हुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्, ‘करिब १२ सय मानिसको ज्यान गइरहेको, हजारौँ अङ्गभङ्ग तथा तीनको पुनर्स्थापना र उपचारका लागि अर्बौँ रुपैयाँ खर्च भइरहेकोले डबल हेल्मेट अनिवार्य गर्नु पर्ने हुन्छ।’

भट्टराई हेल्मेटको मूल्यमा भन्सार शुल्कदेखि बिक्री मूल्यसम्म राज्यले नियमन गरे यसको खरिद मूल्यमा खासै बहस अनिवार्य नहुने तर्क गर्छन्। यसका साथै हेल्मेटको गुणस्तर परीक्षणमा पनि राज्यले ध्यान पुर्‍याउनु पर्ने भट्टराई बताउँछन्। 

‘भन्सार शुल्क ३५ प्रतिशत छ। राज्यले त्यसलाई झारेर १० प्रतिशतमा ल्याउनुपर्‍यो। एउटा किन्नेले २ वटा किन्न सकिन्छ। सरकारले मूल्यमा नियमन पनि गर्नुपर्‍यो,’ भट्टराईको तर्क छ,‘हेल्मेटको गुणस्तरमा बहस गरौँ, हेल्मेटको गुणस्तर परीक्षण गर्ने केन्द्र स्थापना गरौँ तर नागरिकको अकाल मृत्युबाट बचाउने एउटा मात्र उपाय भनेकै डबल हेल्मेट नीति नै हो।’

दुई पाङ्ग्रे दुर्घटना हुँदा पछाडि बस्ने दुई तिहाइको मृत्यु
नेपाल प्रहरीको तथ्याङ्क अनुसार मात्रै पनि वार्षिक १२ सयभन्दा बढीको ज्यान दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गरेको  छ। त्यसमध्ये पनि करिब दुई तिहाइ पछाडि बस्ने मानिस रहने गरेका छन्। चालकले मात्र हेल्मेट लगाउने हुँदा पछाडि बस्नेको टाउकोमा गम्भीर चोट लाग्ने गरेको र मृत्युसम्म हुने गरेको प्रहरीको तथ्याङ्क बताउँछ। 

अभियन्ता भट्टराई उक्त तथ्याङ्कलाई उद्धृत गर्दै पछाडि बस्नेले हेल्मेट लगाउनु पर्नेमा जोड दिन्छन्। ‘हेल्मेट भनेको टाउकोको सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण वस्तु हो। नागरिकको अकाल मृत्युबाट बचाउने एउटा उपाय हो। मोटर साइकलको विकल्प सार्वजनिक साधन हो, तर अहिले टाउको जोगाउने विकल्प हेल्मेट नै हो,’ भट्टराई भन्छन्। 

के छ अन्तर्राष्ट्रिय अभ्यास?
मलेसियामा दुई वटा हेल्मेट लगाउने कानुन बाध्यकारी भएपछि दुर्घटनाबाट हुने क्षति ३० प्रतिशतले न्यूनीकरण भएको तथ्याङ्क छ।

त्यस्तै, अमेरिकामा २० देखि ३० प्रतिशतले न्यूनीकरण भएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। 

विश्व स्वास्थ्य संगठनको एक अध्ययनले दुई पांग्रे सवारीमा चालक र पछाडि बस्नले अनिवार्य हेल्मेट लगाउँदा त्यस्ता सवारीबाट हुने दुर्घटनामध्ये ४० प्रतिशत मृत्युदर र ७० प्रतिशत अङ्गभङ्ग कम हुने अनुमान गरेको छ। 

कति व्यावहारिक?
सरकारले ऐन अनुसारको व्यवस्था कार्यान्वयनमा ल्याए अनिवार्य रुपमा दुई वटा हेल्मेट आवश्यक रहन्छ। यो व्यावहारिक नरहेको भन्दै एकथरीले बहस थालेका छन्। 
मोटरसाइकलमा हेल्मेट बोकेर हिँड्न नमिल्ने संरचना रहेकोले यो व्यावहारिक नरहेको तर्क छ। तर अभियन्ता भट्टराई उक्त कुराको खण्डन गर्छन्। 

‘हो, कार्यान्वयनमा केही समस्या हुन सक्छ। सुरुका दिनमा व्यावहारिक नहुन पनि सक्छ। तर दैनिक जीवनमा अनिवार्य कार्यान्वयनमा नलगी विकल्पै छैन। यसलाई संस्कृति बनाउने हो। कानुनले अनिवार्य बनाएपछि बाइक कम्पनीले पनि हेल्मेट लक गर्ने प्रणाली ल्याउन सक्छ,’ भट्टराईको जोड छ, ‘त्यसकारण अलिकति हाम्रो दैनिक जीवनमा परिवर्तन ल्याउनुपर्‍यो।’ 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्