काठमाडौं– गत असारमा बाढीले पुल बगाएपछि रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा आएको छ ।
चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै अवरुद्ध बनेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आएको हो ।
चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहानै चीनतर्फ सामान लिन पठाइएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । दसैंको मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफूल र लत्ताकपडा आउन सकेका थिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।