काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका असन्तुष्टपक्षलाई उनीहरूले मागेको पद दिन तयार रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रहेको बताउँदै जुनसुकै पद पनि दिन तयार रहेको जनाएका हुन् ।
‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका नेताहरूको जो अहिलो हुनुहुन्न केन्द्रीय समितिभित्र म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राख्ने हो राखेर म उहाँहरूलाई सँगै लिएर सहभागी गराएर काम गर्न चाहन्छु’, सभापति थापाले भने, ‘यो प्रस्ताव हो ।’
उनले आगामी महाधिवेशनको निर्वाचन समितिमा पनि कांग्रेस बाहिर रहेका नेताहरूको प्रस्ताव र सहमतिमा राख्न तयार गरेको जानकारी दिए ।
साथै, उनले पार्टीमा कुनै पनि निर्णय विशेष महाधिवेशनमा सहभागी भएका आधारमा नहुने प्रस्ट पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।